बहाव बढेपछि आवत–जावत बन्द
३१ साउन २०७१
•
१ मिनेट पाठ
बहाव बढेपछि आवत–जावत बन्द
भीमदत्तनगर- लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा आज बिहानैदेखि आवत–जावत बन्द गरिएको छ। बिहान गरिएको मापनअनुसार महाकाली पानीको बहाव एक लाख १३ हजार ९६२ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।




भारतीय पक्षले पुल जीर्ण भइसकेकाले पानीको बहाव एक लाखभन्दा माथि पुगेपछि पुलमा आवत–जावत बन्द गर्नै गर्दछ।

शारदा ब्यारेज (बनबासा पुल) मा बिहानैदेखि आवत–जावत बन्द गरेपछि भारतका विभिन्न सहरबाट स्वदेश फर्किने नेपालीहरु बनवासामा अस्तव्यस्त छन् भने गड्डाचौकी भएर भारत जानेहरु पनि गड्डाचौकी र महेन्द्रनगरमै रोकिनुपरेको छ।

विसं १९२७ मा बनेको ब्यारेजको अवस्था जीर्ण बन्दै भारतले केही समययता पानीको बहाव बढ्नासाथ खतरा हुनसक्ने भन्दै पुलमा आवागमन रोक्दै आएको छ।
पानीको बहाव एक लाख क्युसेक मुनि रहेमात्र पुलमा आवागमन सुचारु हुनेछ।
अर्को समाचार
ठेकेदार बेपत्ता भएपछि पुल अलपत्र
२५ साउन २०७६
•
३ मिनेट पाठ
ठेकेदार बेपत्ता भएपछि पुल अलपत्र
म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका बीचमा रहेको खोरुङवा खोलामा अलपत्र भएको पक्की पुल। तस्बिरः नागरिक
तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका बीचमा रहेको खोरुङवा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि निर्माण कार्य अलपत्र परेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत म्याङलुङ–संक्रान्ती सडक खण्डमा रहेको खोरुङवा खोलामा पुल नबन्दा वर्षाले खोलामा पानीको बहाव बढेपछि सवारी आवतजावत ठप्प नै भएको छ।




०७४ पुसभित्रै काम सम्पन्न गर्न सम्झौता गरिएको निर्माण कम्पनीले काम छाडेर बेपत्ता भएपछि म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका बीचमा रहेको खोरुङवा खोलामा पक्की पुल अहिले अलपत्र नै भएको छ। बर्खायाममा खोलामा पानी बढेकाले आवतजावतमा अत्यन्तै समस्या भएको यात्रु प्रदीप रिमालले बताए। एक वर्षभित्र काम सक्ने गरी लोकमार्गले पुल निर्माणका लागि टेण्डर आह्वान गरी २०७३ सालमा कोसी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिएको थियो।

निर्माण कम्पनीले पुल निर्माणका लागि पूर्वाधार तयार गर्ने काम सुरु गरेसँगै बीचैमा छाडेर लापत्ता भएको छ। खोलामा पानी बढेपछि पैदलयात्री र मोटरसाइकलमा यात्रा गर्नेले जीर्ण अवस्थामा रहेको झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। खोलामा पानीको बहाव बढेसँगै अहिले वर्षायाममा सवारी साधनहरू आवतजावत गर्न समस्या भएको छ। खोलामा पानीको बहाव बढ्दा सवारीसाधनहरू वारि र पारि नै रोकिने गरेका छन्।

पुल निर्माणका लागि अनुमानित लागत ५ करोड ९० लाख १ हजार रुपैयाँ तय गरेकोमा ४ करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी कोसी एण्ड न्यौपानेले जिम्मा लिएको थियो। सम्पर्कविहीन रहेको कोसी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई ताकेता गरेर तत्काल काम सुचारुका लागि पहल थालिने म्याङलुङ नगरपालिका प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए।

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ। निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीहरूमा मोटरेबल पुल निर्माण भएको छैन। कतिपय ठाउँमा निर्माण कार्य सुरु गरिए पनि अलपत्र अवस्थामा छाडिएको पाइन्छ। सडक बन्यो तर पुल नबन्दा सडक प्रयोगविहीन भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस