काठमाडौं-एनेकपा माओवादीको विरोध पछि संसद बैठक अवरुद्द भएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ४ बुँदे सहमति कार्यान्वयनमा सरकारले तत्परता नदेखाएको लगायतका विषय संसदमा उठाउँदै बैठक चल्न नसक्ने बताए।
सत्ता पक्षका दलहरुनै २१ गते भित्र सहमति जुट्न नसक्ने भन्दै हिंड्नुले शंका उब्जाएको दाहालले बताए। उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न उनले जोड दिए। दाहालले सरकार एकलौटीरुपमा चल्न थालेको भन्दै त्यसको विरोध गरे।
एमाओवादीको अवरोध पछि संसद बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ।