दुई कर्मचारीको जिम्मेवारी पाँच जिल्ला
३१ असोज २०७८
•
३ मिनेट पाठ
दुई कर्मचारीको जिम्मेवारी पाँच जिल्ला
सरकारले २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो। उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन्। कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन्।

प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ। कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए।

‘कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ। कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ,’ उनले भने। उक्त कार्यालय भाडामा भवन लिएर सञ्चालन हुँदै आएको छ।

एक वर्षमा ८८ खाद्य नमूना सङ्कलन

कार्यालयले गत आर्थिक वर्ष ०७७/७८ मा ८८ खाद्य नमूनाको सङ्कलन गरेको छ। ५१ खाद्य उद्योगहरुको निरीक्षण गर्दा कार्यालयले १८ पटक संयुक्त बजार अनुगमन गरेको थियो। तीनपटक चार ठाउँमा होटल रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिएको छ भने तीन ठाउँमा होटल स्तरीकरण लोगो वितरणसम्बन्धी अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ।

यसैगरी चौध पटक गरी कूल एकवटा विभिन्न स्तरका होटल, रेष्टुरेन्ट, मिठाई पसल तथा भोजनालय निरीक्षण गरिएको प्रमुख पोखरेलले बताए। कार्यालयले विभिन्न खाद्य उद्योगको अनुज्ञापत्र नवीकरण जारी सम्बन्धमा निवेदन लिई, उद्योग निरीक्षण गरी आवश्यक कार्यका लागि भैरहवास्थित खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाइएको जनाएको छ।

दुई उद्योगविरुद्ध मुद्दा, ३० ठाउँमा अनुगमन

कार्यालय यो वर्षको ६ महिनाको अवधिमा ३० ठाउँमा बजार अनुगमन गरेको छ। कार्यालयले तनहुँ, लमजुङ, गोरखा र नवलपुरका विभिन्न ३० ठाउँमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा कार्यालयले कैफियत देखिएका दुई उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ। खाद्य अनुसन्धान अधिकृत पोखरेलका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित कृष्ण पाउरोटी उद्योग र नवलपुरको गैडाकोटस्थित सरस्वती डेरी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ। त्यस्तै दशवटा मुद्दा अनुसन्धानका क्रममा रहेको पोखरेलले बताए।

कार्यालयका चाडपर्वका अलवा अन्य समयमा पनि नियमित रुपमा बजार अनुगमन गर्ने गरेको छ। अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि सङ्कलन गर्दै आएको छ। सङ्कलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरिएको छ।

‘खाद्य ऐन, २०३३ ले दिएको अधिकारअनुसार नियमित रुपमा कार्यक्षेत्रभित्रका जिल्लाहरुमा अनुगमन भइरहेको छ,’ उनले भने।

कार्यालयले अनुगमनका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, वडास्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ भने होटलको वर्गीकरणको काम पनि गर्दै आएको छ।

कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्यपदार्थहरुको सञ्चयन तथा बिक्री वितरण नगर्न, बढी रङ्गीन, सडेगलेका, झिङ्गा भन्केका फोहर अवस्थामा राखिएका खाद्य पदार्थ प्रयोग नगर्न, सडक पेटीमा खुल्ला अवस्थामा राखी कुनै पनि खाद्य पदार्थ बिक्री वितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ।

पाँच उद्योगविरुद्ध मुद्दा

कार्यालयले गत आर्थिक वर्षमा पाँच उद्योगविरुद्ध मुद्दा दर्ता गरेको थियो। त्यसमध्ये दुई उद्योगविरुद्ध अदालतले जरिवानाको फैसला सुनाएको छ। आयशा अरमान पाउरोटी उद्योग र प्रीति पाउरोटी उद्योगलाई जिल्ला प्रशासन कार्यालयबाट जनही रु दश हजारको दरले जरिवाना गरेको थियो।

माउन्टेन तनहुँ बेल तथा सामुदायिक फलफूल प्रशोधन उद्योगविरुद्ध तनहुँ जिल्ला अदालतमा, गुड टेष्ट सस प्रोडक्टविरुद्ध तनहुँ जिल्ला अदालतमा र दिपसन फुड प्रोडक्सनविरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दा दर्ता भएको छ।
अर्को समाचार
म्याद गुज्रेका सामान बेच्ने व्यापारीमाथि कारबाही
२६ चैत्र २०८०
•
२ मिनेट पाठ
म्याद गुज्रेका सामान बेच्ने व्यापारीमाथि कारबाही
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सदरमुकाम खलंगाका उद्योग तथा किराना पसलहरूको अनुगमन गरेको छ। पटकपटक अनुगमन गर्दा पनि अटेर गरेपछि केही व्यापारीमाथि कारबाही गरिएको कार्यालयका अधिकृत पंकज दाहालले बताए।

चन्दननाथ नगरपालिका– ५ कालेखोली लाइनका १७ वटामध्ये केही  पसललाई कारबाहीस्वरुप ७ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। आउँदै गरेको नयाँ वर्षलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइएको दाहालको भनाइ छ। ‘पटकपटक अनुगमन गर्दा पनि अटेरी बढ्न थालेकाले कारबाही गरिएको हो’, उनले भने्, ‘विगतमा दिइएको चेतावनीप्रति अटेरी गरेको पाइयो।’

कारबाहीमा पर्नेमा खुला रुपमा सामग्री बिक्री वितरण गर्ने, लेबल नभएका, म्याद गुज्रेका र बिल बिजक नभएका सामग्री बिक्री गर्नेहरू रहेका छन्। अस्मिता जनरल स्टोरलगायतलाई ७ हजारका दरले जरिवाना गरिएको छ।

अनुगमनका क्रममा कतिपय व्यवसायीलाई सुझावसहित मापदण्ड पालना गर्न निर्देशन दिइएको उनले बताए। सुझाव तथा निर्देशन पालना गर्न अटेर गर्नेलाई उपभोक्ता हित संरक्षण ऐन २०७७ को दफा ३९ अनुसार कारबाही हुने छ।  

अनुगमन गर्दा प्याकेजिङ नभएको, उत्पादन मिति र उपभोग्य मिति नखुलेको, खाद्यवस्तु खुला रुपमा बेचेको तथा तौलसमेत कम पाइएको आन्तरिक राजस्व कार्यालय जुम्लाका नासु मदन उपाध्यायले बताए। उनका अनुसार १३ हजार ४ सय ३० रुपैयाँ बराबरको अखाद्य सामग्री नष्ट गरिएको छ।

पौवा हस्पिटालिटीबाट लेबल नराखेको ३ केजी चाउमिन, कैलाश चाउमिन उद्योगबाट ३५ केजी चाउमिन, मानुसी खाद्य सप्लायर्सबाट चक्लेट, चिया, चिउरा, भुजा, मिक्स मसला, मोर्टिन, बिस्कुट र साबुन, न्यु प्रकृति जनरल स्टोरबाट तरकारी र फलफूलदेखि चाउचाउ २५ प्याकेट, थकाली भान्सा घर एन्ड रेस्टुरेन्टबाट मसला ३०, अस्मिता जनरल स्टोरबाट पापड, कोक र जेनिसा खाद्य स्टोरबाट धुलो खुर्सानी जफत गरिएको थियो।

बरामद गरिएका सामान प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय, पत्रकार, उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय र प्रशासनको रोहबरमा नष्ट गरिएको अनुगमन समितिले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको संयोजकत्व र जिल्ला प्रशासनको समन्वयमा अनुगमन गरिएको थियो।

उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष दिलबहादुर रोकायाका अनुसार अनुगमन चाडपर्वको समयमा गर्ने गरिन्छ। ‘यो सकारात्मक पक्ष हो’, उनले भने, ‘चाडपर्वका समयमा उपभोक्तालाई ठगिन जोगाउन, अखाद्य वस्तु बिक्री वितरण रोक्न र व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको हो।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस