साउन - जिल्लाको पश्चिम खत्याड भेकस्थित सुकाढिक गाविसमा धामी झाँक्रिको भर पर्दा एक गर्भवती महिलाको शनिबार विहान मृत्यु भएको छ। सुकाढिक गाविस २ की ३३ वर्षीया उर्मिला खत्रीलाई शुक्रबार राती सुत्केरी वेथा लागे पनि घर परिवारले स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीकहा नलगी धामी झाँक्रीसँग झार फुक गराए थिए। उनको शनिबार विहान सुत्केरी हुन नसकी मृत्यु भएको स्थानीय देवेन्द्रराज कार्कीले जानकारी दिए।
सुत्केरी वेथाले च्यापेसँगै अत्याधिक रक्तश्राव भएको र परिवारले घरमा नै धामी झाँक्रीबाट झार फुक गर्दा गर्दै खत्रीको मृत्यु भएको हो। खत्रीले यस अघि छ वटा बच्चा जन्माए पनि पाँच मरेका थिए। उनकी एक छोरी छिन्। छोराको आशामा यो पटक खत्रीको ज्यान गएको स्थानीयले बताएका छन।