२२ तोलाभन्दा बढी सुनको बाला र नगदसहित धरानबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान १५ का ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। नाताले दुवै मामा भाञ्जा हुन्। उनीहरुको साथबाट ५ वटा सुनको बाला बरामद भएको छ। यसको कुलतौल २२ तोला २ आना २ लाल रहेको व्यवसायीहरुको भनाइ छ।
यस्तै, उनीहरुको साथबाट १८ लाख नगद पनि वरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको रहेको छ भने एउटा बाला ५८ ग्राम ३२० मिलिग्रामको छ।
प्रहरीले उनीहरुलाई धरान २ रत्न रोडबाट दिउँसो नियन्त्रणमा लिएको हो। दुवै जना सुनको बाला बिक्री गर्न सुनचाँदी पसलहरुमा बुझ्दै हिँड्ने क्रममा न्यु सुर्य लक्ष्मी स्टोर पुगेका थिए। त्यहाँ कुराकानी गरेर निस्केपछि नजिकै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो। प्रहरीले नियन्त्रणमा लिने क्रममा सुन रहेको ब्याग सोही पसलमा फालेका थिए। नगद भने उनीहरुले बोकेको जेब्रा झोलाभित्र फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले सोही पसलमा बरामदी मुचुल्का गरेको छ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले अवैधरुपमा भित्रिएको सुन बेच्न खोजिरहेको भन्ने बिशेष सूचनाको आधारमा २ जनालाई नियन्त्रणमा लिएको बताए। ‘सुन बेच्न खोजिरहेको भन्ने बिशेष सूचना आएको थियो, प्रहरीले दुवै जनालाई सुन पसल नजिकबाट पक्राउ गरेको हो,’ उनले भने,‘विस्तृत कुरा अनुसन्धानपछि आउँछ।’
न्यु सुर्य लक्ष्मी स्टोरका सञ्चालक संविधान शाक्यका अनुसार सुनको बाला बोकेका २ व्यक्तिहरु सुन पसलमा भाउ बुझ्दै हिँड्ने क्रममा उनको पसलमा पुगेका थिए। उनीहरुले २५० ग्राम सुनको हिसाब गरिदिनु भनेको र आफूले हिसाब गरेर २० लाख जति हुने जानकारी दिएको शाक्यको भनाइ छ। ‘मैले सुन लिदिन भने तर हिसाब भने गरिदिएँ, मेरो कार्ड माग्यो, मैले त्यसैमा मेरो नाम र फोन लेखिदिएको थिएँ, त्यसपछि उनीहरु गएका थिए,’ शाक्यले भने,‘केही छिनपछि प्रहरीले घिसार्दै लिएर आयो, एक जनाले कालो सानो ब्याग फुत्त फाल्यो। यहाँ समातेको पनि होइन, कारोबार भएको पनि छैन। पैसा यहाँ भेटेको पनि होइन।’
२५ दिनको छुट्टीमा आएका थिए चन्द्र
धनकुटाको महालक्ष्मी नगरपालिका घर भएका ३३ वर्षीय चन्द्र विदेशबाट भर्खर छुट्टीमा घर आएका थिए। नाम नखुलाउने सर्तमा एक महिला आफन्तले बताए अनुसार उनी २५ दिनको विदामा घर आएका थिए। प्रहरीले बरामद गरेको सुन उनले विदेशमा मेहेनत गरेर कमाई गरेर जोडेका हुन्। ती आफन्तका अनुसार जग्गा खरिद गर्नको लागि चन्द्रले सुन बिक्री गर्न खोजेका थिए। त्यसैक्रममा मामासहित उनी प्रहरी फन्दामा परे। ‘उसले विदेशमा कमाई गरेकै हो, जग्गा किन्ने भन्दै थियो। त्यसैको लागि बेच्न खोज्दा यस्तो भयो,’ ती आफन्त महिलाले भनिन्।
विदेशमा कमाई गरेर जोडेको भएपनि राजश्व नतिरि सुन ल्याएको हुनाले अवैध हुन्छ। प्रायः विदेशमा रहेका नेपालीहरुले राजश्व छली गर्न सुनको बाला बनाएर नेपाल ल्याउने गरेका छन्। बिहीबार धरानमा बरामद भएको सुनको बाला पनि त्यसरी नै भित्रिएको बताइएको छ।