काठमाडौं-प्रहरीको बढुवा सिफारिस समितिले प्रशासनतर्फको रिक्त १३ डिआइजीका लागि १३ एसएसपीको नाम सिफारिस गरेको छ। आइतबार मध्यरात समितिले रिक्त पदमा बढुवाका लागि सिफारिस भएकाहरुको नाम बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको हो।प्राविधिकतिर डिआइजीको २ पद रिक्त भए पनि समितिले जनपदतर्फको रिक्त पदमा मात्र बढुवाको सिफारिस गरेको छ। समितिले नेपाल प्रहरीमा हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँगै प्रहरीमा प्रवेश गरेका २०४३ ब्याचका ३ र ०४४ का १० जनाको नाम डिआइजीका लागि सिफारिस गरेको हो।
सिफारिसमा परेका रामकुमार खनाल, मनोहरप्रसाद रिमाल र पूर्णसिंह खड्का ४३ सालका ब्याजी हुन्। पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, माधव जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पञ्कज श्रेष्ठ र माधव नेपाल ४४ का ब्याजी हुन्।
सिफारिस समितिको सूचीअनुसार बढुवा सिफारिस भएकामध्ये खनालले १ सय पूर्णांकमा सबैभन्दा धेरै ७७.६ नम्बर पाएका छन्। दोस्रोमा रहेका रिमालले ७७.४ र तेस्रोमा सिफारिस भएका खड्काले ७७.२ नम्बर पाएका छन्। क्रमशः उपाध्याय ७६.९, सुवेदी ७६.७, कायस्थ ७६.६, पुडासैनी ७६.६, जोशी ७६.२, घिमिरे ७६.१, बम ७६, लामा ७५.८, श्रेष्ठ ७५.६ र नेपालले ७४.१ नम्बर पाएका छन्।
यसअगाडिको बढुवामा ट्र्याक रेकर्ड खराब रहेको भन्दै खनाल, रिमाल र खड्काको साटो ४४ ब्याचका नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीको बढुवा भएको थियो।
यस पटकको सिफारिसमा खनाल, रिमाल र खड्का परे पनि सोही ब्याचका रविप्रताप राणा र ज्ञानोदराज वैद्य सिफारिसमा परेनन्। एसएसपीको वरियतामा राणा पहिलो नम्बरमा थिए भने वैद्य ५ औं नम्बरमा। २०६५ मा एसएसपी भएकाले उनीहरुको पदावधि एक वर्ष मात्र बाँकी छ। ४४ को ब्याचका रणबहादुर चन्द, हेमन्त पाल, घनानन्द भट्ट, गोविन्दप्रसाद निरौला र सोमेन्द्रसिंह देउजा लगायत सिफारिसमा परेनन्।
प्रहरी नियमावलीमा बढुवा सिफारिस चित्त नबुझे पुनरावलोकन समितिमा उजुरी गर्न सकिने प्रावधान छ। लोकसेवा आयोगको अध्यक्ष, मुख्य सचिव र कानुन सचिव रहेको पुनरावलोकन समितिले एआइजीमा भएको बढुवा सिफारिसको सूची हेरफेर गरेपछि सरकारले नियमावली संशोधन गर्दै बढुवा समितिको नम्बरको औचित्य हेर्न सक्ने अधिकार खोसिसकेको छ।
दुवै समितिको सिफारिस अनुकूल राजनीतिक निर्णयबाट बढुवा निर्णय गर्दा रिक्त ७ पदमा नौ जनाको बढुवा भएको थियो। सोविरुद्ध सर्वोच्चमा परेको रिट विचाराधीन नै छ। प्रहरीमा डिआइजीसहित दुई हजार ८ सय ७१ पद रिक्त छ। बढुवा प्रक्रियासँगै प्राविधिकसहित २१ एसएसपी, २० एसपी र ५९ डिएसपी पद रिक्त हुनेछ।
प्रधान कार्यालयको तथ्यांकअनुसार हाल ८९ प्रहरी निरीक्षक, ४ सय १३ सई, १ हजार २ सय ९० असई, ६ सय ६९ हवल्दार र ३ सय ४४ प्रहरी जवानको पद रिक्त छ। प्रहरी निरीक्षक, असई र प्रहरी जवानको रिक्त पद आन्तरिक र बाह्य प्रक्रियाबाट पूर्ति गरिन्छ।
रविप्रताप राणा, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, प्रेमबहादुर चन्द, ज्ञानोदराज वैद्य, रणबहादुर चन्द, हेमन्तबहादुर पाल, पशुपति उपाध्याय, विजयलाल कायस्थ, माधवप्रसाद जोशी, माधवप्रसाद नेपाल, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, पंकज श्रेष्ठ र कमलसिंह बम।
बढुवा सिफारिस
रामकुमार खनाल, मनोहरप्रसाद रिमाल र पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, माधव जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पञ्कज श्रेष्ठ र माधव नेपाल।

वरियताक्रम