काठमाडौं- उपत्यकामा बोतलको पानी (मिनरल वाटर) उत्पादन र बिक्रीवितरणमा संगठित रूपमै भइरहेको ‘कार्टेलिङ' तोड्न सरकारले ‘आक्रामक कारबाही' सुरु गरेको छ।नेपाल बोतल वाटर उद्योग संघले पानीमा एकाधिकार कायम गर्न मतियार बनाएको एम इन्टरनेसनल नामक कम्पनीलाई बिहीबार सरकारी अपरेसन टोलीले सिल गरिदिएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख (सिडिओ) वसन्तराज गौतमको निर्देशनमा परिचालित बजार अपरेसन टोलीले चक्रपथको शंखपार्कस्थित एम इन्टरनेसनल कार्यालयमा छापा मारी सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कम्पनीका उपत्यकास्थित सबै डिपो पनि सिल गरिएको छ। एमले वितरणका लागि स्टोर गरेका विभिन्न १० कम्पनीका उत्पादन १ हजार २ सय कार्टुन पानी सिलबन्दी गरिएको हो।
स्रोतका अनुसार एम इन्टरनेसनलका अध्यक्ष सुरेन्द्र शाक्य संघका अध्यक्ष किशोर मानन्धरका नातेदार हुन्।
‘उपभोक्ता, कालोबजारी र प्रतिस्पर्धा ऐनविपरीत काम गरेको पाइएकाले एमलाई बन्द गराउँछौं,' प्रमुख जिल्ला अधिकारी गौतमले नागरिकसँग भने, ‘तीनवटै ऐन आकर्षित गर्ने हुनाले सोहीअनुरुप कम्पनी बन्द गर्ने प्रक्रिया अघि बढाइसकिएको छ।'
संघले उक्त कम्पनीसँग सम्झौता नै गरी पानी बिक्रीवितरणमा एकाधिकार कायम गरेको थियो। कार्टेलिङसम्बन्धी समाचार सार्वजनिक भएपछि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिअन्तर्गत उपसमितिले संलग्न संस्थालाई तीनवटै ऐन लगाएर कारबाही गर्न निर्देशन दिएको थियो। निर्देशनको भोलिपल्टै गृह र वाणिज्य तथा आपूर्ति मन्त्रालयले छापा मार्न सुरु गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार संरक्षण अधिकृत यज्ञराज कोइरालाको सयोजकत्वमा बिहीबारै गठित अपरेसन टोलीमा वाणिज्य विभाग, प्रहरी र उपभोक्ता अधिकार मञ्चका पदाधिकारी छन्। बजार संरक्षण अधिकृतमा सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ।
टोलीले बिहीबार काठमाडौंको कंलकी, कोटेश्वरलगायत क्षेत्रका स्टोर सिल गरेको छ। टोलीले एमको कार्यालयबाट विभिन्न कागजात नियन्त्रणमा लिएको छ।
बिहीबार टोली पुग्दा एमको कार्यालयमा एक कर्मचारी मात्र भेटिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए। ‘पानी स्टोर गरिएका स्थानमा एक कर्मचारी मात्र भेटिए,' गौतमले भने, ‘उनलाई भोलि (शुक्रबार) जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन दिएका छौं।' गौतमका अनुसार कर्मचारीको बयानका आधारमा संघमाथि थप कारबाही अघि बढाइनेछ। कम्पनीले बिक्रीवितरण मात्र नभई मूल्यमा समेत एकाधिकार कायम गरेको पाइएको गौतमको भनाइ छ।
‘अपरेसन टोलीले आज (बिहीबार) बाट काम सुरु गरेको छ,' वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, ‘केही दिनमै पानीको कार्टेलिङ तोडिन्छ।'
अपरेसन टोलीले बिहीबारै व्यवसायीले स्टिकर टाँसेका पानीसमेत जफत गरेको विभागले जनाएको छ। ‘कंलकी डिपोमा रहेको पानीमा सिलबन्दीसमेत गर्योल,' उनले भने, ‘भोलि पनि दिनभर टोली खटिन्छ।' संसदीय समितिले दिएको निर्देशनलाई तत्कालै कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले समितिले दिएको निर्देशनअनुरुप वाणिज्य विभागले काम नगरेको आरोप लगाए। ‘पानी व्यवसायीले कार्टेलिङ गरेर एक लिटरको मूल्य २५ रुपैयाँ पुर्यालउँदासमेत विभाग मूकदर्शक रह्यो,' उनले भने, ‘विभागको यस्तो चालाले त न दोषीलाई कारबाही हुन्छ, न कार्टेलिङ नै रोकिन्छ।'
संसदीय समितिले बिहीबार बेलुकासम्म दोषीलाई कानुनी कारबाही गरिसक्न निर्देशन दिए पनि विभागले एक जना व्यवसायीलाई पनि पक्रन सकेन।
उपभोक्ता अधिकारकर्मीका अनुसार एम इन्टरनेसनलले अहिले पनि चर्को मूल्यमा पानी बिक्री गरिरहेको छ। कार्टेलिङ सुरु भएको एक साता बित्न नपाउँदै पाँच रुपैयाँ मूल्य बढाइएको छ। पानी उद्योगीले एक लिटर पानीको मूल्य ३० रुपैयाँ पुर्याँउने गरी निरन्तर बढाइरहेको उपभोक्ता अधिकारकर्मी बताउँछन्।
मञ्चका काठमाडौं अध्यक्ष जगनाथ मिश्रले राजधानीमा अहिले २० रुपैयाँमा एक लिटर पानी पाउन छाडेको बताए। मञ्चले संघ, एम इन्टरनेसनललगायत कार्टेलिङमा संलग्न पानी उद्योगीविरुद्ध कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न गृह मन्त्रालयमा निवेदन दिने तयारी गरेको उनले जानकारी दिए। ‘प्रतिस्पर्धा ऐन र उपभोक्ता संरक्षण ऐनअन्तर्गत कारबाही गर्न वाणिज्य मन्त्रालय तथा मातहतका निकायमा उजुरी दिइसक्यौं,' मिश्रले भने, ‘अब कालोबजारी ऐनअन्तर्गत कारबाहीका लागि गृह र मातहतका निकायलाई पनि लिखित उजुरी दिन्छौं।'
उत्पादक कम्पनी र एम इन्टरनेसनलबीच यसअघि पानी बिक्रीवितरणमा एकाधिकार कायम गर्न सम्झौता नै भएको थियो। उक्त सम्झौताअनुसार एमले भनेअनुसार उद्योगले पानी उत्पादन गर्ने र उद्योगले एक कार्टुन मिनरल वाटरको एक सय ४७ रुपैयाँ पाउने उल्लेख छ। सम्झौताविपरीत एम बाहेकका कम्पनीलाई पानी बिक्री गरेको पाइए करार ऐन, २०५६ अनुसार कारबाही गरिने समेत सम्झौतापत्रमा उल्लेख छ। एमले संघको बिलप्याड प्रयोग गरी पानी खरिद गर्दै आएको छ। करमा भने आफ्नै कम्पनीलाई देखाइएको छ।
संघका अध्यक्ष मानन्धरले कर तिर्न सजिलोका लागि एम इन्टरनेसनल दर्ता गरेको बताएका थिए। उनले संघको बिलप्याडमा पानी खरिदबिक्री नगरेको बताए पनि टोलीले छापा मार्ने क्रममा त्यस्तो रसिद नै फेला पारेको स्रोतले जनाएको छ।
सम्झौताअनुसार उद्योगीले उत्पादित पानी एम इन्टरनेसनलको डिपोसम्म पुर्यारउनुपर्ने, उद्योगीले प्रतिकार्टुन एक सय ४७ रुपैयाँ पाउने उल्लेख छ। एमले भने बिक्रेतालाई एक सय ७२ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ। उद्योगीले यसअघि प्रतिकार्टुन एक सय २० रुपैयाँमा विभिन्न बिक्रेतालाई बेच्दै आएका थिए।
त्यसैगरी, उत्पादकले कुनै कारण पानी उत्पादन गर्न नसके एमलाई लिखित रूपमै जानकारी गराउनुपर्ने सम्झौतापत्रमा उल्लेख छ। एकाधिकार प्रक्रियामा समावेश भएका उद्योगलाई एम इन्टरनेसनलले पानी उत्पादनको कोटा तोकिदिएको छ।