आकाशे पुल पिलरमा सीमित
०४ भदौ २०७१
•
७ मिनेट पाठ
आकाशे पुल पिलरमा सीमित
काठमाडौं-पुरानो बसपार्कस्थित विद्युत प्राधिकरण अगाडि आकाशे पुल बनाउन पिलर गाडेको डेढ वर्ष भइसक्यो तर निर्माण सकिएको छैन। नमुना पुल बनाउने भने पनि काठमाडौं महानगरपालिकाको लापरबाहीले पुल पिलरमै सीमित भएको हो।२०६९ चैतसम्म सक्नेगरी असार ३ गते कार्यादेश दिए पनि चैतसम्म पिलर गाडेर सो क्षेत्र अलपत्र पारिएको छ। पहिलो पटक टेन्डर गर्दा पिलर गाड्ने काममात्र सम्पन्न गरियो। योजनाअनुसार सामान पाउन महँगो पर्ने र पहिलो टेन्डरभन्दा ८३ प्रतिशत रकम बढी रकम खर्च हुने भन्दै नयाँ निर्माण कम्पनी छानिएको महानगरपालिका जनाउँछ।
पुल बनाउनका लागि दुई पटक टेन्डर भइसक्यो। एउटा निर्माण कम्पनीले पिलर गाडेर १० लाख रुपैयाँ बुझिसकेको छ। महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेशकुमार राईका अनुसार सुरुमा टेन्डर गर्दा त्यहाँ चाहिएअनुसार सामग्री नपाइने भएपछि पुन टेन्डर गरेर नयाँ सम्झौता गरिएको हो। समयमै काम भयो भने साउन ४ गते कार्यादेश दिएर कात्तिक मसान्तसम्म काम सम्पन्न गर्न निर्देशन दिइएको उनले जनाए। ‘सुरुको टेन्डरअनुसार निर्माण सामग्री नपाइने परामर्शदाताको सुझावपछि अर्को विकल्प खोज्न लाग्यौं,' उनले भने, ‘अर्को विकल्प खोज्दा पुरानो भन्दा ८३ प्रतिशत लागत बढ्ने भयो। त्यसैले पुरानो ठेकेदारले पिलर गाड्ने काम गरेअनुसार उसलाई खर्च दिएर नयाँ टेन्डर गर्न थाल्यौं।'
उनका अनुसार अघिल्लो ठेक्काअनुसार २४ लाख रुपैयाँमा सम्झौता भएअनुसार उसले काम सम्पन्न गरेको आधारमा १० लाख रुपैयाँमा उम्काइएको थियो। ‘आर्थिक नियमावली २०४६ अनुसार सञ्चालित काममा १५ प्रतिशतसम्म लागत बढेमात्र पुरानो ठेकेदारसँग सम्झौता गर्न सकिन्छ। तर ८३ प्रतिशत वृद्धि भएपछि नयाँ छान्नुपर्योल,' उनले भने, ‘अहिले त्यहाँ चाहिने स्टिल सामग्री निर्माण भइरहेको छ। समयमै सक्काउन हामी लागिरहेका छौं।'
लागत बढेपछि महानगरको राजनीतिक दलहरुको परिषदले स्वीकृत गर्न ढिला भएको उनको दाबी छ। यसबाहेक पिलर गाड्दा भुइँमा ढलपाइप भेटिँदा पनि निर्माणमा समस्या आएको उनको भनाइ छ। उनका अनुसार पिलर गाड्नेबाहेकको कामका लागि २४ लाख ४९ हजार रुपैयाँ लाग्ने गरी ठेक्का स्वीकृत गरिएको छ। अहिले पिलर गाड्दाबाहेकको काम मात्र बाँकी रहेको उनले जानकारी दिए। महानगरले सर्वसाधारणलाई सुरक्षित हुने खालको बनाउन लागेको थियो।
‘रत्नपार्क क्षेत्रमा रहेका आकाशे पुल तलबाट मान्छे हिँडेको नदेखिने खालको, प्रायजसोमा पसल सञ्चालन गरी निजी कम्पनीलाई सञ्चालन अनुमति दिइँदा अस्तव्यस्त थियो र असुरक्षित भएको गुनासा आउँथे,' महानगरका एक कर्मचारीले भने, ‘महानगरले आफ्नै लगानीमा बनाउन लागेको यस पुलमा कुनै पनि किसिमका पसल र तलबाटै पुल प्रयोग गर्नेलाई देखिने भएकाले सुरक्षित हुने विश्वास छ।'
महिलाहरु अन्य आकाशे पुलमा असुरक्षित हुने भएको भन्दै पनि यस्तो नमुना पुल बनाउन लागिएको भौतिक विकास तथा निर्माण विभागका प्रमुख सञ्जयराज उपाध्यायले बताए। उनका अनुसार सडकको वारिपारि चारचार वटा पिलर र भर्यातङ बनाउ पनि केही पिलर गाड्ने काम ०६९ चैतमै भइसकेको छ।
‘पुलका रुपमा वारपार बिछ्याउने स्टिल पाइप निर्माणको चरणमा छ,' उनले भने, ‘पिलर बनाउन खासै गाह्रो भएन। पुल बनाउँदा समस्या भयो। पहिले एकै निर्माण कम्पनीले सक्ने भनेको पुल सामान महँगिएपछि फेरि टेन्डर गर्न बाध्य भयो।'
ट्राफिक व्यवस्थापनमा समस्या
पुल समयमै निर्माण नहुँदा पैदल यात्रीले सास्ती पाउने गरेका छन्। सडकमा एक रुटमा सवारी चलिरहने हुँदा पनि बिहान र साँझको व्यस्त समयमा सर्वसाधारण मर्कामा पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 
‘महानगरले ट्राफिक व्यवस्थापनमा सहज पार्ने आशामा थियौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले भने, ‘तर योजनाअनुसार भएन। पिलर गाडियो। पुल पनि बन्ला भनेको त्यत्तिकै छ।' उनका अनुसार न्युरोड जानेआउनेको भीडले सो क्षेत्रमा अत्यधिक भीड हुने गरेको छ। साथै, व्यस्त समयमा मानिस बाटो काट्ने र अत्यधिक सवारी गुड्दा समस्या हुने गरेको उनले बताए।
‘प्रायजसो न्युरोड जानेहरु पुरानो बसपार्कबाट आउनेजाने हुँदा सोही रुटबाट पैदल यात्रा गर्ने अधिकारीको भनाइ छ। ‘हामीले त्यहाँ कहिलेकाहीँ घोडासहित ट्राफिक गस्ती पनि गरिरहेका हुन्छौं,' उनले भने, ‘तर सधैं खटाउन सम्भव छैन। ट्राफिक जनशक्ति नभएर पनि समस्या छ। त्यहाँ एउटा ट्राफिक राखेर हुँदैन। व्यस्त समयमा एकभन्दा बढी खटाउनुपर्छ।'


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस