बाढी पीडितलाई राहत वितरण
०६ कार्तिक २०७८
•
२ मिनेट पाठ
बाढी पीडितलाई राहत वितरण
जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट पीडित भएका मोरङको सुनवर्षी नगरपालिका स्थानीयलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको छ।




मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा नेपाल र सशस्त्र प्रहरीका प्रमुखसहित टोलीले सुनवर्षी–३, ४, ६ र ७ नम्बर वडाका पीडितलाई शुक्रबार राहत वितरण गरेका हुन्।

बेमौसमी वर्षाले आएको बाढीले क्षति पुर्याउनुका साथै घरहरु डुबानमा परेका कारण सुनवर्षीमा मात्रै ४ सय ४८ परिवार विस्थापित बनेको प्रशासन कार्यालयले जनाएको छ।

विस्थापित बनेकामध्ये अधिकांश नजिकको विद्यालयमा आश्रय लिएर बसेको प्रजिअ दाहालले बताए। उनका अनुसार कतिपय परिवारका सदस्यसहित त्रिपालमुनि बसिरहेका छन्।

विभिन्न व्यापारिक संघसंस्थासँगको समन्वयमा खाद्यान्न एवं उपभोग्य वस्तु संकलन गरेर पीडितलाई वितरण गरिएको दाहालले बताए। उनका अनुसार प्रभावितको अवस्था हेरेर प्राथमिकताका आधारमा वितरण गर्ने गरी राहत सामग्री नगर प्रमुख र वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ।  

पहिलो चरणमा बाढी पीडितका लागि १ सय ४० थान त्रिपाल, १ सय २ थान कम्बल, २ सय ५० थान म्याट्रेस, साढे ८ क्वीन्टल चामल, २ सय किलो नुन, ३ क्वीन्टल चिउरा, २० कार्टुन पानीलगायतका राहत सामग्री वितरण गरिएको जानकारी प्रजिअ दाहालले दिए।

बाढी तथा डुबानका कारण सुनवर्षीको ६ र ७ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन्। विभिन्न रोगको संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत जीवनजललगायत प्राथमिक उपचारका लागि औषधिहरु पठाइसकिएको उनले बताए। ‘बाढी पीडितलाई आवश्यक सबै खालको सहयोग गर्न निर्देशन दिइएको छ,’ प्रजिअ दाहालले भने, ‘थप सहयोग आवश्यक परेमा जिल्ला विपद् व्यवस्थापन समितिलाई खबर गर्न भनिएको छ।’

राहत वितरणमा एकद्धार प्रणाली अपनाइएको उनले बताए। प्रभावित क्षेत्रमा बाढीले पुर्याएको क्षतिको विवरण संकलनलाई तीव्र पारिएको छ। धान, तरकारीसहितका बालीनालीमा पुगेको क्षतिको विवरण संकलन कृषि कार्यालयमार्फत् थालिएको छ।

ठाउँठाउँमा तटबन्ध भत्काएर बक्राहा खोलाको बाढी गाउँमा पसेपछि घरहरु डुबानमा पर्दा स्थानीय विस्थापित बनेको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले बताए। ‘घर–घरमा लेदोसहितको बाढी पसेपछि स्थानीय विस्थापित बनेका हुन्,’ प्रमुख दासले भने, ‘घरभित्रको लेदो र हिलो नहटाएसम्म विस्थापित भएकाहरु फर्कन सक्ने अवस्था छैन।’

वर्षा रोकिएर जमेको पानी सुक्दै गएसँगै सरसफाई गर्न थालिएकाले बाढी पीडितहरु केही दिनभित्रमै आफ्नो बासस्थानमा फर्किने अवस्था बन्ने दासको भनाइ छ। विगतमा क्षति पुगेको तटबन्ध समयमै मर्मत सम्भार नगरिँदा बक्राहाको बाढी गाउँ पसेर वितण्डा मच्चाएको हो।
अर्को समाचार
बाढी पीडितलाई राहत सामाग्री वितरण जारी : प्राधिकरण
०१ भदौ २०८१
•
१ मिनेट पाठ
बाढी पीडितलाई राहत सामाग्री वितरण जारी : प्राधिकरण
सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ ।  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी0कोआर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत तारपोलिन, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, सरसफाइ किट, कपडा, स्लिपिङ ब्याग जस्ता गैरखाद्यन्न सामग्री वितरण गरिएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।




प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले मनसुनको दुई महिनामा अहिलेसम्म रेडक्रसमार्फत तारपोलिन २ हजार ५० थान , ब्ल्याङ्केट १ हजार ३० थान , म्याट्रेस ६१०, भाँडाकुँडा ५५५, झुल १५०, सरसफाई किट २२५, कपडा ३ हजार २४५ मिटर, ब्याग ५० थान वितरण भएको जानकारी दिए। यस्तै गृह मन्त्रालयबाट त्रिपाल १ हजार २० थान, टेन्ट १२० थान, ब्यांकेट ३०० थान, म्याट्रेस १०० थान र स्लिपिङ ब्याग ५० र झुल २०० थान वितरण भएको उनले बताए। उनका अनुसार माग अनुसार राहत सामग्री वितरणको काम जारी छ ।

प्राधिकरणका अनुसार मनसुनपछिको अहिलेसम्म १३ जिल्लाका विपद व्यवस्थापन कोषमा एक करोड ७६ लाख पठाइसकिएको छ । मनसुन प्रभावित परिवारका लागि तत्काल राहत स्वरुप १५ देखि २० हजार पनि सहयोग गरिएको प्राधिकरणले जानकारी दिएको छ । सङ्कटासन्न परिवारलाई मानवीय सहयोग जारी रहेको आइएफआरसीले जनाएको छ । 

प्रभावितहरुलाई स्थानीय तहलगायत संघ संस्थाको पहलमा अस्थायी आश्रयस्थलमा राखी खाद्यान्न व्यवस्थापन गरिएको छ । अहिलेसम्म यो दुई महिनामा सबै प्रकृतिका विपदमा परेर २११ ज्नाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

मनसुनी विपद्मा मात्रै परेर १७६ जनाको मृत्यु भइसकेको छ । ३ हजार बढी परिवार प्रभावित भएका छन् ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस