पहिरोबाट मृत्यु भएका परिवारलाई राहत
०९ कार्तिक २०७८
•
१ मिनेट पाठ
पहिरोबाट मृत्यु भएका परिवारलाई राहत
शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहत वितरण गरेको छ। गाउँपालिका ६ बसेडीमा कार्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई नगद राहत वितरण गरेको अध्यक्ष कर्णसिंह साउँदले बताए।




भानु पार्की, देवन पार्की र पवित्रा पार्कीको परिवारलाई ५० हजारका दरले नगद १ लाख ५० हजार रुपैयाँको चेक राहत स्वरुप उपलब्ध गराइएको हो। गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरे बमोजिम राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

पीडित परिवारको घरम पुगेर राहत वितरण गरिएको हो। पीडित परिवारलाई पालिकाका तर्फबाट खाद्यान्न सामग्री वितरण गरिएको थियो। यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले पनि पहिरोबाट मृत्यु भएका परिवारलाई राहत वितरण गरेको थियो। 

निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती नेतृत्वको टोली पीडितको घरमै पुगेर १ लाख २० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराएको थियो। संघीय सरकारले दिने राहत रकमबाट उनीहरुलाई किरिया खर्च उपलब्ध गराइएको हो।

पहिरोले घर लगेपछि अहिले पीडित परिवारको आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। उनीहरुको उचित बसोबासका लागि गाउँपालिकाले पहल गर्ने अध्यक्ष साउँदले बताए। बेमौसमी बर्षाले जिल्लाका विभिन्न ठाउँमा धनजनको क्षति भएको छ। 

४ जनाको मृत्यु, २ जना घाइते र एक जना बेपत्ता भएका छन् भने ९ घर पूर्ण क्षति र १३ घरमा आशिंक क्षति ३१ पशुचौपायाको मृत्यु भएको प्रहरीकोे तथ्यांकले देखाएको छ। यस्तै २ हजार ७ सय हेक्टर धानबाली र अन्य अन्नबाली नष्ट गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
अर्को समाचार
लुम्बिनी प्रदेश: कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत
१७ भदौ २०७८
•
२ मिनेट पाठ
लुम्बिनी प्रदेश: कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत
कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु भएको परिवारलाई राहतस्वरुप दिने भनिएको रकम लुम्बिनी प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उक्त राहत रकम पठाएको हो।




कोरोना भाइरसका कारण लुम्बिनीमा दुई हजार एक सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले चार सय १३ जनालाई राहत वितरणका लागि प्रतिमृतक एक लाख रुपैयाँका दरले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी तथा आयुर्वेद चिकित्सक डा.पुष्पराज पौडेलले जानकारी दिए। उनका अनुसार कोरोना भाइरसको पहिलो लहर (२०७८ फागुन मसान्तसम्म) चार सय ५ जनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा एक हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ।

एक हजार एक सय ५३ जना मृतकको रकम प्रदान गर्न कोभिड–१९ उपचार तथा नियन्त्रण कोषबाट निर्णय भइ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निकासा गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी पौडेले जानकारी दिए। अन्यको हकमा भने जिल्लाबाट लगत संकलन भइरेको प्रदेश सरकारले जनाएको छ।

कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाई जीवीकोपार्जन गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेश सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो। दोस्रो लहरको कोरोना भाइरसका कारण भारतीय सीमा नाकासँग जोडिएको लुम्बिनी बढी प्रभावित भएको थियो। सरकारले फितलो व्यवस्थापन गर्नु, नागरिकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नगर्दा कोरोना भाइरस तिव्ररुपमा फैलिएको थियो।

२०७७ वैशाख १ गतेदेखि अर्घाँखाँचीमा १२, बाँकेमा ६०, बर्दियामा २२, दाङमा ५०, गुल्मीमा १२, कपिलवस्तुमा ३१, नवलपरासी पश्चिममा ३४, पाल्पामा ३७, प्युठानमा आठ, रोल्पामा चार, रुपन्देहीमा एक सय ४३ जना कोरोना भाइरसबाट मृत्यु भएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको छ। वैशाखयता थप कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यसका लागि तथ्यांक संकलन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पहिलो लहरमा मृत्यु भएका परिवारका लागि राहत रकम जिल्लामा आएको र सोहीअनुसार वितरण कार्य भइरहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जनाए। ‘सम्बन्धित स्थानीय तहको सिफारिस र हकवाला आएमा राहत रकम वितरण गरिरहेका छौं,’ उनले भने, ‘अधिकांशले लिइसक्नु भएको छ।’ बाँकेमा पनि पहिलो चरणका अधिकांशलाई राहतस्वरूपको रकम वितरण गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। 

‘पहिलो लहरका थोरै व्यक्तिको नाम छुटेको थियो,’ उनले भने, ‘नाम संकलन गरेर जिल्लाबाट सिफारिस पठाएका छौं।’ बाँकेमा पहिलोभन्दा दोस्रो लहरमा धेरै नागरिकको मृत्यु भएको भन्दै उनले भने, ‘दोस्रो चरणबाट मृत्यु भएकाहरुको रकम आइपुगेको छैन।’ लुम्बिनीका अन्य जिल्लामा पनि उक्त राहत रकम वितरण भइरहेको छ। 
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस