काठमाडौं- मेडिकल विद्यार्थीको भर्ना सिट तोक्ने विषयमा विश्वविद्यालय र मेडिकल काउन्सिलबीच अधिकार क्षेत्रको मुद्दा अदालतमा विचाराधीन रहेकै बेला कलेजहरुले दुवै निकायको निर्देशनविपरीत धमाधम भर्ना खोलेका छन्।
मेडिकल कलेजलाई सम्बन्धन दिएका विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलले पूर्वाधार नपुगेको भन्दै सिट संख्या घटाएका मेडिकल कलेजहरुले अघिल्लो वर्षकै सिट संख्याअनुसार भर्ना लिइरहेका छन्। कतिपय कलेजले स्नातकोत्तर तहमा पठनपाठन नै सुरु गरिसकेका छन्।
काउन्सिलले पूर्वाधार नपुगेको भन्दै जेठ पहिलो साता मेडिकल शिक्षा अध्यापन गराउँदै आएका त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका सात मेडिकल कलेजका झन्डै ७० प्रतिशत सिट संख्या कटौती गरेको थियो।
पुरानै सिट संख्याअनुसार धमाधम भर्ना लिइरहेका कलेजमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, विराटनगरस्थित नोबल मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेज र काठमाडौं नयाँबजारस्थित पिपल्स डेन्टल कलेज छन्।
मेडिकल कलेजको भौतिक पूर्वाधार वार्षिक अनुगमन विश्वविद्यालय र काउन्सिल दुवैले गर्ने प्रावधान छ। सुरुमा विश्वविद्यालयले अनुगमन गरेर भौतिक तथा प्राज्ञिक पूर्वाधारअनुसार सिट तोक्न काउन्सिलमा सिफारिस गर्छ। काउन्सिलले पनि आफ्नो अनुगमन प्रनिवेदनका आधारमा अन्तिम सिट संख्या तोक्ने प्रावधान छ। मेडिकल कलेजको सिट संख्या काउन्सिलले निर्धारण गर्ने संसारभर प्रचलित व्यवस्था हो।
त्रिविअन्तर्गतको युनिभर्सलले गत वर्ष ४२ सिट पाएकोमा यस वर्ष १२ सिट मात्र पाएको छ। अघिल्लो वर्ष ५२ सिट पाएको नेसनल र १२ सिट पाएको पिपल्स डेन्टललाई यसपटक एक सिट पनि नदिने निर्णय भएको थियो।
काउन्सिलले केयुअन्तर्गतका नेपाल मेडिकल कलेजलाई ५० बाट घटाएर २२, काठमाडौं मेडिकल कलेजलाई ३३ बाट घटाएर २०, नेपालगन्ज मेडिकल कलेजलाई २८ बाट घटाएर २२ तथा नोबल मेडिकल कलेजलाई ४८ सिटबाट घटाएर जम्मा ६ सिट मात्रै दिने निर्णय गरेको थियो।
काउन्सिल निर्णयप्रति असहमति जनाउँदै नोबेल, नेसनल, युर्निभर्सल र पिपल्स अदालत गएका थिए भने अन्य कलेजले काउन्सिल निर्णयको समर्थन गरेका थिए।
सर्वाेच्च अदालतले युनिभर्सलको सम्बन्धनमा पुरानै सिट संख्यामा भर्ना लिन दिनू भन्ने अन्तरिम आदेश दिएको थियो। त्यही आधारमा त्रिविअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले युनिभर्सलको मात्रै भर्ना खुला गरिदिएको जनाएको छ। तर काउन्सिलले भने सूचना जारी गरी 'आदलतमा मुद्दा विचाराधीन रहेकाको साबिकबमोजिम सिटमा भर्नाका लागि स्वीकृति दिनू भन्ने काउन्सिलका नाममा कुनै आदेश जारी नभएको' दाबी गरेको छ।
आइओएमले युनिभर्सलको भर्ना खुला गरे पनि अन्य कलेजका मुद्दामा सिट कटौती निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश आएको तर मुद्दा अन्तिम किनारा नलागेकाले पुरानो सिटमा भर्ना खोल्न नसक्ने भन्दै विश्वविद्यालयले भर्ना खोलेका छैनन्। अदालत गएका कलेजमध्ये नोबलको अन्तिम पेसी भदौ ३१ र अन्य कलेजको असोजमा तोकिएको छ।
केयुले सूचना नै जारी गरी भर्ना नगर्न निर्देशन दिए पनि नोबलले रोकेको छैन। नोबलले पहिलोपटक साउन २९ गते सार्वजनिक सूचना जारी गरी साउन २० गते सर्वोच्चको 'पठनपाठन अवरोध नगर्नू–नगराउनू' भनी दिएको आदेशलाई उद्धृत गर्दै भर्ना आह्वान गरेको थियो। त्यसयता काउन्सिल र केयु दुवैले सूचनामार्फत भर्ना प्रक्रियालाई अवैध घोषित गरिसकेका छन्।
आइओएमअन्तर्गतको वीरगन्जको नेसनल मेडिकल र नयाँबजारको पिपल्सले विश्वविद्यालयले खुला नगरे पनि भर्ना जारी राखेका छन्। दुवै कलेजका कार्यालयमा फोन सम्पर्क गर्दा कर्मचारीले भर्ना भइरहेको र केही सिट बाँकी रहेको भन्दै अन्य जानकारीका लागि कलेजमै सम्पर्क राख्नुपर्ने बताए।
आइओएमका डिन डा. राकेश श्रीवास्तवले पिपल्स र नेसनलले भर्ना लिइरहेको सुन्नमा आए पनि त्यो अवैध हुने बताए। 'हामीले अनलाइनमा नखोल्दासम्म भर्ना हुन्न, दुवै कलेजलाई हामीले खुला गरेका छैनौं,' उनले भने, 'त्यस्तो भए विद्यार्थीले पनि भर्ना अवैध हुने बुझ्नुपर्छ।' युर्निसल कलेजका लागि मात्र अदालतको आदेशअनुसार 'अनलाइन भर्ना' खुला गरिदिएको उनले जानकारी दिए।
उच्चस्रोतका अनुसार ती कलेजले युनिभर्सलकै फैसलाको नजिरमा अन्तिम फैसला आउने दाबी गर्दै भर्ना लिइरहेका छन्। नोबलका सन्दर्भमा भने केयुले सूचना नै निकालेर अवैध घोषणा गरेपछि सुरुमा भर्नाका लागि 'एडभान्स' दिएकाले फिर्ता माग्न थालेका छन्। त्रिविअन्तर्गतका कलेजबारे आइओएमले केही नबोलेकाले विद्यार्थी लाखौं शुल्क बुझाएर भर्ना भइरहेका छन्।
काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेलले काउन्सिल आफ्नो गरिमा बचाउन कानुनी बाटोमा जाने बताए। काउन्सिलले पूर्वाधार र क्षमताकै आधारमा सिट तोकेको र निर्णयविरुद्ध गरिएका भर्ना प्रक्रियाको जिम्मेवार कलेज र विद्यार्थी स्वयं हुने बताए।
काउन्सिलले अघिल्ला वर्षमा जथाभाबी सिट तोक्ने गरेको र पूर्वाधार नपुगेका कलेजलाई धेरै सिट तोकेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विनापूर्वाधार कुनै सिट नदिन गत वैशाखमा काउन्सिललाई निर्देशन दिएको थियो। त्यसलगत्तै जेठमा काउन्सिलले चिकित्साशास्त्र पढाइ हुने दुवै विश्वविद्यालय मातहतका कलेजमा सिट संख्या घटाउने निर्णय गरेको थियो।