ललितपुर- श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति डा रामवरण यादव आज पाटनस्थित श्रीकृष्ण मन्दिर जानु भई पूजा अर्चना तथा प्रसाद ग्रहण गरेका छन्।।
बिहान ८ बजेर १० मिनेटमा कृष्णमन्दिर पुगेका राष्ट्रपति डा यादवले मूल पुजारी रवीन्द्र शर्माको हातबाट टीका र प्रसाद ग्रहण गरे।
सो अवसरमा राष्ट्रपति डा यादवले मन्दिरपरिसरको अगाडितर्फ रहेको ऐतिहासिक ढुङ्गेधारा (मङ्गल हिती) को अवलोकन गरेका थिए।
हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटन दरबारपरिसरमा आज भव्य मेला लागेको छ। मन्दिरमा दर्शनका लागि हजारौँ श्रद्धालु भक्तजन गएरातिदेखि नै लामबद्ध भएका थिए। राति १ बजेबाट दर्शनका लागि मन्दिर खुल्ला गरिएको जात्रा व्यवस्थापन समितिले जनाएको छ।
जात्रा व्यवस्थापनको जिम्मेवारी लिएको मङ्गल टोल सुधार समितिका अनुसार टोलसुधार, स्थानीय समिति लगायतका करिब एक हजार ५०० र नेपाल स्काउट, रेडक्रस सोसाइटी, रेयुकाई र सयौँ स्वयम्सेवक जात्रा व्यवस्थापनका लागि खटिएका छन्।
समितिका अध्यक्ष किरण प्रधानले भक्तजनलाई सहज रूपमा मन्दिर दर्शनका लागि सघाउ पुर्याउन पर्याप्त मात्रामा स्वयम्सेवक तथा सुरक्षाकर्मी खटिएको बताए।
मन्दिर दर्शनका लागि महिला र पुरुषको भिन्नाभिन्नै लाइन लागेको छ, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दर्शनका लागि छुट्टै व्यवस्था गरिएको उनले उल्लेख गरे।
मौसमले साथ दिएकाले यसपटक करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको अध्यक्ष शर्माले बताए।