बिल तिर्न नसक्दा छ महिनादेखि अस्पतालमै
०१ भदौ २०७१
•
६ मिनेट पाठ
बिल तिर्न नसक्दा छ महिनादेखि अस्पतालमै
काठमाडौं- उपचार गरेको पैसा तिर्न नसकेर दोलखाकी एक महिला छ महिनादेखि अस्पतालमै बस्नुपरेको छ। सीतापाइलास्थित शुभेच्छा अस्पतालले बिल नतिरी डिस्चार्ज र रेफर नदिँदा दोलखा क्षेत्रपाकी ३१ वर्षीया विष्णु भुजेलले अस्पतालमै बस्नुपरेको हो।




गत फागुन ४ गते दोलखाकै ठूलोढुंगा भीरमा घाँस काट्न जाँदा लडेकी भुजेललाई उपचारका लागि शुभेच्छा ल्याइएको थियो। भाइ हरि शुभेच्छामा सफाइ मजदुरका रूपमा कार्यरत रहेकाले उनलाई त्यहाँ लगिएको थियो। 
काका ईश्वरीबहादुरका अनुसार सुरुमा निजी अस्पतालमा महँगो हुने भएकाले नसक्ने बताए पनि अस्पताल प्रशासनले सरकारको विपन्न उपचार सहायता कोषबाट उपचार गराइदिने आश्वासन दिएको थियो। अस्पतालले ५० हजार डिपोजिट गराएर मेरुदण्डको शल्यक्रिया गराएको थियो। त्यसपछि अस्पताल प्रशासनले वैशाख २३ गते स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गतको विपन्न उपचार सहायता कोषलाई उपचार खर्च भुक्तानीको लागि पत्र पठाएको थियो।
सरकारले विपन्न नागरिक उपचार सहायता कोषअन्तर्गत सूचीकृत अस्पतालमा उपचार गराउँदा मेरुदण्डको उपचारमा १ लाखसम्म दिन्छ। शुभेच्छा भने उक्त सेवाका लागि सूचीकृत नभएको व्यवस्थापन महाशाखाले जनाएको छ। 
वीर अस्पतालमा उपचार गराउँदा करिब १ लाखमा सबै उपचार हुने भएकाले परिवारले त्यतै लान खोजेका थिए। 'सुरुमा निःशुल्क गराइदिउँला भनेर राखेपछि उपचार खर्च तिर्न नसकेको भन्दै बिल बढाइरहेका छन्,' इन्द्रबहादुरले भने, 'पैसा तिर्न सक्दिनँ, बिरामी मरे तिम्रो जिम्मा। हैन भने वीर लान देऊ भनेको छु। तर दिन्नन।' 
अस्पतालकै सुझावका आधारमा परिवारले जिल्ला स्वास्थ्य समिति र गाविसबाट समेत विपन्नको सफारिस बनाएर ल्याएको थियो। पछि ती सबै कागजात राखेर अस्पतालले वैशाख २२ सम्म २ लाख १३ हजार ६ सय १९ रुपैयाँ खर्च भएको भन्दै विपन्न नागरिक औषधि उपचारवापत दिइने आर्थिक सहयोगअन्तर्गत उपलब्ध गराइदिन कोष सचिवालयमा पत्राचार गरेको थियो। आफन्तले पत्र लिएर कोष सचिवालय पुग्दा अस्पताल नै उक्त सेवा उपलब्ध गराउने संस्थामा सूचीकृत नभएको भेटिएको थियो। पैसा तिर्ने उपाय नभएपछि त्यसलगत्तै भाइ हरि जागिर छाडेर सम्पर्कविहीन बनेको अर्का भाइ इन्द्रबहादुरले भने। 
अस्पताल प्रशासन प्रमुख विपेन्द्र प्रधानले अस्पतालले विपन्न भनेरै गरेको सेवाको गलत परिणाम आएको बताए। 'हामीले विपन्न नागरिक उपचार कोषबाट गराइदिन्छौं भनेको भए डिपोजिट नै गराउँदैनथ्यौं,' उनले भने। 
हालसम्म अस्पतालले उपचारमा ४ लाखभन्दा बढी खर्च भइसकेको जनाए पनि बिरामीको अवस्थामा कुनै सुधार नआएको काका इन्द्रबहादुरको भनाइ छ। विष्णुका बाबु छैनन्। ७६ वर्षे आमाको संरक्षणमा रहेकी उनको उपचार खर्च तिर्ने सामर्थ्य परिवारको नभएको उनी बताउँछन्। 'कुनै हालतमा पैसा तिर्नसक्ने अवस्था छैन, अहिले बिरामीलाई खानासमेत दिन सकिएको छैन,' उनले भने, 'वीरमा लान पाए जेजस्तो भए पनि निःशुल्क उपचार पनि हुन्थ्यो।'
अस्पताललाई पैसा तिर्न नसकेपछि आफूले प्रधानमन्त्री, स्वास्थ्य सचिव र व्यवस्थापन महाशाखामा समेत उपचार सहायताका लागि निवेदन दिए पनि केही उपाय नलागेको बताए। उनले अस्पतालले ढाँटेकै कारण त्यही उपचार गराउनुपरेको भन्दै व्यवस्थापन महाशाखामा उजुरी दिएका थिए। त्यसपछि व्यवस्थापन महाशाखा प्रमुख डा. भीम आचार्यले अस्पताल प्रशासनलाई टेलिफोन गरी अस्पतालले दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवाअन्तर्गत मिनाहा गरिदिन निर्देशन दिएका थिए। त्यसपछि अस्पताल प्रशासनले कम्तीमा ५० प्रतिशत पैसा तिरेमात्रै छाड्ने जवाफ दिएको इन्द्रबहादुर बताउँछन्। 'तानतुन र सहयोग लिएर ५० हजार जुटाएर दिइसक्यौं, अब कहाँबाट दिनु?' उनले भने, 'अहिलेसम्म हातखुट्टा चल्दैन। दिसापिसाब एकै ठाउँमा छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस