काठमाडौं- वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको समस्या हो, शौचालय। त्यहाँ पर्यटक शौचालय नभएको भने होइन। तर कहाँनेर छ, कुनै संकेत छैन। पर्यटकलाई पत्ता लगाउनै गाह्रो।सहरको अत्यावश्यक पक्ष 'सहरी संकेत' नराखिँदा महानगरपालिकाको हनुमानढोका कार्यालयसँगै रहेको शौचालय कसैले देख्दैनन्। 'पर्यटकलाई सबैभन्दा ठूलो समस्या शौचालयकै हो,' जैसीदेवलका टुरिस्ट गाइड दिलिप विष्टले भने, 'पर्यटकलाई नसोधी चिन्ने कुनै संकेत कतै राखिएको छैन।' शौचालयको भित्तामा अंग्रेजी साना अक्षरमा 'टुरिस्ट ट्वाइलेट' लेखिएको छ। 'हनुमानढोका क्षेत्र घुम्दा उनीहरुलाई शौचालय नभएजस्तो लाग्छ, अनि हामीसँग सोध्छन्,' उनले अनुभव सुनाए, 'आफैंले भेट्ने कुनै संकेत चिह्नको व्यवस्था भए राम्रो हुन्थ्यो।'
उनका अनुसार दरबार क्षेत्रमा ट्याक्सी पार्किङ, फोहर फाल्ने भाँडो पर्यटकले बुझ्ने भाषामा उपलब्ध छैन। क्युरियो पसलहरु कता राख्ने? सवारीसाधन कता व्यवस्थापन गर्ने? हुकरहरु कहाँ बस्ने? खानेपानीको व्यवस्था कहाँ गर्ने जस्ता प्रश्नको उत्तर पनि नसोधी पाउन सकिँदैन। विष्टले टुरिस्टलाई मन्दिरको नामसमेत उल्लेख नहुँदा समस्या पर्ने गरेको बताए। आफू अन्य पर्यटकीय क्षेत्रमा समेत पर्यटक घुमाउन लैजाँदा यस्तै समस्या बेहोरेको उनले सुनाए।
काठमाडौंका अधिकांश सडकसमेत संकेतविहीन छन्। पर्याप्त मात्रामा संकेत उपलब्ध नहुँदा सडक पार गर्नेदेखि सवारी मोड्ने क्षेत्रबारे अन्योल छ। संकेतका हिसाबले संवेदनशील क्षेत्र सडकमा राम्रो प्रयोग नभए ज्यानै जान सक्ने जानकार बताउँछन्।
'सडकमा कहाँ उकालो छ, कहाँ ओरालो, बाटो काट्ने, सवारी मोडनेलगायत समस्या समाधान गर्ने संकेतको आश्यकता छ,' ट्राफिक इन्जिनियर आशिष गजुरेलले भने, 'विदेशतिर घाम लाग्दा र पानी पर्दा सडकमा कस्तो गति राख्ने भन्नेसमेत डिजिटल बोर्डमा लेखिएको हुन्छ।'
राजमार्गमा संकेत बोर्ड झन् आवश्यक रहेको उनको भनाइ छ। स्कुल, अस्पतालजस्ता संवेदनशील क्षेत्रमा 'हर्न निषेध' भनेर लेखिएको पाइन्छ। तर कतिपय क्षेत्रमा लागू नभएको उनको भनाइ छ। उनका अनुसार संकेत बोर्डले सडक प्रयोग गर्ने सवारीचालक र पैदलयात्रीलाई सजिलो, नियम लागू गर्न सहज र सुरक्षित हुन्छ।
यसबाहेक पार्किङ, बस रोक्ने र यात्रु चढाउने क्षेत्र पनि सांकेतिक रुपमा लागू गराउन जरुरी भइसकेको उनी बताउँछन्। 'तीनकुने–भक्तपुर सडकमा पर्याप्त मात्रामा यस्ता संकेत प्रयोग गर्नुपर्छ,' उनले भने, 'किनकि ठूलो सडकमा उकालोओरालो भएकाले विपरीत दिशाबाट आएको सवारी देख्न गाह्रो पर्छ। त्यही कारण दुर्घटना हुन सक्छ।' गजुरेलको अनुभवमा विदेशीहरु आफ्नो देशमा संकेतमा हिँड्ने भएकाले काठमाडौंको सडक प्रयोग गर्न र सवारी हाँक्न निकै डराउँछन्।
राजधानीका ठूला सडक हुन् वा पर्यटकीय स्थल, संकेतको अभाव झेलिरहेका छन्। कतिपय भएकैको पालना हुन नसक्दा समस्या उस्तै देखिन्छ। स्थान पहिचान गर्न गाह्रो हुनाका साथै शौचालय, खानेपानी, अस्पताल, स्कुल, पार्किङ, संग्रहालय जस्ता क्षेत्रमा पुग्न गाह्रो हुन्छ। सहरी संकेत उचित स्थानमा राख्न सडक विभाग, काठमाडौं महानगरपलिका, ट्राफिक प्रहरीले भूमिका खेले पनि कतिपय चाँडै मेटिने, भएका बोर्ड वा चिह्न आकर्षक नभएको ट्राफिक इन्जिनियर गजुरेल स्विकार्छन्।
यसबाहेक निजी व्यवसायी वा अन्य कार्यालयले बनाउने बोर्डले समेत भएका संकेत चिह्न छेकिएका छन्। काठमाडौं महानगरपालिका प्रवक्ता शान्तराम पोखरेल भएका संकेत बोर्ड कसले बनाउने भन्ने नै अन्योल रहेको बताउँछन्। 'यस्ता संकेत ठ्याक्कै कसले बनाउने भन्ने टुंगो छैन। ट्राफिक र सडक विभागले पनि सडकमा निर्माण गरिरहेका छन्,' उनले भने, 'हामीले पनि भित्री सडकमा बनाइरहेका छौं।'
संकेत राख्नेबारे सरकारी निकायमै अन्योल रहेको पूर्वसचिव किशोर थापाले बताए। 'संकेत भनेका सहरको अत्यावश्यक क्षेत्रमा पर्छ,' उनले भने, 'सहरबारे बयान गर्न संकेतले राम्रो भूमिका खेल्छ तर यसबारे सरकारी नीति प्रस्छ छैन,' उनले भने।
उनका अनुसार नागरिकलाई सूचना दिने, गर्न हुने/नहुने कुराबारे जानकारी दिन र चेतनामूलक सन्देश दिनका लागि सहरी संकेतको आवश्यकता पर्छ। 'अहिलेको जमाना साइनबोर्डको छ, साइनबोर्ड कहाँ राख्ने र झुन्ड्याउने समस्या समाधान हुन जरुरी छ,' उनले भने, 'यसले विकृति ल्याइदिने गरेको छ। भएका सहरी संकेत पनि साइनबोर्डले ढाकिने समस्या अत्यधिक छ।'
संकेतको व्यवस्था गरेपछि सहरवासीमा प्रयोगको बानी पर्ने उनले बताए। 'सार्वजनिक स्थलमा अश्लील चित्र कोरिदिने, सडकका खम्बामा राखिएका संकेतबोर्ड जथाभावी घुमाइदिनेजस्ता प्रवृत्ति छ,' उनले भने, 'त्यसैले संकेत राखेर उद्देश्य पूरा भएन भने सहर कुरुप हुन्छ।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तो आगमन, प्रस्थान, ट्याक्सी पाइने क्षेत्र, शौचालयलगायत संकेत चिह्न सहरका हरेक क्षेत्रमा चाहिने थापाले जानकारी दिए। सडक प्रयोग पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने उनी बताउँछन्।
मन्त्रालयले यससम्बन्धी निर्देशिका बनाउने सोच बढाइरहेको प्रवक्ता सुरेश अचार्यले बताए। उनका अनुसार सहरी संकेत कहाँ राख्ने, कस्तो राख्ने, कसरी राख्नेलगायत समेटेर मन्त्रालय निर्देशिका बनाउने चरणमा छ। 'सहरी संकेतको अभाव अहिलेको समस्यामध्ये एक हो,' उनले भने, 'सहरी ठेगाना प्रणालीका रुपमा यसलाई निर्देशिकामा समेट्ने प्रयास हामीले गरिरहेका छौं।'