काठमाडौं-नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) बारे सुझाव दिन सरकारले गठन गरेको प्राविधिक टोलीका सदस्यबीच भ्याट (मूल्य अभिवृद्धि कर) छुट दिने विषयमा विवाद भएको छ।आयोजनाको प्रवर्द्धक भारतीय जिएमआर कम्पनीलाई भ्याट छुट दिने वा नदिने भन्नेमा विवाद हुँदा शनिबार नै बुझाउने भनिएको प्रतिवेदन सोमबारसम्म बुझाइएको छैन। शनिबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष सुशील कोइरालासमक्ष प्रतिवेदन बुझाउने भनिए पनि नेपाल राष्ट्र बैंकका गभर्नर र मुख्य सचिवले भ्याट छुटमा असहमति जनाउँदा काम रोकिएको बोर्डका एक उच्च अधिकारीले बताए।
‘शनिबार विवाद भएपछि आइतबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी थियो,' ती अधिकारीले भने, ‘सोमबारसम्म पनि विवाद मिलेन, गभर्नरले जनताद्वारा तिरिएको करबाट भ्याट छुट दिन नहुने भन्दै आपत्ति जनाउनु भयो।' मुख्य सचिवसमेत यस्तो सुविधा दिन नहुनेमा सहमत रहेको उनले प्रस्ट्याए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलको संयोजकत्वमा गठित प्राविधिक टोलीलाई आयोजनाबाट पर्ने असर र यसबाट हुने क्षतिबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन २१ दिनभित्र बोर्डसमक्ष पेश गर्न निर्देशन दिइएको थियो। शनिबार नै २१ दिन सकिएको छ। तर भ्याट छुटमा विवाद हुँदा प्रतिवेदन बुझाउन ढिला भएको उपाध्यक्ष पोखरेलले नागरिकलाई बताए।
आयोजना निर्माणसँग सम्बन्धित ऊर्जा, कानुन, वन, वातावरण, भूमिसुधार, गृह सिँचाइ मन्त्रालय र जल तथा ऊर्जा आयोगले राय दिइसके पनि अर्थ मन्त्रालयले अझै दिएको छैन। ‘लगानी बोर्डको १३औं बैठकले भ्याट छुट दिने निर्णय गरिसकेको छ,' उनले भने, ‘त्यसपछि अर्थ मन्त्रालयमा पुगेको हो, मन्त्रालयले लिखित राय दिएपछि प्रक्रिया अघि बढ्छ।'
उपाध्यक्ष पोखरेलसहित सम्बन्धित मन्त्रालयका सचिव, मुख्य सचिव, गर्भनर र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त सम्मिलित १३ सदस्यीय प्राविधिक टोलीमा अधिकांशले भ्याट छुट दिन नहुने धारणा राखेको बोर्ड अधिकारी बताउँछन्। अर्थ मन्त्रालयले पनि भ्याट छुट दिन उचित हुने, नहुनेबारे केही नबोलेको एक उच्च अधिकारीले नागरिकलाई बताए।
‘भ्याट छुट दिने, नदिने वा कति दिन भन्ने विषय पिडिएको छलफलमा बसेपछि मात्रै तोकिने कुरा हो,' उनले भने, ‘स्वदेशी प्रवर्द्धकले भ्याट छुट नदिँदा आयोजना महँगो भयो भन्दै आएकाले आयोजनाबाट बिजुली उत्पादन भएपछि सरकारले एकमुष्ट रकम दिने कुरा गरेको हो।' कुनै पनि व्यक्ति वा प्रवर्द्धकलाई भ्याट छुट दिन नहुने उनले बताए।
अर्थ मन्त्रालयका अनुसार भ्याट छुट दिने भनियो भने प्रवर्द्धकले भ्याट छल्ने सम्भावना हुन्छ। यसैले आयोजना निर्माण भएपछि एकमुष्ट अनुदान दिने भनिएको हो। सरकारले पनि चालू आवको बजेटमार्फत आव २०७९/०८० सम्म विद्युत उत्पादन गर्ने प्रवर्द्धकलाई प्रतिमेगावाट एकमुष्ट ५० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।
प्राविधिक टोलीबीच नै भ्याट छुटबारे विवाद भएपछि तोकिएको समयमा पिडिए नहुने सम्भावना बढेको ऊर्जा मन्त्रालयका अधिकारीले बताए। भ्याटको विषयबाहेक अधिकांश बुँदामा सहमति भएको छ। आयोजनाको तल्लो तटीय क्षेत्रमा निर्माण भइरहेका सिँचाइ आयोजनामा पर्ने असरबारे पिडिए भएको ६ महिनाभित्र पुनः वातावरणीय अध्ययन गर्नुपर्ने टोलीले निचोड निकालेको छ। तेस्रो पक्षले ६ महिनाभित्र वातावरणीय अध्ययन गर्ने र उक्त अध्ययनले गरेको सिफारिसका विषय जिएमआरले पूरा गर्नुपर्ने आयोग उपाध्यक्ष पोखरेलले बताए।
प्राविधिक टोलीले सिँचाइ आयोजनामा असर पर्न नहुने, रोजगारीको सुनिश्चितता र सरकारले कम जोखिम लिनुपर्ने विषय प्रतिवेदनमा समेटेको छ। कैलाली जिल्लामा बनिरहेका रानी जमरा, कुलरिया र बर्दियाको राजापुर सिँचाइ आयोजनामा प्रतिकूल असर नपर्ने गरी पिडिए हुनुपर्नेमा निचोड निकालिएको छ।
नेकपा–माओवादीलगायत केही राजनीतिक दलका नेताले पिडिए गर्नुपूर्व आयोजनाको पुनः अध्ययन गर्नुपर्ने बताउँदै आएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा हुने भनिएको पिडिए तल्लो तटीय क्षेत्रमा पुग्ने असर र फाइदाको विस्तृत पहिचान गर्न नसकिएपछि सम्झौता पर सारिएको थियो।
दैलेख, सुर्खेत र अछाम जिल्लाका प्रभावित क्षेत्रमा पाँच मेगावाट बिजुली निःशुल्क उपलब्ध गराउने विषयसमेत प्रतिवेदनमा समेट्नुपर्ने स्थानीय राजनीतिक दलको तर्क छ। प्रवर्द्धक जिएमआरले भने स्थानीय क्षेत्रमा विद्युतीकरण गर्न दुई मेगावाटको छुट्टै आयोजना बनाइदिने प्रतिबद्धता जनाएको छ।
सिँचाइ आयोजना माथिल्लो कर्णालीभन्दा एक सय ४० किलोमिटर तल पर्ने हुँदा यसबाट असर नपर्ने र सिँचाइका लागि पानी अभाव नहुने लगानी बोर्डका उप–सचिव खगेन्द्र रिजालले बताए। ‘सिँचाइ आयोजना बन्ने क्षेत्रभन्दा निकै माथि सुर्खेतको कुइनेमा कर्णालीमा भेरी नदी मिसिन्छ,' उनले भने, ‘यस्तै त्यसको केही तल अर्थात अछामको टुसुरामा पश्चिम सेती मिसिन्छ।'
दुई ठूला नदी कर्णालीमा मिसिने हुँदा रानी जमरा, कुलरिया र राजापुर सिँचाइ आयोजनाका लागि पर्याप्त पानी पुग्छ। माथिल्लो कर्णाली पिकिङ (तीन घन्टा पानी सञ्चित गर्न सकिने) आयोजना भएकाले एकैपटक नदीमा छोडिने पानीले पार्ने असरबारे भने छलफल भइरहेको उनको भनाइ छ। आयोजनाबाट सरकारले १२ प्रतिशत बिजुली र २७ प्रतिशत निःशुल्क सेयर पाउने समझदारी छ।