चितवन-कृषि तथा वन विश्वविद्यालयमा प्राध्यापक भर्नाले उत्पन्न विवादको असर त्रिभुवन विश्वविद्यालयको कृषि क्याम्पसमा पनि परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काललाई निर्णय स्थगित गर्न निर्देशन दिएसँगै करारमा नियुक्त गरिएका प्राध्यापकको भविष्य पनि अन्योलमा धकेलिएको छ।कृषि विश्वविद्यालय र त्रिविको कृषि र पशुविज्ञान विषय रामपुरस्थित एउटै क्याम्पस हाताभित्र पढाइ हुन्छ। विवादकै कारण अहिले दुवै विश्वविद्यालयका परीक्षा स्थगित हुन पुगेका छन्। त्रिविअन्तर्गत भदौ ४ मा सुरु भेटेरिनरी स्नातक तहको पाँचौं सेमेस्टर र भदौ १० बाट सुरु हुने कृषि स्नातकको पाँचौं सेमेस्टर परीक्षा स्थगित भएका हुन्। डिन कार्यालयको आदेशमा परीक्षा सुपरिटेन्डेन्टले भदौ ८ गते परीक्षा स्थगित गरेका थिए।
कृषि विश्वविद्यालयअन्तर्गत कृषि, भेटेरिनरी र वन विज्ञान स्नातक तह तेस्रो सत्रका परीक्षा पनि स्थगित भएका छन्। भदौ २ बाट सुरु हुनुपर्ने परीक्षा स्थगित हुँदा विद्यार्थी चिन्तित छन्। वन विभागको परीक्षा भने भदौ १५ देखि हुने विश्वविद्यालयको सूचनामा उल्लेख छ।
कृषि विश्वविद्यालय कार्यकारिणी परिषद्ले असार ९ मा उपप्राध्यापक भर्नाको निर्णय गरेको थियो। निर्णय सार्वजनिकपछि प्राध्यापकले डिन कार्यालयमा असार १५ मा तालाबन्दी गरेका थिए। तालाबन्दीकै अवस्थामा साउन ९ गते कार्यालयले पदपूर्ति विज्ञापन निकालेर साउन १९ मा नियुक्ति दिइसकेको छ। नियुक्तिविरुद्ध माओवादीसम्बद्ध प्राध्यापक र कर्मचारी तालाबन्दी र धर्नामा उत्रेका हुन्।
यससम्बन्धी उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन २० गते नियुक्ति स्थगन गर्न विश्वविद्यालयलाई पत्र काटेको थियो। ‘अख्तियारले पत्र काट्नुअघि नै हामीले उपप्राध्यापकलाई नियुक्ति दिइसकेका छौं,' कृषि संकाय डिन डिल्लीराम बरालले भने।
तालाबन्दी त्रिविअन्तर्गतको क्याम्पसमा पनि सरेको छ। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले भदौ ८ मा तालाबन्दी गरेको हो। अनेरास्ववियुद्वारा जारी विज्ञप्तिमा प्राज्ञिक वातावरण नहुँदासम्म कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका सम्पूर्ण कार्यक्रम बन्द हुने उल्लेख छ।
भदौ ९ गते त्रिविअन्तर्गतको ताला अनेरास्ववियुले खोलेको थियो। कृषि विश्वविद्यालयअन्तर्गत डिन कार्यालयको ताला पनि अन्य विद्यार्थीले फोडेका थिए। तर, फोडेको १५ मिनेटपछि नै फेरि तालाबन्दी र धर्ना जारी छ। ‘अख्तियारले आदेश गर्ला। हामीले पनि छलफल र वार्ता सुरु गरेका छौं। समस्या चाँडै समाधान हुनेछ,' कृषि संकायका डिन बरालले भने।