सवारी दुर्घटनामा रौतहटमा एक जना युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। रौतहटको चन्द्रपुरलाई सदरमुकाम गौरसित जोड्ने मुख्य सडकको डुमरिया–बसन्तपुर सडक खन्डको बीचमा पर्ने बस्तीपुरको हनुमान मन्दिर नजिक बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर विहीवार राति गरुडा नगरपालिका ५ महम्मदपुरका युवक अभय यादवको मृत्यु भएको छ। सोही घटनामा गरुडाकै अर्का युवक विजय पटेल गम्भीर घाइते भएका छन्।
चन्द्रनिगाहपुरतिरबाट घरतर्फ जाँदै गरेको ना २६ प ६३३५ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकल तीव्र गतिमा रहेको कारण मोडमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुग्दा यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका पटेलको चन्द्रनिगाहपुर अपोलो अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपि लीलाराज लामिछानेले जानकारी गराएका छन्।