अञ्चल अस्पतालमै विशेषज्ञ डाक्टर पढाइने
१५ भदौ २०७१
•
९ मिनेट पाठ
अञ्चल अस्पतालमै विशेषज्ञ डाक्टर पढाइने
काठमाडौं- सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सञ्चालित विशेषज्ञ चिकित्सक (एमडी/एमएस) उत्पादन कार्यक्रमलाई क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालसम्म विस्तार गर्ने भएको छ। न्यून शुल्कमा गुणस्तरीय चिकित्सक उत्पादन बढाउँदै काठमाडौंबाहिर पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै प्रतिष्ठान सभा (सिनेट) ले आइतबार यस्तो निर्णय लिएको हो।

६/६ महिनामा बस्नुपर्ने सिनेट राजनीतिक विवादका कारण आइतबार चार वर्षपछि सम्पन्न भएको हो। स्वास्थ्यमन्त्री अध्यक्ष रहने प्रतिष्ठान सभामा विभिन्न विश्वविद्यालयका उपकुलपतिसहित २४ उच्च पदाधिकारी सदस्य छन्। सिनेटको निर्णय मन्त्रालयले अनुमोदन गरेपछि कार्यक्रम सुरु हुन्छ। 
हाल सरकारी तहमा पोखरा र सुर्खेतमा क्षेत्रीय, दाङ, वीरगन्ज र डेढल्धुरामा उपक्षेत्रीय तथा ११ वटा अञ्चल अस्पताल छन्। यी अस्पतालमा ५ देखि ११ विशेषज्ञ चिकित्सक दरबन्दी छ।
प्रतिष्ठानका रजिस्ट्रार डा. किरण मानन्धरले सिनेट बैठकले विशेषज्ञ चिकित्सक उत्पादन कार्यक्रमलाई अञ्चल तहसम्म विस्तार गर्ने निर्णय गरेको जानकारी दिए। उनले आगामी शैक्षिक वर्षदेखि नै विद्यार्थी संख्या बढाएर सुरुमा क्लिनिकल अभ्यासको पोस्टिङ गर्ने र अर्को वर्षदेखि त्यहीँ पठनपाठनसमेत गर्ने गरी कार्यक्रम बढाउने बताए। 
सिनेटले कुन अस्पतालमा कति विद्यार्थी पढाउन सकिन्छ भन्ने भौतिक तथा प्राज्ञिक पूर्वाधार हेरेर विद्यार्थी संख्या तोक्ने अधिकार कार्यकारी परिषदलाई दिएको छ।
अहिले बर्सेनि सय हाराहारी विशेषज्ञ उत्पादन हुँदै आएकोमा विस्तारपछि त्यति नै थप विशेषज्ञ उत्पादन हुनेछन्। यसका लागि सिनेटले ऐन संशोधन मस्यौदा गर्ने जिम्मा कार्यकारी परिषदलाई दिएको छ। 
उपकुलपति संयोजक रहने कार्यकारी परिषदमा रेक्टर, रजिस्ट्रार, डिन, निर्देशक र कार्यकारी सदस्यसमेत सदस्य रहन्छन्।
हालसम्म सरकारीतर्फ न्याम्ससहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र शिक्षा मन्त्रालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले यो तहको जनशक्ति उत्पादन गर्दै आएका छन्। न्याम्सले वीरमा प्राज्ञिक गतिविधि गरेर विभिन्न विषयका रेजिडेन्टलाई अन्य अस्पतालमा समेत पोस्टिङ गर्थ्यो। न्याम्समा पढ्ने चिकित्सकको विषयअनुसार मानसिक अस्पताल, नेपाल आर्मी, प्रसूति गृह, गंगालाल, नेपाल आँखा अस्पताल, पाटन अस्पताललगायतमाअस्पतालमा पोस्टिङ हुँदै आएको छ। 
यो निर्णयले सरकारी तहमा चिकित्सक उत्पादन वृद्धिसँगै काठमाडौं बाहिर पनि स्वास्थ्य सेवा प्रभावकारी हुने मानन्धरले बताए। 
एमडी/एमएसको पढाइ सुरु हुने अस्पतालमा कम्तीमा हाडजोर्नी, प्रसूति, बालरोग, एनेस्थेसिया, सर्जरीजस्ता महत्वपूर्ण विशेषज्ञ चिकित्सकको उपस्थिति र सेवा प्रभावकारी हुने विश्वास विज्ञको छ।
स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. पदमबहादुर चन्दले सिनेट निर्णयबारे मन्त्रालयमा जानकारी आइनसकेको बताए। 'केन्द्रबाटै भर्ना गरेर पढाउँदा पनि रेजिडेन्ट हुन्छन्, त्यही विशेषज्ञ भएको ठाउँमा त रेजिडेन्ट पनि थपिँदा शल्यक्रिया, ओपिडी र चिकित्सकको उपस्थिति पनि बढ्छ,' उनले भने, 'यो निर्णयले स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा ठूलो फड्को मार्छ।'

वर्षौंदेखि अड्किएका महत्वपूर्ण निर्णय
न्याम्सको सिनेट बैठकले लामो समयदेखि रिक्त न्याम्सका विभिन्न पदाधिकारी नियुक्ति, वीरमा १५ तले भवन निर्माणसम्बन्धी मास्टर प्लान र ट्रमा सेन्टर सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णयसमेत लिएको छ। 
बैठकले वीर अस्पताललाई सरकारको केन्द्रीय अस्पताल र प्रतिष्ठानलाई स्वायत्त निकाय बनाउने गरी सुझाव दिन कार्यदलसमेत बनाएको छ। ट्रमा सेन्टर प्रतिष्ठानअन्तर्गत ल्याएर सञ्चालन पहल गर्ने निर्णय पनि बैठकले लिएको छ। 
मन्त्रालयले न्याम्सअन्तर्गत नदिई आफूअन्तर्गत राखेकै कारण ट्रमा सेन्टर विशेषज्ञ चिकित्सक र अन्य जनशक्ति नपाएर सञ्चालनमा आउन सकेको छैन। सरकारले सञ्चालन स्वामित्व हस्तान्तरण गरेपछि सुरुमा वीरमा उपलब्ध जनशक्ति परिचालन गरेर ट्रमा सेन्टर सञ्चालन गरिने निर्णय सिनेटको छ।
सिनेटले प्रतिष्ठानतर्फ नर्सिङमा ४ प्राध्यापक, ६ सहप्राध्यापक र ६ सहायक प्राध्यापकसहित अन्य तहमा पनि दरबन्दी थप गर्ने निर्णय गरेको छ। 
सिनेटले ०५९ सालमा प्रतिष्ठान भएदेखि हुन नसकेको दीक्षान्त समारोह मंसिर तेस्रो साता गर्ने निर्णय पनि लिएको छ। सिनेटले चार वर्षदेखि पास हुन नसकेको बजेटबारे पूर्ण अध्ययन गरी पास गर्न रजिस्ट्रार डा. मानन्धरको संयोजकत्वमा समिति गठन गरेको छ। समितिको प्रतिवेदनका आधारमा उपकुलपतिलाई बजेट पास गर्ने अधिकार दिइएको छ। सभामा रिक्त सदस्यमध्ये प्राध्यापकबाट डा. सुबोध अधिकारी र डा. दिनेश श्रेष्ठलाई र चिकित्सक वैज्ञानिकतर्फ डा. चोपलाल भुसाललाई नियुक्त गरेको छ। त्यसैगरी, रिक्त दुई उपकुलपतिको सदस्य कोटामा त्रिवि र केयुको उपकुलपतिलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसैगरी, न्याम्सको प्राज्ञिक परिषदमा डा. लक्ष्मणप्रसाद तिवडेवाल, डा. गेहनाथ बराल र डा. रविराम श्रेष्ठलाई नियुक्त गरेको छ। प्राज्ञिक परिषदको सिफारिस आधारमा हुने नियुक्तिमा डा. वीरेन्द्रबहादुर सिंह, डा. किरण श्रेष्ठ र डा. विष्णुदत्त पौडेल नियुक्त भएका छन्। त्यसैगरी प्रतिष्ठानतर्फको नयाँ नियुक्ति गर्ने सेवा आयोगको अध्यक्षमा डा. डिबी कार्की, सदस्यहरु डा. बिआर जोशी र श्रीकान्त पराजुलीलाई नियुक्त गरेको छ।
स्वास्थ्य मन्त्रालयको नेतृत्व र प्रतिष्ठानबीचको विवादका कारण वर्षको कम्तीमा दुईपटक बस्नुपर्ने सिनेट चार वर्षदेखि बस्न सकेको थिएन। गत महिना पदाधिकारी नियुक्तिपछि सिनेट बसेको हो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस