जाजरकोट- अविरल वर्षाका कारण बुधबार राति आएको पहिरोमा परी जाजरकोटमा घाइते भएकाको तीन दिनपछि उद्धार गरिएको छ। गृहमन्त्रालयले पहिरोमा परी घाइते भएकालाई तत्काल उद्धार गर्न खोजे पनि अविरल वर्षाका कारण हेलिकोप्टर ल्याउन नसक्दा तीन दिनपछि शनिबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पहिरोमा परी घाइते भएकामध्ये रामीडाँडा–९ धौलाकोटका २६ वर्षीय कर्णे नेपाली, ३० वर्षीया सुधा नेपाली, १२ वर्षीय लले नेपाली, लक्ष्मण विक, सीमा विक, दिलबहादुर कामी र शारदा नेपाली, सक्ला–३ वन्डालाका जयलाल बोहरा उनका छोरीहरू १३ वर्षीया आरती बोहरा, १० वर्षीया कमला बोहरा र सक्ला–५ का १४ वर्षीय सन्देश बस्नेतको उद्धार गरिएको छ।
घाइतेहरूलाई उपचारका लागि सुर्खेतको क्षेत्रीय अस्पतालमा लगिएको बताइएको छ। यदि त्यहा उपचार सम्भव नभए थप उपचारका लागि काठमाडौं लैजाने प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले बताए।