बेमौसमी बाढीले गर्दा डुबेर मृत्यु भएका सुनसरी भोक्राहा-नरसिंहका एक परिवारलाई गाउँपालिकाले रकम प्रदान गरेको छ। भोक्राहा-नरसिंह वडा नं. ७ का कलर मण्डलका परिवारलाई राहत तथा काजकिरिया खर्च वापतको रकम प्रदान गरिएको हो।
मृतक मण्डलका परिवारलाई गाउँपालिकाको तर्फबाट काजकिरिया खर्च वापत १५ हजार रुपैयाँ र राहत सामग्री प्रदान गरिएको हो। मृतक मण्डलका परिवारलाई आर्थिक बाहेक भुजा, पानी, चिउरालगायतका सामग्री प्रदान गरिएको कार्यबाहक अध्यक्ष पुनम मेहताले बताइन्।
इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। नगरप्रमुख द्दारिकलाल चौधरीले एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका छन्। कार्यपालिकाको बैठकले बाढीका कारण इटहरी क्षेत्रमा मृत्यु हुनेको परिवारलाई काज किरिया खर्च वापत २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ।
यसैबीच, भाटभटेनी सुपरमार्केट इटहरीका सञ्चालक मिनबहादुर गुरुङ्ले इटहरी उपमहानगरपालिकालाई बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि ११ लाख सहयोग गरेका छन्।