बाढी प्रभावित क्षेत्रमा जलस्रोत मन्त्री श्रेष्ठ
१२ कार्तिक २०७८
•
४ मिनेट पाठ
बाढी प्रभावित क्षेत्रमा जलस्रोत मन्त्री श्रेष्ठ
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी प्रभावित नागरिकका समस्या सुन्न र प्रत्यक्ष रुपमा बाढी पुर्‍याएको क्षति अवलोकन गर्न स्थलगत अनुगमनमा निस्किएका हुन्।  




जिल्लाको तातोपानी गाउँपालिका ४ र तिला ४ स्थित बाढीले खेतियोग्य जमिन, विद्युत, सिचाइँ र विद्यालयमा पुर्‍याएको क्षतिको बारेमा प्रत्यक्ष रुपमा बुझेका हुन्। अनुगमनमा निस्किएका मन्त्री श्रेष्ठलाई बाढी प्रभावित नागरिकले छिट्टै राहतका प्याकेज ल्याउन आग्रह गरेका थिए। उनीहरुले बाढीले बगाएको सिचाइँकुलो तत्काल मर्मत गर्नुपर्ने,विद्युतगृहबाट विद्युत आपुर्ति गर्नको लागि आवश्यक सामाग्रीका लागि सहयोग गर्नुपर्ने र बाढीले बगर बनेको विद्यालय तत्काल मर्मत गरेर नियमित पठनपाठन गर्ने वातावरण मिलाइदिनु पर्ने माग गरेका थिए।

बाढीले क्षति पुर्‍याएको क्षेत्रमा मन्त्री आफै पुगेर अवलोकन गरेकोमा स्थानीय उत्साहित छन्। तातोपानी ४ हाँकुका पुर्णप्रसाद न्यौपाने मन्त्री आफै प्रभावित क्षेत्रमा पुगेकोले जनजीवन सहज बनाउन पहल हुने विश्वास व्यक्त गरे। बाढीले नियापानी देखि त्रिबेणी सम्मको खेतियोग्य जमिनमा क्षति पुगेको छ। सिचाइकुला भत्किएका छन्। जसले सिचाइँ र विद्युत सेवा ठप्प भएको छ। उनले भने, ‘तत्काल विद्युत सेवा सञ्चालन गरेर उज्यालो प्रदान गर्न र सिचाइँ कुलो मर्मत गरेर सिचाइँ व्यवस्थापन सहज बनाउन ध्यान केन्द्रीत गराउँदछौँ।’

उनका अनुसार लगातार ९ वर्षदेखि सञ्चालनमा आएको १२ किलोवाट विद्युत बाढीले नहरमा क्षति पुगेपछि ठप्प भएको छ। उनले भने,‘मन्त्री ज्यु, मंसिर महिना सुरु भएपछि बरफ जम्न सुुरु हुन्छ। सिमेन्टको काम अघि बढाउन गाह्रो पर्छ। तत्काल मर्मत संभारको काम अघि बढाउने गरि बजेट व्यवस्था गरिदिनु पर्‍यो।’ यहाँका नागरिक स्थानीय खेतिमै निर्भर छौँ। त्यही भएर तत्काल सिचाइँ व्यवस्थापन गर्नु अहिलेको अपरिहार्यता हो, उनले भने, ‘सिचाइँ कुलो र विद्युतको नहर एउटैले चलेकोले निकै ठुलो समस्या निम्तिएको छ। गाउँ दुइ हप्ता देखि अन्धकार छन्।’ 

मन्त्री श्रेष्ठले बाढीले जनजीवन अस्तव्यस्त बनाएको प्रति गहिरो दुख पोखे। उनले भने, ‘म बाढीले पुर्‍याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्न तपाइहरुको घरदैलोमा पुगेको छु। यहाँ देखिएका समस्या तत्काल संवोधन गर्नको लागि मन्त्री परिषद् र कर्णाली प्रदेश विपद परिषदमा छलफल चलाउनेछु। छिटोभन्दा छिटो यहाँका बाढी प्रभावित नागरिकले राहतको अनुभुति हुने गरी पहल गर्नेछु।’

मन्त्री श्रेष्ठले तत्काल बाढीले विद्युत सेवा ठप्प भएको क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन जडान गर्न नेपाल विद्युत प्राधिकरण जुम्ला इकाइलाई निर्देशन गरिसकेको बताए। उनले भने, ‘केही दिनमै गाउँमा विद्युत सेवा सहज हुनेछ। खानेपानी समस्या भएको क्षेत्रमा पाइप पठाउने र प्राविधिक खटाएर मर्मत तथा निर्माणका काम अघि बढिसकेका छन्।’ उनले विद्युत गृहनै बाढीले बगाएको क्षेत्रमा तत्काल डिजेल प्लान्ट राखेर भएपनि विद्युत सेवा दिन निर्देशन गरिएको बताए।  

बाढीले बगाएर संरचना निर्माण हुने भन्दै उनले किसानलाई निराश नहुन आग्रह गरे। बाढीले प्रभावित गरेको क्षेत्रका नागरिकले भोग्नु परेका समस्या संवोधनका लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेकोमा जोड दिए। उनले भने, ‘बाढी ग्रस्त क्षेत्रमा म आफैँ पुगेको छु। जिल्ला प्रशासन कार्यालय जुम्लाले क्षतिको एकिन विवरण संकलन गरिसकेको छ। क्षतिको अवस्था हेरर राहतको प्रक्रिया अघि बढाउनमा पहल हुन्छ।’ उनले बाढीले प्रभावित क्षेत्रका नागरिकका लागि तत्काल गर्नुपर्ने काम र दिर्घकालिनरुपमा गर्नु पर्ने काम विश्लेषण गरिने बताए।

मन्त्रीले गर्ने अवलोकनमा जलस्रोत तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठ, जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा,नेपाली काँग्रेसका जुम्ला सभापति दीपबहादुर शाही, नेताहरु क्रमशः देवेन्द्रबहादुर शाही, राजुसिंह कठायत, धनबहादुर बस्नेत सहभागि थिए। जुम्लामा बाढीले आधा दर्जन बढि विद्युत गृहमा क्षति पुगेको छ। १३ हेक्टर खेतियोग्य जमिन कटान गरेको छ। खानेपानी,विद्यालय, सिचाइकुला, पुलपुलेसा लगायतका संरचनामा क्षेति पुर्‍याएको छ। 

मन्त्री श्रेष्ठले बाढीले क्षति गरेको एक दिनमै तत्काल गर्नुपर्ने काम अघि बढाउन कर्णाली प्रदेशका दस वटै जिल्लामा माताहतका कार्यालयलाई निर्देशन दिइसकेको स्वकीय सचिव महेन्द्र कार्कीले जानकारी दिए। स्थानीयले बाढीले क्षति गरेका संरचना बनाउन र प्रभावित किसानलाई राहतका कार्यक्रम ल्याएर मलहम पट्टी लगाइदिनको लागि माग गरेका थिए। 

मन्त्री श्रेष्ठले बाढीले क्षति पुर्‍याएकै समयमा हेलिकप्टर ल्याएर अवलोकन गर्नको लागि आउने अवस्था भएपनि हेलिप्कटरमा लाग्ने खर्च बाढी प्रभावित क्षेत्रमा लगानी होस भन्ने हेतुले गाडीमै आएको बताए। उनले भने, ‘यो दु:खद क्षणमा हेलिकप्टर रिजर्भ गरेर आउने कुरा राम्रो देखिन। जसरी भएपनि तपाइँरहेको घरदैलोमा पुगेको छु। तपाइँहरुले भोगेको समस्या संवोधनका लागि हरेक प्रयत्न अपनाउनेछु। यहाँ क्षतिग्रस्त संरचना, मर्मत, संभार र निर्माणका लागि बजेटको व्यवस्थापन गर्न हरेक निकाय संग समन्वय गर्नेछु।’
अर्को समाचार
बाढीबाट क्षतिग्रस्त पूर्वाधारको मूल्यांकनका लागि सबै ड्रोन प्रयोग गरौं : ऊर्जामन्त्री श्रेष्ठ
१४ भदौ २०८३
•
१ मिनेट पाठ
बाढीबाट क्षतिग्रस्त पूर्वाधारको मूल्यांकनका लागि सबै ड्रोन प्रयोग गरौं : ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढी प्रभावित क्षेत्रमा ड्रोन टेक्नोलोजी प्रयोग गरेर क्षतिको मूल्यांकन गर्नुपर्ने बताएका छन्।  




शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा आवश्यक स्रोत साधन जुटाउनमा केन्द्रित हुन निर्देशन दिए। ‘फिल्डमा के आवश्यक पर्छ, त्यो स्रोतसाधनहरू जुटाउने गरी प्राधिकरणको स्कोप अगाडि बढाउनुपर्छ,’ उनले भने।

उनले ड्रोन टेक्नोलोजी प्रयोग गरेर र्‍यापिड ड्यामेज एसेसमेन्ट लिनेगरी त्यसमा लाग्न निर्देशन दिए। ‘सबै प्राइभेट ड्रोनदेखि एनइए इन्जिनियर्सको ड्रोन पनि प्रयोग गरेर हाइड्रो पावर लगायत सबै बगेका बस्तीहरू र क्षति पुगेका पूर्वाधारहरुको चाँडै क्षति मूल्यांकन गरेर राष्ट्रिय योजना आयोगमार्फत पोस्ट डिसास्टर निड एसेसमेन्ट गर्नुपर्छ,’ उनले भने।  

उनले विभिन्न १४ वटा निकायका प्रतिनिधि सहभागी बैठकमा अबको तीन दिन, सात दिन र एक महिनाको योजना बनाएर अगाडि बढ्न निर्देशन दिए। आधिकारिक सञ्चारमा एकद्वार प्रणाली अपनाउन पनि निर्देशन दिए।  

मन्त्री श्रेष्ठका अनुसार पूर्वाधार मन्त्रालय र ऊर्जा मन्त्रालय मिलेर डिटेल ड्यामेन्ट निड एसेसमेन्ट गरिरहेका छन्।

उनले यो विषम परिस्थितिमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै प्राधिकरण र सरकार पक्षले जनताको अभिभावकको भूमिका अझै प्रगाढ रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस