धनकुटा - तीन दिन अघि लेउती खोलामा आएको बढीले भत्काएको कोशी राजमार्ग शनिबार ११ बजेदेखि खुलेको छ। सडक डिभिजन कार्यालयको डोजरले खोलमा अस्थायी डाइभर्सन बनाएपछि यातायत खुलेको हो।दुई दिनको निरन्तर प्रयास पछि यातायात खुलाउन सफल भएको सडक डिभिजन कार्यालयका इन्जिनियर रत्नेश्वर यादवले बताए।
सडक खुलाउनका लागि बिहीबार र शुक्रबार दिनभरी काम गरेपनि खोलामा आएको बाढीले डाइभर्सन भत्काएको थियो। अहिले पानी पर्ने क्रम रोकिएकाले यातायात खुल्यो। राती पानी पर्यो भने सडक अवरुद्ध हुने सम्भावना रहेको इन्जिनियर यादवले बताए।
बुधबार राती देखि अवरुद्ध भएको राजमार्ग नखुल्दा कोशी पहाडबाट निकासी हुने तरकारी, दूध अलैची, काठ निकासी हुन सकेको थिएन। दूध र तरकारी निकासी नहुँदा करीब एक करोड बराबरको नोक्सानी भएको कृषकहरुले बताएका छन्।
यसैबीच धनकुटाका सभासदहरुको टोलीले अवरुद्ध भएको कोशी राजमार्गको शनिबार निरीक्षण गरेका छन्। सडक अवरुद्ध हुँदा कोशी पहाडमै समस्या पर्ने भएकाले सडकको निर्माण कार्य छिटो गराउन पहल गर्ने सभासद मनोहरनारायण श्रेष्ठले बताए।