बर्दिवास- पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषा जिल्लाको सिमानामा पर्ने रातुनदीको पुल भास्सिएर अवरुद्ध भएको सडकखण्डमा यातायात सुचारु गर्न वैकल्पिक मार्ग बनाउने कार्य सुरु भएको छ। लगातारको वर्षाले गत बुधबार राति पुल भास्सिएपछि सो सडकखण्डमा यातायात अवरुद्ध हुँदै आएको छ।
उक्त सडकमा यातायात सुचारु गर्न पुलको उत्तरतर्फबाट वैकल्पिक मार्ग (डाइभर्सन) खोल्न लागिएको छ। अब मौसम सफा भएर लगातार काम अगाडि बढाउन पाइए यसै साताभित्र पूर्व–पश्चिम राजमार्गको यातायात सुचारु हुने सडक डिभिजन कार्यालय मुझेलियाका प्रमुख देवेन्द्र साहले जानकारी दिए।
बर्दिवासबाट एक किलोमिटर दूरीमा अवस्थित सो पुल भास्सिँदा बर्दिवासबाट ढल्केबरसम्मको आठ किलोमिटर दूरी छिचोल्न अहिले सवारी साधनहरु बर्दिवास–जलेश्वर–जनकपुर हुँदै ढल्केबरसम्मको ८० किमि दूरीको लामो यात्रा तय गर्न बाध्य छन्।
लगातारको वर्षा र बाढीले बर्दिवास–जलेश्वर सडकको ४२ किमि, जलेश्वर–जनकपुर १४ किमि र जनकपुर–ढल्केबरखण्डको २४ किमि दूरीको सडकमा कैयौँ ठाउँमा ठूल्ठूला खाल्डाखुल्डी हुँदा यो सडक यात्रा पनि निकै जोखिमपूर्ण रहेको महोत्तरीका यातायात व्यवसायी हनुमान साहले बताए।