महेन्द्रनगर - दार्चुला बहुमुखी क्याम्पसमा सोमबार विहानदेखि तनाव उत्पन्न भएको छ। सहायक–प्राध्यापक नियुक्तीको विषयमा क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुवीच विवाद भएको हो।केही दिनअघि क्याम्पसले ७ जना सहायक प्राध्यापक नियुक्त गरेको थियो। प्राध्यापक नियुक्ती एकतर्फी रुपले गरेको भन्दै नेपाल विद्यार्थी संघ र नेकपा–माओवादी समर्थीत अनेरास्ववियु क्रान्तिकारीले विरोध गर्दै आएका थिए। ७ जना सहायक प्राध्यापकमा क्याम्पस प्रशासनले एमाले समर्थीतलाई एकलौटी ढंगले छनौट गरेको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन्। विरोधमा सोमबार क्याम्पसमा तालाबन्दी गर्न गएका नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष हिक्मत वहादुर सिँह, क्याम्पसका पूर्व स्ववियु सभापति हरकसिँह विष्ट र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष नवराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउको विरोधमा विद्यार्थीहरुले अहिले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।
क्याम्पस प्रशासनले शुक्रबार नियुत्तिपत्र दिएका सातै जना सहायक प्राध्यापकविरुद्ध केही दिन अघि आन्दोलनरत विद्यार्थी संगठनहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए। 'उजुरीको छिनोफानो नभइकन नियुक्त गर्ने काम भएको छ,' नेवि संघका पूर्व जिल्ला अध्यक्ष हरकसिँह विष्टले भने, 'नियुक्ती बदर नगर्दासम्म आन्दोलन गरिरहन्छौं।' परीक्षा अगावै क्याम्पस प्रशासनले प्रश्नपत्र नियुक्ती दिएका सातै जना सहायक–प्राध्यापकलाई उपलब्ध गराएको विष्टले आरोप लगाए। प्रमुख जिल्ला अधिकारी प्रेमसिँह कुँवरले आन्दोलनरत विद्यार्थीहरुसित छलफल गरिरहेको बताए। 'समस्या समाधानका लागि पहल गरिरहेका छौं,' उनले भने।