शिक्षित महिलासमेत बेचबिखनको जोखिममा
१३ कार्तिक २०७८
•
४ मिनेट पाठ
शिक्षित महिलासमेत बेचबिखनको जोखिममा
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्‍यो।




पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बाराको कोल्बी नगरपालिका–१ का २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको हो। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस्तै मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–१० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे शनिबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट पक्राउ परे। उनले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई भारतको बैंगलोर पुर्‍याई यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको आरोप लागेको छ।

२०७० फागुन ४ गते काँकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलोर पुर्‍याइएकी किशोरी माइती नेपालको सहयोगमा २०७१ वैशाख १५ गते नेपाल फर्केकी थिइन्। त्यसलगत्तै पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान गरिरहेको छ।

यसैगरी एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याइएको अभियोगमा काठमाडौंको सिनामंगलबाट बागलुङको गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का आइतबार पक्राउ परेका छन्। 

उनी पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख रुपैयाँ तलब हुनेलगायत प्रलोभनमा पारी विभिन्न मितिमा आठ लाख ५४ हजार रुपैयाँसमेत लिई दुई वर्षअघि भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्यान्ड पुर्‍याएर यौन शोषण गरी अलपत्र पारेर फरार भएका थिए।

गत वर्ष आफन्तको सहयोगमा नेपाल आइपुगेकी पीडित महिलाले ब्युरोमा दिएको जाहेरीका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यी मानव बेचबिखनसम्बन्धी प्रतिनिधि घटना हुन्। ब्युरोको तत्थांकअनुसार पछिल्लो तीन वर्षमा ५२८ वटा मानव बेचबिखनका मुद्दामा संलग्न भएको अभियोगमा ६९३ जना पक्राउ परेका छन्। तीमध्ये ४८७ जना पुरुष र २०६ जना महिला छन्।

मानव बेचबिखनका घटनामा संलग्न ४६८ जना फरार छन्। आर्थिक वर्ष ०७५/७६ मा दर्ता भएका २५८ वटा मानव बेचबिखन घटनामा ३३३ जना पक्राउ परेका थिए भने १९१ जना फरार भएका थिए। त्यस्तै आव ०७६/७७ मा दर्ता भएका १३६ वटा मुद्दामा १९८ जना पक्राउ परेका थिए भने १४२ जना फरार भएका थिए।

आव ०७७/७८ मा हालसम्म दर्ता भएका १३४ वटा मुद्दामा १६२ जना पक्राउ परेका छन् भने १३५ जना फरार छन्। ब्युरोको त्रिवर्षीय तथ्यांकअनुसार मानव बेचबिखनका ५२८ वटा मुद्दामा ७०७ जना पीडित भएका छन्। तीमध्ये ६१८ जना महिला र ८९ जना पुरुष छन्। सोही अवधिमा अभियुक्तको संख्या एक हजार १६१ छ।

राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखनसम्बन्धी प्रतिवेदन २०७६’ अनुसार नेपालका डान्सबार, दोहोरी साँझ, मसाज पार्लर, गेस्टहाउसलगायत मनोरञ्जनात्मक व्यवसायमा महिला तथा बालबालिका जबर्जस्ती श्रम, यौन शोषण तथा बेचबिखनको सिकार भइरहेको छन्।

ब्युरोका प्रवक्ता अनुराग द्विवेदीका अनुसार कमजोर आर्थिक अवस्था भएका महिला र बालिका यौनशोषण तथा बेचबिखनमा पर्ने गरेका छन्। ‘परिवारबाट सुविधा नपाएपछि रोजगारी गरेर पैसा कमाउन खोज्दा बेचबिखनमा पर्ने गरेका छन्,’ उनले भने, ‘मानव बेचबिखनको जोखिममा महिला र बालिका हुने गरेका छन्।

मनोरञ्जनका नाममा उनीहरू बेचबिखनमा पर्ने गरेका छन्।’ वैदेशिक रोजगारी, आप्रवासन र शिक्षाको आवरणमा पनि मानव बेचबिखन हुने गरेको छ। अधिकारीहरूका अनुसार मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुन थालेको छ।

२०७५ देखि हालसम्म बेचबिखन भएर विभिन्न देशमा पुगेका ३२७ जनालाई उद्धार गरिएको छ। भारतका विभिन्न स्थानबाट पछिल्लो तीन वर्षमा २४३ जनाको उद्धार गरी नेपाल फर्काइएको ब्युरोले जनाएको छ। भारतसहित श्रीलंका, लिबिया, कुवेत, चीन, इराक, इन्डोनेसिया, म्यानमारलगायत देशबाट २६१ जना महिलाको उद्धार गरी स्वदेश फकाईएको छ। यस अवधिमा देशभित्रै १४२ जनाको उद्धार गरिएको छ। 

आन्तरिक रुपमा हुने बेचबिखन रोक्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विभिन्न संघसंस्थाको सहकार्यमा जिल्लास्तरीय अनुगमन टोली बनाइने प्रवक्ता द्विवेदीले जानकारी दिए। ‘पछिल्ला वर्षमा महिला बेचबिखन नयाँ स्वरूपमा विकसित भइरहेकाले न्यूनीकरणका लागि चुनौती थपिएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ। शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन्।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस