महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीमाथि कुटपिट भएको छ। भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित घर छेउमै अध्यक्ष तिवारीमाथि आइतबार राति आक्रमण भएको हो।मध्यराती छिमेकीको घरमा महिला चिच्याएर रोएको आवाज सुनेपछि मद्दतका लागि गएका बेला आफूमाथि आक्रमण भएको तिवारीले बताए। आफूलाई अधिवक्ता हिक्मतबहादुर चन्दको छोरा बताउने पंकज चन्दले प्रेसर कुकरको ढक्कनले टाउकोमा हिर्काएको उनले बताए। महाकाली अञ्चल अस्पतालमा उपचार गराएका तिवारीको टाउकोमा तीन वटा टाँका लागाइएको छ।
आक्रमणमा संलग्न रामबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ। पंकज चन्द फरार छन्। फरार चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
आक्रमणमा संलग्न रामबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ। पंकज चन्द फरार छन्। फरार चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।