नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना
०४ कार्तिक २०७८
•
१ मिनेट पाठ
नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन्।




पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।  

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन्। असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो।  आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताए।

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए। उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन। रासस
अर्को समाचार
बाक्लो हिमपातले रोकियो पदयात्रा
१४ माघ २०८२
•
४ मिनेट पाठ
बाक्लो हिमपातले रोकियो पदयात्रा
हिमाली जिल्लामा परेको हिउँले सेताम्य भएको क्षेत्र। तस्बिरः नागरिक
उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन।  




हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी, गोरखाका माथिल्लो भेगमा बाक्लो हिमपात भएको छ। बस्तीमा हिउँ जमेपछि हिडडुल पनि सकसपूर्ण बनेको स्थानीयले बताएका छन। जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गर्दै माथिल्लो भेगमा भारी हिमपात भएको बताएको छ। अन्नपूर्ण फेरोमा पर्ने थोराङला भञ्ज्याङ पास, लार्केपास, काङलापास, तिलिचो लगायतका स्थानमा पदयात्रा गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्न अनुरोध गरेको छ।  

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै पदयात्रामा सचेत रहन आग्रह गरेका छन। पौडेलका अनुसार जिल्लाको माथिल्लो भेगमा हिमपात निरन्तर रहेको छ। सदरमुकाम चामे भन्दा माथि बाक्लो हिउँ परेको उनले बताए। ‘हिमपात भईरहेको छ। हिडडुल सहज छैन। गाडी पनि चल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पर्यटकलाई सचेत रहन भनेका छौ। अफसिजन भएकोले यो बेला पदयात्रामा निकै नै कम संख्यामा पर्यटक छन। तर, ती सबै पर्यटकहरु अहिले होटलमा बसिरहेका छन।’ थोराङला, तिलिचो क्षेत्रको पदयात्रा सहज नभएको पनि उनले बताए।  

अन्नपर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कर्मचारी उमाकान्त सापकोटाका अनुसार मनाङमा दुईफिटसम्म हिउँ जमेको छ। समुन्द्री सतहको २९ सय मिटर भन्दा माथिको भागमा हिमपात भएको सापकोटाले बताए। ‘सदरमुकाम चामेसम्म गाडी चल्न सक्छन। त्यसमाथि गाडी चलाउन सकिने अवस्था छैन,’ उनले भने, ‘पदयात्रा पनि सहज छैन, बाक्लो हिमपातका कारण यात्रा अवरुद्ध भएको छ।’

उनका अनुसार अहिले पनि माथिल्लो मनाङ क्षेत्रमा २५ जनाजति विदेशी पाहुना छन। अफसिजन भएकोले यो बेला विदेशी पाहुनाको संख्या कम भएको हो। मनाङमा रोकिएका विदेशी पाहुनाहरु तिलिचो र थोराङला भञ्ज्याङ पासका लागि आएका हुन। सापकोटाका अनुसार मनाङमा रोकिएका पर्यटकहरु भारतीय र मलेसियन मुलका छन। ‘पर्यटक भएकोले उनीहरुलाई माथिल्लो भेगमा जान रोकिएको उनले बताए। ‘हिउँ पग्लेको अवस्थामा मात्र पाहुना माथि जान पाउँछन। नत्र अझै हिमपात थपियो भने पाहुनालाई माथि जान दिने अवस्था रहन्न,’ उनले भने।  

अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि हिमपातले जनजीवन प्रभावित भएको छ। मुक्तिनाथ क्षेत्रमा परेको बाक्लो हिमपातका कारण पर्यटकहरु मुक्तिनाथ मन्दिरसम्म आउजाउ गर्न समेत सकेका छैनन। पोखराबाट गएका पर्यटन व्यवासायी सोम थापाका अनुसार मुक्तिनाथ जाने मार्गमा पर्ने रानीपौवाबाट माथि जान सक्ने अवस्था छैन। ‘हामी मुक्तिनाथ जाने भनेर गएका थियौ। तर, रानीपौवाबाट माथि जान सकिएन, माथिबाट पनि तल झर्न पनि सकस छ,’ थापाले भने, ‘रानीपौवाबाट फर्किएका छौ। बाक्लो हिमपात छ । हिउँ जमेकोले गाडी पनि माथि जान सक्ने अवस्था छैन।’

थापाका अनुसार हिमपातले गर्दा पर्यटकहरुको यात्रा पनि रोकिएको छ। सीमित संख्याका पर्यटकहरु सदरमुकाम जोमसोममै रोकिएका छन। ‘चिसो त छँदैछ, बाक्लो हिउँ जमेकोले माथि उक्लिन सक्ने अवस्था छैन,’ उनले भने, ‘अफसिजन परेकोले यो बेला पर्याप्त पाहुना भने छैनन। बरु अब हिउँ खेल्नका लागि आन्तरिक पाहुना उक्लिन सक्छन।’

मुस्ताङ प्रशासनले पनि बाक्लो हिमपातका कारण यात्रा अवरोध भएकोले सचेत हुन आग्रह गरेको छ। मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जारी गरेको सूचनामा मुक्तिनाथ क्षेत्र, कोरोला नाका सहितको उपल्लो मुस्ताङ सहित मुस्ताङ–डोल्पामा पर्ने याकखर्क क्षेत्रमा बाक्लो हिमपात भएकोले हिडडुल सहज नभएको उल्लेख छ। त्यस्तै थोराङला भञ्ज्याङ पास, मुस्ताङ–मनाङ–सरिबुङ पास, धौलागिरी पदमार्गमा समेत समस्या रहेकोले पदयात्रामा सचेत हुन आग्रह गरिएको छ।  

त्यस्तै म्याग्दीको माथिल्लो क्षेत्रमा पनि बाक्लो हिमपात भएको त्यहाँका बासिन्दाले बताएका छन। स्थानीय झक छन्त्यालका अनुसार म्याग्दीको गुर्जा बस्ती हिमपातले ढाकेको छ। ‘बाक्लो हिउँ परेको छ। बस्ती पुरै सेताम्य भएको छ,’ उनले भने। त्यस्तै गरि पर्यटन बोर्डले पनि उच्च हिमाली भेगमा बाक्लो हिमपात भएकोले उक्त क्षेत्रमा तत्कालका लागि यात्रा नगर्न अनुरोध गरेको छ। थप हिमपातको सम्भावना भएकोले उच्च हिमाली भेगको पदयात्रामा सचेत हुन पनि बोर्डको आग्रह छ। हिमाली जिल्लामा बाक्लो हिउँ जमेको कतिपय ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर हिउँ हटाएर सवारी संचालन गरिएको पनि स्थानीय प्रशासनले बताएका छन।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस