भूमि आयोगले पाएन पूर्णता
०६ कार्तिक २०७८
•
३ मिनेट पाठ
भूमि आयोगले पाएन पूर्णता
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या सामधानका लागि गठन गरिएको भनिएको राष्ट्रिय भूमि आयोग (सुकम्बासी आयोग) दुई महिनादेखि दुईजना मात्र पदाधिकारीको भरमा चलेको छ।




गत साउन १९ गते सरकारले देवी ज्ञवाली नेतृत्वको तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो। त्यसको १० दिनपछि सरकारले राष्ट्रिय भूमि आयोग गठन आदेश जारी गर्‍यो। भूमि आयोग गठन आदेश जारी भएगत्तै सरकारले भूमि आयोगमा दुईजना पदाधिकारी नियुक्त गर्‍यो। अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त गरिए।

दुवै पदाधिकारीले शपथ पनि गरे। विभागीय मन्त्रीको हैसियततले प्रधानमन्त्री शेरबहादुर देउवाले निरौलालाई शपथ गराए। शपथ ग्रहण गरेलगत्तै निरौला र खड्काले पदभार ग्रहण गरे। उनीहरूले पदभार ग्रहण गरेको दुई महिना पूरा भएको छ। तर, दुई महिनाभन्दा लामो समयदेखि दुईजनाले मात्र आयोग चलाएका छन्।

सोल्टीमोडस्थित आयोगको केन्द्रीय कार्याल यतिखेर सुनसान छ। अहिले आयोगका दुई पदाधिकारीको काम आयोगलाई पूर्णता दिन आग्रह गर्दै विभागीय मन्त्रीलाई भेट्नु मात्र भएको छ। आयोगले गर्नुपर्ने अन्य कार्यसम्पादन गर्न उनीहरू अलमलमा परेका छन्।

ज्ञवाली आयोगले भर्ना गरेका २ सय ७२ कर्मचारी पनि भदौ मसान्तदेखि आयोगमा कार्यालयमा गएका छैनन्। उनीहरूलाई भदौ मसान्तसम्म मात्र बोलाइएको थियो। ती कर्मचारीहरूलाई पुनः आयोगमै काम दिने निर्णय भएको र उक्त निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था मन्त्रालयलाई चिठी लेखिएको आयोगका अध्यक्ष निरौलाले बताए। ‘मन्त्रीज्यूलाई भेटेरै आयोगलाई पूर्णता दिन आग्रह गरेका छौं,’ निरौलाले भने, ‘तर पदाधिकारी मनोनय गर्न ढिलो हुँदा काममा अलमल परेको छ।’

सरकारले जारी गरेको राष्ट्रिय भूमि आयोगको गठन आदेशमा केन्द्रमा आयोग नौ सदस्यीय हुने भनिएको छ। तीमध्ये आठ पदाधिकारी मन्त्रालयस्तरीय निर्णयबाट मनोनीत हुने र मन्त्रालयका एक सहसचिवलाई आयोगको सदस्यसचिवमा मनोनयन गर्ने व्यवस्था गठन आदेशमा गरिएको छ। आयोगको अध्यक्षको सुविधा राज्यमन्त्रीसरहको हुनेछ भने अन्य पदाधिकारीहरूको सुविधा सहसचिव सरहको हुने गठन आदेशमा व्यवस्था गरिएको छ।

आयोगका अध्यक्ष निरौलाले देवी ज्ञवाली नेतृत्वको पुरानो आयोगले निकै ढिलासुस्ती काम गरेको आरोप लगाउँदै भने, ‘पुराना आयोगले गरेको झै हामीले पनि काम गर्ने हो भने १५ वर्षसम्म काम पूरा गर्न सक्दैनौं।’ छिटोछरितो काम गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए।

केपी ओली नेतृत्व सरकारको पालामा राष्ट्रिय भूमि ऐन, २०२१ लाई आठौं संशोधन गरी विगत १० वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमवासीहरूलाई एक पटकका लागि लालपुर्जा दिने व्यवस्था गरिएको छ।

त्यसका लागि अधिकार सम्पन्न भूमिसम्बन्धी आयोग गठन गर्ने व्यवस्था उक्त ऐनमा गरिएको छ। ऐन संशोधन भएपछि ओली सरकारले सुरुमा केन्द्रमा र पछि ७७ वटै जिल्ला समिति गठन गरेको थियो। यहाँसम्म कि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या नभएका विकट हिमाली जिल्लाहरूमा समेत जिल्ला समिति गठन गरिएका थिए। सत्तारुढ दलको सिफारिसमा केन्द्रमा तथा जिल्ला समितिमा पदाधिकारी मनोनयन गरिएका थिए।

