टेकुमा फोहर थुपारेको भन्दै स्थानीयद्वारा तालाबन्दी
०३ भदौ २०७१
•
५ मिनेट पाठ
टेकुमा फोहर थुपारेको भन्दै स्थानीयद्वारा तालाबन्दी
काठमाडौं-फोहर थुपारेर दुर्गन्ध फैलाएको भन्दै टेकुबासीले साढे दुई घन्टा काठमाडौं महानगरपालिकाको फोहर संकलन गर्ने ठाउँ (ट्रान्सफर स्टेसन) मा तालाबन्दी गरेका छन्।नुवाकोटको फोहर डम्पिङ साइटमा लग्नुअघि महानगर क्षेत्रबाट संकलित फोहर उक्त ठाउँमा लगेर राखिन्छ। त्यो फोहर समयमै नहटाइएको भन्दै स्थानीयले ताला लगाएका हुन्। 
तालाबन्दीका कारण स्टेसनमा फोहर लिएर जाने सवारीको लाइन बनेको थियो। स्थानीय क्लब र स्थानीय मिलेर फोहर सिसडोल लैजानबाहेक संकलित फोहर जम्मा हुन भने दिएनन्। महानगरले असारमा पानी पर्न थालेदेखि दैनिक फोहरको थुप्रो बढाइरहेको थियो। यसकारण आफ्नो बस्तीमा दुर्गन्ध फैलेको र मानिस बिरामी पनि परेको स्थानीयको भनाइ छ।
‘वर्षैभरि फोहर जम्मा भएर हामीलाई सास्ती भएका बेला बर्खामासमा हामी निकै समस्यामा छौं,' स्थानीय राजु महर्जनले नागरिकसँग भने, ‘रहरले होइन बाध्यताले यस्तो गर्यौंथ। नजिकिँदै गरेको तिजमा पाहुना आउँछन्, यहाँको दुर्गन्ध सुँघाउने?' उनले बिहान महानगरसँग छिट्टै फोहर हटाउने सहमतिमा ताला खोलेको बताए। ‘हामीले पटकपटक अनुरोध गरिसक्यौं, कति नै वार्ता गरे नि टेरेनन्,' उनले भने, ‘निजी गाडी ल्याएर हटाउने बताए अनि हामीलाई पक्रन दुई गाडी नगर प्रहरी बोलाए। त्यसपछि हामीले ताला खोल्यौं।'
उनीहरुले बिहान साढे सातदेखि १० बजेसम्म गेट बन्द गरेका थिए। ‘काठमाडौंबाट संकलन गरेर टेकु थुपार्ने र डम्पिङ साइट लाने गाडी एउटै छन्, त्यसैले पनि फोहर जान सकेको छैन,' उनले भने, ‘आज (मंगलबार) महानगरले १४ वटा निजी सवारी खटाएर फोहर लाने भनेको थियो तर जम्मा सात वटा मात्र ल्याएको छ। बुधबारसम्म आफूले हेर्ने, लागू नभए फेरि ताला लगाउँछौं।'
फोहोर लानका लागि यो वर्षैपिच्छे आउने समस्या रहेको महानगर स्रोतले बतायो। ‘कहिले सडक बिग्रने कहिले डम्पिङ साइटमा सवारी लान नसक्नु महानगरका कर्मचारीको हेलचेक्र्याइँ हो,' स्रोतले भन्यो, ‘बाटो बनाउने ठेकेदारको ढिलाइलाई कारबाही नगर्ने र काम गर्ने कर्मचारीले पनि नगर्दा यस्तो भएको हो। डम्पिङ साइटमा काम गर्ने नगरपालिकाका प्राविधिकको लापरबाहीले पनि त्यहाँ फोहर लान समस्या भएको छ।' स्रोतका अनुसार असारदेखि थुप्रेको फोहर मंगलबार टाटा ट्रकहरुमै सिसडोल पठाउन थालिएको छ। करिब ५ सय ट्रक फोहर टेकुमा जम्मा भएको स्रोतले बतायो। दैनिक सानाठूला गरी १ सय ९० देखि २ सय सानाठूला ट्रक फोहर जम्मा हुने स्रोतको दाबी छ।
महानगरपालिका वातावरण महाशाखा प्रमुख हरि कुँवरले स्थानीयले भनेअनुसार फोहर सिसडोल लैजाने काम सुरु भएको बताए। आज मात्र ४० टि्रप फोहर सिसडोल लगिएको उनले बताए। स्थानीयले सात वटा मात्र निजी सवारी देखेको बताए पनि कुँवरले १४ वटा सवारीले फोहर लैजान सुरु गरेको दाबी गरे। उनका अनुसार यसअघि १२ देखि १५ वटा सवारीले दैनिक फोहर सिसडोल लाने गरेकामा २६ वटा सवारी तयार पारिएको छ।
काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिका लगायत अन्य केही क्षेत्रको समेत फोहर दैनिक नुवाकोटको सिसडोल लाने गरिन्छ। आकासे पानीले ग्राभेल सडकमा समस्या आउँदा फोहर फाल्न समस्या भएको र गाडी बिग्रेर पनि फोहर राम्रोसँग जान नसकेको महानगरपालिका बताउँछ। ल्यान्डफिल साइट जाने सडक छ महिनामा स्तरोन्नति सक्न कार्यादेश दिए पनि सात महिना बितिसक्दा पनि कामले गति पाउन सकेको छैन। काठमाडौं महानगरले कारबाहीको चासो नदिँदा र निर्माण कम्पनीको ढिलाइ भए पनि महानगरले कारबाही गर्न सकेको छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस