गोरखा बजार- अविरल वर्षापछि गएको पहिरोले उत्तरी गोरखा जिल्लाको केरौंजा गाविसमा ५० घरधुरी उच्च जोखिममा परेका छन्।
केरौंजा गाविसको १, २ र ४ वडाका घर नजिकै पहिरो आएको स्थानीय बासिन्दाले जनाएका छन्। गाउँमुनिको जमिन सबै पहिरोले बगाएको स्थानीय सुकबहादुर गुरुङले बताए। “चार दिनअघि गएको पहिरो अहिले पनि झरिरहेको छ” उनले भने, “एक, दुई दिनमा गाउँमै आइपुग्छ।”
पानी पर्न रोकिएपनि सुक्खा पहिरो झरिरहेको उहाँको भनाइ छ। तत्कालै पहिरो नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने उनले जानकारी दिए।
“पचास घर उच्च जोखिममा छन्” उनले भने, “भित्रिबारीसम्म पहिरो आइपुगेको छ।” केरौंजामा ४२ घर एकै ठाउँमा छ। पहिरो करिब ६० मिटर फराकिलो रहेको उनले बताए। समयमै राज्यले पहिरो नियन्त्रणको उपाय अपनाउनुपर्ने भन्दै उनले पहिरो आउने डरले स्थानीयहरु घर छाडेर हिँड्न थालेको बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले वर्षा रोकिएकाले पहिरो रोकिने विश्वास व्यक्त गर्दै पहिरो गएको ठाउँको अध्ययन गर्न नेपाल प्रहरीलाई खटाइएको उनको भनाइ छ। सदरमुकामदेखि करौंजा पुग्न पैदल तीनदिन हिँड्नुपर्छ।