हेटौँडा -हेटौँडा–कुलेखानी सडकखण्डको महादेवस्थानलगायत विभिन्न ठाउँमा गएको पहिरो हटाई आज बिहानदेखि हेटौँडा–काठमाडौँ यातायात सेवा सञ्चालन गरिएको छ।
गत बुधबारदेखि आएको अविरल वर्षाले सो सडकखण्डको विभिन्न भागमा पहिरो गई हेटौँडा–काठमाडौँको यातायात सेवा अवरुद्ध भएको थियो। सो सडकखण्ड अवरुद्ध हुँदा त्रिभुवन राजपथबाट यातायात सेवा सञ्चालन गरिएको थियो।
यसैबीच हेटौँडाको पूर्वी भाग जोड्ने फापरबारी र छतिवनको पहिरो हटाई आजै मध्याह्नबाट हेटौँडा–फापरबारीको यातायात सेवा खुलाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए।