काठमाडौं– सरकारले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिमा सुनितासिंह ठकुरी, विजयकुमार सिंह दनुवार, फुर्बा तामाङ र नागेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ। असार २ मा गठित समितिलाई शुक्रबार मन्त्रिपरिषद बैठकले पूर्णता दिएको हो।समितिलाई चुरे संरक्षण गुरुयोजना, रणनीति र नीति–कार्यक्रम निर्माण, उपल्लो र तल्लो तटीय क्षेत्रको संरक्षण, व्यवस्थापनलगायत जिम्मेवारी दिइएको छ।
यहीबेला समितिले चुरे क्षेत्रका जोखिमयुक्त र अति संवेदनशील क्षेत्र पहिचान गरी संरक्षण योजना तर्जुमा गर्न 'पहिरो अनुसन्धान तथा प्रविधि विकास केन्द्र' स्थापना गर्ने अवधारणा अघि सारेको छ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा केन्द्र स्थापनाका लागि भूगर्भविद, पहिरोविज्ञ तथा सरोकारवालाबीच अवधारणापत्र प्रस्तुत गरेको हो।
समितिका अध्यक्ष एवं अर्थविद रामेश्वर खनालले पहिरो चुरेको प्रमुख समस्या रहेकाले यसको अनुसन्धानका लागि केन्द्र स्थापना तयारी गरिएको जानकारी दिए। 'चुरेका पहिरो अनुसन्धानबाट आएको निष्कर्ष र त्यसअनुकूल विकास गरिएका प्रविधि तत्काल स्थानीय तहमा प्रयोग गरिनेछ,' खनालले भने, 'अहिले चुरेमा अथाह पहिरो छन्, त्यसको रोकथाम गर्न सबैभन्दा पहिले अध्ययन हुनु जरुरी छ।'
केन्द्रको आवश्यकता औंल्याउँदै खनालले पहिरो र भूक्षयबाट आउने ढुंगागिट्टी, बालुवा, माटोलगायत स्रोतका कारण उर्वरा जमिन बर्सेनि विनाश भइरहेको, नदीको सतह फराकिलो हुँदै गएको र डुबानका समस्या बढेको बताए। 'यी सबै समस्याको जड पहिरो नै हो। त्यसलाई आधुनिक र स्थानीय प्रविधि प्रयोगले नियन्त्रण गर्न सके हदसम्म समाधान हुने हाम्रो ठहर छ,' उनले भने।
समितिले आफ्नो गठन आदेशको दफा ५ को खण्ड (ग) अनुसार अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो। यसमा जोखिमयुक्त र अति संवेदनशील क्षेत्र पहिचान गरी संरक्षणका योजनाहरु बनाउने र सोको कार्यान्वयन गर्ने र गराउने व्यवस्था छ।
खनालले पहिरोले तराई–मधेस र पहाडलाई जोड्न (उत्तर–दक्षिण) चुरे हुँदै बनाइएका २६ वटा सक्रिय सडकमा कुनै न कुनै खण्डमा बर्सेनि पहिरो जाने गरेको र त्यसले लामो समयसम्म सडक अवरुद्ध हु“दा देशकै आर्थिक गतिविधिमा प्रभाव पारिरहेको जानकारी दिए। 'यी सडक आर्थिक सञ्जालका अत्यावश्यक पूर्वाधार हुन्, अवरुद्ध हु“दा आर्थिक क्षेत्र नै प्रभावित भइरहेको छ,' उनले भने, 'त्यसैले सबैभन्दा पहिले पहिरो अनुसन्धानमा हामीले जोड दिएका हौं।'
खनालले यस्तो केन्द्रले चुरेका पहिरोको मात्र अनुसन्धान गर्ने र चुरे संरक्षणका लागि प्रभावकारी योजना बनाउन अन्य मुद्दा अध्ययन/अनुसन्धानका लागि आवश्यकताअनुसार थप केन्द्र स्थापना गर्ने जानकारी दिए। 'हामीले अहिलेसम्म पहिले जनताका कुरा सुन्यौं, त्यसपछि विकास गर्यौं र प्राविधिकको कुरा अन्तिममा सुन्यौं जुन गलत थियो। अब जनताका कुरा सुनेपछि प्राविधिकको कुरा सुन्ने र त्यसअनुसार विकास गर्ने पद्धति अंगीकार गर्नुपर्छ,' उनले भने।
प्रेम पौडेलले प्रस्तुत गरेको अनुसन्धान केन्द्रको अवधारणापत्रमा टिप्पणी गर्दै भूगर्भविद विशालनाथ उप्रेतीले भने, 'अहिले नै सरकारका तीन निकायले यसमा काम गरिरहेका छन्। यति हु“दाहुँदै थप अर्को संस्था जन्माएर राज्यलाई भार पार्ने काम नहोस्।' उनले पहिरोको मात्र अनुसन्धान गर्ने हो भने सामान्य संस्था वा परियोजनाका रुपमा काम गर्न सुझाव दिए।
अहिले भू तथा जलाधार संरक्षण र खानी तगा भू–गर्भ विभाग र जलउत्पन्न प्रकोप नियन्त्रण विभागले पहिरो अनुसन्धान कार्य गरिरहेका छन्। 'धेरै विषयलाई एकै ठा“उमा राख्दा अनुसन्धान र त्यसबाट विकास भएको प्रविधि कार्यान्वयनमा जटिलता आउने भएकाले एउटा विषयमा मात्र केन्द्रित भएका हौं,' अवधारणापत्र प्रस्तोता पौडेलले उप्रेतीको जिज्ञासामा भने। उनले पहिरोको अनुसन्धानमा आवश्यक पुराना अध्ययन, तथ्यांक र विवरण यस क्षेत्रमा कार्यरत अन्य निकायबाट लिइने जानकारी दिए।
प्राध्यापक मेघराज धितालले स्पष्ट उद्देश्य तय गरेर मात्र अगाडि बढ्न सुझाव दिए। 'टार्गेटसहितको उद्देश्य राखेर मात्र केन्द्र स्थापना गर्नुपर्छ,' उनले भने।
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले प्रस्तावित केन्द्रको कार्यक्षेत्र सा“घुरो भएको उल्लेख गर्दै भने, 'पहिरो र भू–क्षयका जोखिम क्षेत्रहरुको नक्सांकन गर्नुपर्छ।' उनका अनुसार चुरे क्षेत्र भारतीय र तिब्बत प्लेटको मिलनबिन्दु हो। त्यसैले भूकम्पको जोखिम पनि त्यत्तिकै छ। र, त्यसले पहिरो र भू–क्षय ल्याउने सम्भावना त्यत्तिकै हुन्छ।' पहिरोविज्ञ रञ्जनकुमार दाहालले पहिरो अनुसन्धान केन्द्र स्थापना आवश्यक रहेको बताए।