बर्षाले निथ्रुक्क भिज्यो मार्सी धान
०१ कार्तिक २०७८
•
२ मिनेट पाठ
बर्षाले निथ्रुक्क भिज्यो मार्सी धान
जुम्ला चन्दननाथ नगरपालिका १० का किशोर न्यौपानेको दशभारी खेतमा धान खेती गरिएको छ। जसमध्ये तीनभारी खेतमा लगाएको धान काटिसकिएको छ। भारी बर्षा भएपछि उनी निकै चिन्तित छन्। सबै खेतमा उनले मार्सी धान रोपेका थिए। ‘यो पटक धानबाट आशा गर्ने अवस्था रहेन। पानी परिरहेको छ। सबैजसो धान काटेर खेतमै छरपष्ट अवस्थामा राखिएको छ', उनले भने, 'बर्षाले केही धान झारीसकेको छ।’




नकाटेको धानमा त खासै असर पर्ने देखिँदैन तर काटेर खेतमा राखेको धान कुहिने त्रास छ। 'अझै दुई दिन पानी पर्ने भन्छ, यो वर्ष धान खेती नष्ट हुने भइसक्यो', उनले भने,‘बर्षाबाट जोगिएको धान पनि निकै बेरसम्म सुकाएर घर भित्र्याउनु पर्ने अवस्था छ।’ गत वर्षतिर पनि पानी पर्थ्याे तर धान काटिसकेको हुन्थेन। यो पटक धान काटिसकेर खेतमा सुकाउन राखेको अवस्थामा पानी परेकोले किसान चिन्तित छन्।  

उनको गाउँमा रहेका ९९ प्रतिशत खेतमा धान काटिसकेका छन्। बर्षाले चिस्यान प्रदान गर्ने भएकोले घुनकिरा लाग्ने सम्भावना देखिन्छ। खेतमै कुहिने डरले किसान चिन्तित छन्। यो समय धान भित्र्याउने समय भएकोले किसानले धमाधम धान भित्र्याइरहेका छन्। अर्का किसान डिल्लीबहादुर बुढाले भने,‘धान खेति राम्रै भएको थियो। बर्षाले खेतमै झार्न थालेपछि समस्या भइरहेकाे छ। उन्नत जातको धानमा खासै समस्या नभएपनि मार्सी धानमा यो बर्षाले नकारात्मक प्रभाव पार्ने देखिन्छ।'

कृषि प्राविधिक लछिराम महत बर्षाले काटेको धानमा समस्या ल्याउने बताउँछन्। उनले घाम नलाग्दासम्म काटेको धानलाई नसुकाउन सुझाव दिए। ‘काटेको धानबाली घाम नलाग्दासम्म खेतमै राख्नुपर्छ। घाम लागेपछि दुई तीन दिन सुकाएर मात्र घर भित्र्याउनु पर्छ। यो बाहेकको विकल्प अन्य छैन’, उनले भने।

निरन्तर बर्षा हुँदा धान चलाउनु हुँदैन। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बर्षाले नकाटेको धानलाई केही नगर्ने बताउँछन्। तर काटेको धानमा निकै ठूलो असर पुर्याउने उनले बताए। उनले भने,‘बर्षाले नकाटेकोलाई समस्या गर्दैन, काटेकोलाई गर्छ। चिस्यान बढी हुन्छ। जसका कारण घुनकिरा लाग्छ। राम्रोसंग सुकाउनुपर्छ।’

बर्षाले अधिकांस धान खेतमै झर्ने उनले बताए। धान भण्डारण गर्नको लागि १२ प्रतिशत मात्र चिस्यान हुनुपर्छ। तर यो वर्ष धान बर्षासंगै भित्र्याउन थालेको कुहिने पनि उत्तिकै डर छ। उनले भने,‘किसानलाई नआत्तिएर धान भित्र्याउन आग्रह गरेका छौँ। बर्षा रोकिने वित्तिकै लगातार सुकाएर मात्र धान भित्र्याउनको लागि भनिएको छ।’

जुम्लामा २९ सय हेक्टरमा धान खेती गरिन्छ। जसमा १४ सय हेक्टरमा मार्सी धान रोपिएको छ। १५ सय उन्नत जातको धान लगाइन्छ।

आइतबार साँझदेखि निरन्तर बर्षा भइरहेकोले निकै समस्या भएको किसान बताउँछन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
६ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस