इबोला सन्त्रास,पश्चिम अफ्रिकामा नेपाली सुरक्षित
३१ साउन २०७१
•
७ मिनेट पाठ
इबोला सन्त्रास,पश्चिम अफ्रिकामा नेपाली सुरक्षित
काठमाडौं-पश्चिम अफ्रिकी मुलुकमा इबोला भाइरसको महामारी फैलिएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) अफ्रिकाका संयोजक हिक्मत थापालाई भ्याइनभ्याइ छ। ‘परिवार, नातेदार, साथीभाइसँग अरू नेपालीले फोन र इमेल गरेर सोधेको सोध्यै हुन्छन्,' इबोला भाइरस प्रभावित नाइजेरियामा कार्यरत उनले टेलिफोनमा नागरिकसँग भने, ‘यहाँभन्दा बाहिर पो बढी त्रास रहेछ।'थापाका अनुसार पश्चिम अफ्रिकी मुलुकमा कार्यरत नेपालीमा भाइरस संक्रमण भएको जानकारी छैन। ‘यतातिरका सबै नेपालीसँग सम्पर्क भइरहेको छ,' उनले भने, ‘कोही पनि संक्रमित छैनन्। सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छौं। उनीहरू निकै सचेत पनि छन्।' 

इबोलाबाट पश्चिमी अफ्रिकाका लाइबेरिया, सियरा लियोन, गिनी बढी प्रभावित छन् भने नाइजेरियामा पनि केही संक्रमित देखिएका छन्। इबोलाका कारण १ हजारभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। लाइबेरियामा मात्रै ६ सय ७० संक्रमितमध्ये ३ सय ५५ जनाको मृत्यु भइसकेको छ। 
डब्लुएचओमा ट्रपिकल डिजिज र पब्लिक हेल्थ विशेषज्ञका रूपमा कार्यरत नेपाली चिकित्सक ताराप्रसाद श्रेष्ठले सचेत मानिस भएको ठाउँमा बढी त्रास रहेको बताए। 

नाइजेरियाको कार्डुना क्षेत्रमा रहेका उनले नाइजेरिया र अन्य स्थानमा रहेका नेपालीले सम्पर्क गरिरहेको बताए। ‘कसरी बच्ने भनेर फोन आउँछ,' श्रेष्ठले नागरिकसँग टेलिफोनमा भने, ‘विभिन्न खालका अफवाह फैलिने गरेका छन्। त्यसले पनि त्रास बढाएको छ।' एनआरएनले त्यहाँका नेपालीलाई आवश्यक परे श्रेष्ठसँगै सम्पर्क गर्न सूचना जारी गरेको छ।

इबोला फैलिएका देशमा भेट हुँदा हात मिलाउन छाडिएको छ। ‘कार्यालयभित्र प्रवेश गर्ने स्थानमा हात धुने व्यवस्था गरिएको छ,' नाइजेरियाको लेगोसमा रहेका थापाले भने, ‘सरकारले जनचेतना बढाउन विभिन्न कार्यक्रम सुरु गरेको छ। डिटोल बोकेर हिँड्न थालिएको छ।' 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ कभरेज गरेकाले बाहिर बस्नेले अवस्था त्रासदीपूर्ण ठानेको उनले बताए। ‘तर, समाचारमा आएजस्तो त्रासदीपूर्ण अवस्था यहाँ छैन,' उनले भने। तर, पश्चिम अफ्रिकामा इबोला भाइरसको महामारीलाई कम आँकिएको भन्दै डब्लुएचओले सचेत गराएको छ। उसले नियन्त्रणका लागि विशेष कदम उठाउन आवश्यक रहेको जनाएको छ। 
सन् १९७६ मा मध्य अफ्रिकी मुलुक कंगोको इबोला नदी आसपास क्षेत्रमा पहिलोपटक देखिएको भाइरसलाई इबोला नामकरण गरिएको हो। पछिल्लो समय फेब्रुअरीमा गिनीमा इबोला भाइरसबाट संक्रमित मानिस भेटिएको थियो। त्यसपछि मार्चमा लाइबेरियामा संक्रमित भेटियो। 

बाँदरबाट मानिसमा सरेको यो रोगलाई फैलाउन चमेराले भूमिका खेलेको बताइएको छ। ‘लाइबेरियामा चमेरा धेरै छन्। त्यसले संक्रमणलाई फैलाउने गरेको छ,' डब्लुएचओमा काम गर्दा दुई वर्ष लाइबेरिया बसेका श्रेष्ठले भने।

अन्तर्राष्ट्रिय संघसंस्थाले लाइबेरियामा नियन्त्रण नभई महामारी नरोकिने जनाएका छन्। लाइबेरियामा मानवअधिकार अधिकृतका रूपमा कार्यरत बनेपाका राजु सरकारले बाहिरका मानिससँग भेटघाट गर्न छाडिएको बताए। ‘अहिले बाहिरका सबै कार्यक्रम स्थागित गरिएको छ। पहिला प्रहरी चौकी भ्रमण गर्थ्यौं। अहिले अधिकांश समय अफिसमै बस्छौं,' सरकारले नागरिकसँग भने, ‘म बसेको ठाउँ त्यति प्रभावित क्षेत्र होइन, तर सतर्कताका लागि ध्यान दिनै पर्योम। सरसफाइको थप व्यवस्था गरिएको छ।' 

लाइबेरियामा सरकारले ९० दिनको संकटकाल घोषणा गरेको छ। मानिसलाई भेला हुन, हात मिलाउन रोक लगाइएको छ। अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले लाइबेरियामा अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेका छन्। 
सरकारका अनुसार राजधानी मन्रोभामा भने आतंक छ। लाइबेरियामा रहेका धेरै नेपाली राजधानीमै बस्छन्। नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रसंघीय नियोग र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामामार्फत नेपाली त्यहाँ पुगेका हुन्। नेपाल सरकारले इबोला भाइरसका कारण लाइबेरियासहित पश्चिमी अफ्रिकाका चार मुलुकको भ्रमण सकभर नगर्न नेपालीलाई आग्रह गरेको छ। 

भाइरस प्रभावित देशबाट फर्किने नेपालीलाई जाँच गर्न सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठ नाकामा निगरानी गर्न थालेको छ। संक्रमित भएको व्यक्तिमा तीन साताभित्र लक्षण देखिन भएकाले नेपालले सरकारले पनि पश्चिम अफ्रिकी मुलुकबाट फर्किएका नेपालीलाई त्यति नै समय निगरानीमा राख्ने योजना बनाएको छ। 

इबोला नियन्त्रण गर्न कम्तीमा ६ महिना लाग्ने डक्टर विदआउट बोर्डरले अनुमान गरेको छ। इबोला नियन्त्रण गर्ने औषधि अहिलेसम्म पत्ता लागेको छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस