चुलाचुली (इलाम)- बहुमूल्य प्रजातिका वनपैदावर भएको दक्षिणी चुरेक्षेत्रमा तस्करको रजाईं कायमै देखिएको छ। तस्करले वन जोगाउन परिचालित सरकारी कर्मचारी र सुरक्षाकर्मीसँग 'लाइन मिलाएर' र लाइन नमिल्दा 'समूहमा भेला भएर' चुरेको वनमा रजाईं गरिरहेका हुन्। जिल्लाको सलकपुरदेखि साकफारासम्म फैलिएको चुरेक्षेत्रको वन कागजमा सुरक्षित देखिए पनि वर्षेनि मासिइरहेको प्रष्टै देखिन्छ।
चुरेको वन मासिनुमा वन कर्मचारी र सुरक्षाकर्मीकै भित्रि संलग्नता रहने स्थानीयवासीको दाबी छ। त्यसलाई पत्याउन भरखरै चुलाचुलीमा भएका दुइटा घटना काफी छन्। चुलाचुली आइपुगेको नागरिककर्मीसहितको एक टोलीलाई पेल्टिमारीस्थित प्रहरी चौकीका हवल्दार र असईले 'तपाईंहरुलाई राति यहाँ खतरा हुनसक्छ, बेलैमा अन्त गइहाल्नू' भन्दै साँझ नपर्दै तर्साउन खोजे।
रैथाने मानिससँग बुझ्दा थाहा भयो, सुरक्षाकर्मीले सञ्चारकर्मीसहितको टोलीलाई गाउँबाट पन्छाउन खोज्नु तस्करीको 'लाइन सुरक्षित गर्न' रहेछ। 'हरेक रात यहाँ साइकल, मोटरसाइकल र पिकअपमा काठ तस्करी हुन्छ' एक स्थानीय अगुवाले भने, 'चुरेक्षेत्र उजाड हुँदै जानुमा प्रहरी र वनकै कर्मचारीको मिलेमतो भएकाले त्यो कुरा नबाहिरियोस भनी पन्छाउन खोजेको हो।'
रिपोर्टिङ गर्नपुग्ने सञ्चारकर्मीलाई तस्करबाट वन मासिएको चुरे क्षेत्र पुग्नै मुस्किल छ भने तस्करी हुने बाटो आसपाससमेत यसरी तर्साइन्छ। ४० हजार जनसंख्या रहेको चुलाचुलीमा थुप्रै बेरोजगार मानिसको आम्दानी स्रोत चुरेको वनपैदावार तस्करी गर्नु हो। स्थानीय अगुवा भीम चापागाईं भन्छन्, 'पहिले तस्कर र प्रहरीकै मिलेमतोमा वन मासिन्थ्यो, अहिले प्रहरी नदेखे झै गर्छन्।'
साल जातको महँगो काठ पाइने चुरे क्षेत्रमा तस्करको सञ्जाल शक्तिशाली छ। चोरी निकासी रोक्न दुई महिनाअघि वन रक्षक र प्रहरीले १९ राउण्ड गोली चलाउनु परेको थियो। चुलाचुलीकै चाँजु दोभानबाट जेठ ३१ गते साँझ ९ वटा काठ बोकेर हिँडिरहेका तस्करलाई नियन्त्रणमा लिन हवाइफायर गर्नुपरेको थियो। घटनालाई कतिपयले 'लाइन नमिल्दा हुनपुगेको' भनेका छन्।
तस्करसँगको भिडन्त त्यतिमै सकिएको छैन। भदौ २ गते मध्यराति उस्तै घटना दोहोरियो। चुलाचुली–५ स्थित चाँजुखोलामा ६० जना हाराहारी तस्करले साइकलमा काठ तस्करी गर्न लागेको सुईंको पाएपछि त्यहाँ पुगेका सशस्त्र वन रक्षक र प्रहरीले फेरि हवाइफायर गर्नुपर्यो । ठूलो समूहमा रहेका तस्करले हूलहुज्जत गर्न खोजेपछि उनीहरुलाई भगाउन हवाइफायर गरिएको थियो।
'चोर्ने र जोगाउने भनिएकाबीच जम्काभेट हुँदा यी घटना बाहिर आए' चुलाचुलीका पूर्वअध्यक्ष ओमनारायण खनाल भन्छन्, 'यसक्षेत्रबाट दिनहुँजस्तै तस्करी भइरहेको हुन्छ तर जोगाउने निकाय थाहा नपाएझैं आँखा चिम्लेर बस्छ।' खोलाबाट बगाएर, गाडीमै हालेर र काँधमा बोकेर काठ निकासी गर्ने तस्कर सक्रिय रहेको उनको दाबी छ। चुरेको काठ रातारात झापा निकालिन्छ।
यत्तिका घटना भइरहे पनि इलामस्थित सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष धु्रब श्रेष्ठ चुरे क्षेत्रका एक सय २० वन समूहबाट काठ तस्करी नभएको दाबी गर्छन्। जिल्लाका सबै वन समूहको पुरानो कार्ययोजना सकिएको र नयाँ बन्नेक्रममा रहेको जनाउँदै उनले वनबाट सुकेका तथा हरिया रुख काट्न प्रतिबन्ध लगाइएको बताउँछन्। मिलेमतोमा तस्करी हुने स्वीकार्दैनन्।
तर, महमाई–९ स्थित मैनाचुली जंगलबाट साताअघि प्रहरीले ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ। सतासीधाम सामुदायिक वन उपभोक्ता समूहबाट निकालिएको काठ दुई ठाउँबाट बरामद भएको हो। ११ लाख रुपैयाँ मूल्य बराबरको तीन सय ५० क्युविक फुट काठ बरामद भएपछि त्यसक्षेत्रमा खैलाबैला मच्चिएको थियो। साथै, समूहको अस्थायी गोदाममा पनि ५ सय क्युविक काठ भेटिएको थियो।
माइखोलाको चेप्टी खण्डबाट बाँधेर काठ बगाउनेक्रम रोकिएको छैन। त्यसलाई झापाको सुरुङ्गामा हात पार्ने तस्कर संगठित छन्। जिर्मलेको सलकपुरदेखि साकफाराको तोरीवारीसम्म काठ तस्करी हुने दर्जनभन्दा धेरै नाका छन्। तस्करीबारे जिल्ला अदालत र वन कार्यालयमा वर्षेनि मुद्दा पर्छन्। यस वर्ष त्यहाँ ८/८ मुद्दा दर्ता भएका छन्। तस्करीमा गाउँका केही नेतासमेत छन्।
इलाममा वनले ढाकेको क्षेत्रफल सोध्दा जिल्ला वन कार्यालयले दिने तथ्यांक हो, '८० हजार ९ सय २६ हेक्टर।' यसमा सामुदायिक वनले ४८ हजार ८ सय १३ हेक्टर ढाकेको उल्लेख छ। यस्तै, दुई सय १८ वटा सामुदायिक वन छन्। 'जोगाउने' जिम्मेवारी पाएका वन कर्मचारी र उपभोक्ता समितिले 'हरियाली वर्षेनि बढिरहेको' दाबी गरे पनि चुरेक्षेत्रको वास्तविकता त्यस्तो राम्रो छैन।
'इलामको वन अहिले कतैबाट मासिएको छैन' जिल्ला वन कार्यालय प्रमुख राजेन्द्र काफ्लेले केही दिनअघि नागरिकसित भनेका थिए, 'नमासिएपछि बरु हरियाली बढिरहेको छ।' हरेक वन अधिकृतले यस्तो दाबी गरे पनि वनले ढाकेको क्षेत्र घट्नेक्रममा छ। सदरमुकामबाट उत्तरतिरका लेकाली वन हुन् या दक्षिण चुरे क्षेत्रका वन, अवैधरुपमा मासिनेक्रम जारी देखिन्छ।