गौशाला - महोत्तरीको जलेश्वरमा आइतबार साँझ बाढीको पानीमा एक युवकको लास भेटिएको छ। जलेश्वर नगरपालिका–७ स्थित कल्भर्टमा आएको बाढीको पानीमा जलेश्वर नगरपालिका–७ बस्ने बिकाऊ चौधरीका २५ वर्षीय छोरा राकेशकुमार चौधरीको लास फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चौधरीको लास कल्भर्टको पुलमुनि बाढीको पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।
जलेश्वरको नगरपालिका चौकमा शिवशम्भु टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका चौधरी शनिबार राति करिब ११ बजे पसल बन्द गरी घर गइरहेको क्रममा बाटोमा पर्ने कल्भर्टनजिकै बाढीको पानीले उनलाई बगाउँदा उनको मृत्यु भएको स्थानीयले बताएका छन्।
आइतबार साँझ माछा मार्न कल्भर्टनजिकै गएका माझीले झारपातमा लास अड्किएको अवस्थामा प्रहरीलाई जानकारी गराएको थियो। शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल जलेश्वरमा लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।