सरकारको नेतृत्व फेरिनेबित्तिकै पुरानो आयोग विघटन त भयो तर नयाँ गठन गरिएको आयोगलाई पूर्णता दिन नसक्दा आयोगले काम गर्न सकेको छैन। त्यसो त सुकुम्बासी समस्या सामधानकोनाममा आयोग गठन गर्ने काम २०१३ सालदेखि हुँदै आएको छ तर सुकम्बासी र अव्यवस्थित बसोबासीको समस्या भने जहाँको तहीँ छ।
अर्को समाचार
लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय
१६ मंसिर २०८०
•
३ मिनेट पाठ
लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय
कैलालीको  टीकापुर नगरपालिका ६ का निसादविक्रम बम ६० वर्षदेखि एक बिघा ६ कट्ठा ऐलानी जग्गा भोगचलन गर्दै आएका छन्।जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्।




राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन्। ‘जग्गा भएर पनि सुकुम्वासीजस्तो बस्नुपरेको थियो। त्यस जग्गाबाट उत्पादन गर्नुभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो। ‘निसाद भन्छन्, ‘पहिल्यै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयन् काम गर्न सकिन्थ्यो, त्यो हुन सकेन। अब आशा जागेको छ। स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा वितरण प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या आउने छैन।’

वडा कार्यालयले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेसँगै वडाभित्रका करिब ६ सय परिवारमा खुसीयाली छाएको छ। सोही ठाउँका मंगल पुनसँग कति जग्गा छ भन्ने थाहै छैन। करिब सात दशकदेखि भोगचलन गर्दै आएको जग्गा अनुमानित एक बिघाभन्दा बढी छ।

वडा कार्यालयबाट निस्सा पाएपछि निकै खुसी भएका उनी लालपुर्जा पाउनेमा विश्वस्त छन्। ‘एक बिघाभन्दा बढी जग्गा होला तर नापजाँच अहिलेसम्म भएको छैन’, उनी भन्छन्, ‘वडा कार्यालयबाट निस्सा पाएपछि लालपुर्जा पाउने आशा जागेको छ। अब जग्गा कति छ भन्ने थाहा हुन्छ।’

भ्रतापुरका खेदु डगौरा पनि चार दशकदेखि ऐलानी जग्गा कुरेर बसेका छन्। १० कट्ठा जग्गा ६ कट्ठामा सीमित भएको छ। सँधियारले मिच्दै गएपछि उनको १० कट्ठा जग्गा ६ कट्ठामा सीमित भए पनि उनका लागि सबथोक त्यही जग्गा हो। ‘त्यसमा भएको उब्जनीबाट परिवारको पेट भरिन्छ। छोराछोरीको कापीकलम पनि हुन्छ’, खेदु भन्छन्।

वडामा ६ सय ४० जनालाई जग्गको निस्सा वितरण भएको वडाध्यक्ष बलिराम चौधरीले बताए। उनका अनुसार २० परिवार भूमिहीन दलित, ८० परिवार भूमिहीन सुकुम्वासी र पाँच सय ४० अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेको हो। ‘आजसम्म हामीले लालपुर्जा वितरण गरिसक्नुपर्ने थियो। बीचमा भएको सरकार परिवर्तन र अन्य प्राविधिक समस्याले समयमा काम गर्न सकिएन। ‘वडाध्यक्ष चौधरी भन्छन्, ‘निस्सा वितरणको काम सकिएलगत्तै जग्गा नापजाँच सुरु गरेर लालपुर्जा वितरण गर्ने तयारी गरेका छौं।’

नगरपालिकाले केही दिनमा अरू वडामा समेत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गर्ने नगर प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए। उनले सबैभन्दा बढी समस्या वडा १ र ८ मा रहेको र त्यहाँ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी धेरै रहेको बताउँदै क्रमशः सबैलाई जग्गाको मालिक बनाइने बताए।

टीकापुर नगरपालिका १ स्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मात्रै पाँच हजारभन्दा भन्दा बढी सुकुम्वासी छन्। क्याम्पसका नाममा रहेको तीन सय बिघा जग्गा अतिक्रमण गरेर बसेका सुकुम्वासी त्यही ठाउँमा जग्गा पाउने आशामा छन् भने क्याम्पस प्रशासनले पटकपटक आफ्नो जग्गा खाली गराइदिन स्थानीय सरकारमार्फत आग्रह गर्दै आएको छ। त्यहाँ बसोवास गरिरहेका सुकुम्वासीलाई व्यवस्थापन गर्न भने चुनौती देखिन्छ।
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस