वर्षाबाट किसानलाई पुगेको क्षतिको राहत माग गर्दै आइटी किसान संघर्ष समिति रौतहटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। किसानको विभिन्न समस्यालाई तत्काल समाधानको माग गर्दै किसानले समस्या समाधान नगरे आन्दोलनको चेतावनी पनि दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौँ र प्रदेश नम्बर दुईको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामलाई समेत बोधार्थ पठाइएको ज्ञापनपत्रमा बेमौसमी वर्षाले पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति दिनुपर्ने, कृषि बिमा लागू गर्नुपर्ने, अन्नदाता किसानलाई पेन्सनको व्यवस्था गरिनु पर्ने, टयाक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर्नुपर्ने, पर्याप्त एवम सहज रुपमा कृषि ऋण उपलब्ध गराउनु पर्ने, पर्याप्त मलखादको व्यवस्था गरिनुपर्ने, कृषि उपजको प्रभावकारी भण्डारण एवम बजारीकरणको व्यवस्था गरिनु पर्ने माग किसानहरुको रहेको छ।
किसानहरुले राखेको माग सरकारले पूरा नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। माग पूरा नगरे आन्दोलनको सामना गर्न तयार रहन ज्ञापनपत्रमा चेतावनी दिइएको छ। किसान मोर्चाको नाममा यसअघि पनि जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो। लगभग यही माग राखेर जिल्लाका किसानहरुले टयाक्टर जुलुस पनि प्रदर्शन गरेका थिए।
जिल्लाका नेता प्रभु साहले प्रदेश दुई केन्द्रित निरन्तर शक्ति प्रदर्शन गरिरहेका छन्। आइटी आर्मीको नामबाट नेता साहले निरन्तर सक्रियता देखाएका हुन्। बेमौसमी वर्षाले धानबालीलाई अत्यधिक क्षति पुर्याउनुका साथै देशको विभिन्न भागमा भौतिक तथा मानवीय क्षति गरेपछि आइटी आर्मी किसान संघर्ष समितिले सक्रियता देखाएको छ।
लगातार चार दिनको वर्षाले रौतहट र सर्लाहीमा पनि धानलाई ठूलो क्षति पुर्याएको छ।