चितवन- धानखेतमा गम्बारो रोगको विषादी छर्दै गर्दा बेहोस भएका एक किसानको चार दिनपछि होस खुलेको छ। उनको अहिले पनि चितवन मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ। विषादीको घातक असरले उनी बिरामी भएको चिकित्सकले बताएका छन्।
'हामीले विषादीको डब्बा नै मगाएर हेर्यौछ, निकै कडा खालको थियो। ल्याउन अलिकति ढिला भएको भए ज्यानै जान सक्थ्यो,' अस्पतालका निर्देशक डा.दयाराम लम्सालले भने, 'त्यसमा अर्ग्यानो फस्फोरस पाइएको छ।
खैरहनी नगरपालिका–५ बुढौलीका दीपक सापकोटा भदौ ६ गते विषादी छर्दै गर्दा खेतमै ढलेका थिए।
'लारा' नामको विषादी खेतमा छरेको दीपककी पत्नी लक्ष्मीले जानकारी दिइन्।
'अर्ग्यानो फसफोरस नेपालमा प्रतिबन्धित विषादी हो,' जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले भने, 'उनले दिउँसो विषादी छरेका रहेछन्, यो उपयुक्त समय होइन। सबैखाले विषादी साँझ ४ बजेपछि छर्नु ठीक हुन्छ।' टोपी, मास्क र बाहुलावाला कपडा लगाए पनि खुट्टा खाली नै रहेकाले त्यहीँबाट विषादी सापकोटाको शरीरमा पसेको हुन सक्ने अधिकारीले बताए।
जिल्ला आइपिएक कृषक संघका अध्यक्ष धर्मराज कँडेल विषादी छर्दै गर्दा सोही दिन कुमरोजमा दुई जना र खैरहनीकै सुर्तनी गाउँमा चार जना बेहोस भएको बताउँछन्। त्यस्तै साउन १७ गते बुढौली गाउँकै गणेश गजुरेल पनि खेतमा विषादी छर्दै गर्दा बेहोस भएका थिए। बजारमा रहेका विषादीबारे सरकारी निकायले अनुगमन नगर्नु र बिक्रेताले पनि छर्ने उपयुक्त समय र विधिबारे जानकारी नगराउँदा प्रयोगकर्ता जोखिममा पर्ने कँडेलको दाबी छ। 'सामान्य ज्ञान पनि नभएकाले विषादी बेच्न प्रतिबन्ध लगाउनुपर्छ,' उनले भने।