दिनमै चार परिवार टुक्रिन्छन्
१७ भदौ २०७१
•
६ मिनेट पाठ
दिनमै चार परिवार टुक्रिन्छन्
पोखरा-संयुक्त परिवार र दम्पतीको आजीवन सम्बन्धलाई नेपाली समाजको सौन्दर्य मान्ने हो भने कास्कीमा त्यसलाई अस्वीकार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। यहाँ दिनमै ४ परिवार टुक्रिने गरेको छ। यसमध्ये पनि दम्पतीबीचको सम्बन्धविच्छेद चर्काे छ। जिल्ला अदालतमा परेका पारिवारिक विखण्डनका मुद्दाको तथ्यांकले त्यस्तै देखाउँछ।जिल्ला अदालतमा गत आर्थिक वर्षमा मात्रै पतिपत्नीको सम्बन्ध टुटाउन माग गर्दै ५ सय ४८ वटा मुद्दा परेका थिए। अघिल्लो वर्षको दाँजोमा यो बढेको स्रेस्तेदार दिनबन्धु बराल बताउँछन्। उनका अनुसार अघिल्लो वर्ष यही शीर्षकका मुद्दा ४ सय ७४ वटा थिए। 
पारिवारिक विखण्डन देखाउने मुद्दा सम्बन्धविच्छेदमात्रै होइन। सम्बन्धमा शंका र समस्या पैदा भएपछि आवश्यक ठानिने नाताकायमले पनि पारिवारिक विग्रह बढाउँछ। बहुविवाह, अंश र मानाचामल तथा जारी मुद्दा पनि पारिवारिक विखण्डनकै थप तस्बिर हुन्। एउटै नतिजा ल्याउने अनेकखाले शीर्षकका यी मुद्दाको एकमुष्ठ संख्या कास्कीमा १२ सय हाराहारीमा परेको थियो। यस हिसाबले कास्कीमा दिनको झन्डै ४ परिवार टुक्रने गरेको देखिन्छ। 
सानैमा बिहे गर्ने र केही वर्षपछि नै सम्बन्धविच्छेदमा गइहाल्ने प्रवृत्ति देखिएको स्रेस्तेदार बराल बताउँछन्। सम्बन्धविच्छेदका लागि परेका मुद्दाका थुप्रै दम्पतीको उमेर ३० भन्दा तलै देखिएको उनले जानकारी दिए। ‘प्रेम विवाह, अन्तरजातीय विवाह त्यति टिटेका देखिन्नन्,' उनले भने। प्रेमविवाह गरेका दम्पतीले दुईचार वर्ष जेनतेन सँगै बिताए पनि छोराछोरी भएको केही वर्षपछि सम्बन्धविच्छेदको निष्कर्षमा पुग्ने गरेको उनी बताउँछन्। उनकै अनुभवमा यसमा सांस्कृतिक मतभिन्नतालगायत कारण देखिन्छ। 
पारिवारिक विखण्डनको तस्बिर पतिपत्नीको सम्बन्धविच्छेदले मात्रै देखाउँदैन। सम्बन्ध सुमधुर हुन नसकेकैले पर्ने अर्को मुद्दा अंशबण्डाको पनि हो। पतिपत्नी वा दाजुभाइ र बाबुछोरा जोसुकैबीच पर्ने भए पनि अंश मुद्दाले संयुक्त परिवारलाई परम्परागत गौरव ठान्ने समाजको बदलिँदो तस्बिर देखाउँछ। गत आर्थिक वर्ष कास्कीमा ३ सय ५६ वटा अंश मुद्दा र ६३ वटा मानाचामलसम्बन्धी मुद्दा परेका थिए। 
सम्बन्धमा तलमाथि भए पनि मानाचामल लिएर बस्ने सबैभन्दा देखिन्छन्। कानुनी हिसाबले सम्बन्ध कायमै राखी अंश लिन चाहने त्योभन्दा धेरै नै बढी छन् भने सम्बन्धको कुनै नामोनिसान नराखी टुटाउन चाहने सबैभन्दा बढी देखिन्छ। 
सम्बन्धविच्छेद बढ्नुको कारण वैदेशिक रोजगार भएको ठान्छन् अधिवक्ता सुरेन्द्र थापामगर। भन्छन्, ‘सक्कली र नक्कली दुवैखाले सम्बन्धविच्छेदको एउटै कारण वैदेशिक रोजगारी हो।' उनका अनुसार विदेश जानका लागि कसैसँग नक्कली बिहे गर्नकै लागि नक्कली सम्बन्धविच्छेद गर्ने प्रवृत्ति पनि छ। ‘अर्काेतिर पतिपत्नी विदेश र स्वदेशमा हुँदा सम्बन्ध सुमधुर बन्न नसक्नाले डिभोर्स भइरहेको छ,' थापाले भने। 
सम्बन्धमा अविश्वास र समस्या भएपछि नाता कायमको मुद्दा पर्छ। कास्की अदालतमा गएको वर्ष २ सय २२ वटा मुद्दा नाता कायम गराउन माग दाबीसहित परेका थिए। पारिवारिक बिखण्डनको समस्या बहुविवाह पनि हो। कास्कीमा २७ वटा मुद्दा बहुविवाहबारेका थिए भने जारी मागदाबी गरिएका मुद्दाको संख्या ४ थियो। 
कास्कीमा गत वर्ष २ हजार ६ सय ३२ मुद्दा परेका थिए। तिनको झन्डै आधा त पारिवारिक विखण्डनकै रहे। परेका मुद्दामध्ये १ हजार ५ सय ५८ वटा फर्छ्यौट भए। यो कुल मुद्दाको ५९ प्रतिशत हो। गत वर्ष संविधानसभाको चुनाव परेकाले न्यायाधीशहरु त्यता व्यस्त हुँदा धेरै मुद्दा फर्छ्याैट हुन नपाएको स्रेस्तेदार बरालले जानकारी दिए। चुनावमा न्यायाधीशहरु निर्वाचन क्षेत्र र जिल्लाकै प्रमुख थिए। उनीहरुकै मातहतमा खटिएका कर्मचारी र सुरक्षाकर्मीद्वारा चुनाव गराइएको थियो।


अर्को समाचार
दिनमै चार परिवार टुक्रिन्छन्
१५ भदौ २०७१
•
६ मिनेट पाठ
दिनमै चार परिवार टुक्रिन्छन्
पोखरा- संयुक्त परिवार र दम्पतीको आजीवन सम्बन्धलाई नेपाली समाजको सौन्दर्य मान्ने हो भने कास्कीमा त्यसलाई अस्वीकार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। यहाँ दिनमै ४ परिवार टुक्रिने गरेको छ। यसमध्ये पनि दम्पतीबीचको सम्बन्धविच्छेद चर्काे छ। जिल्ला अदालतमा परेका पारिवारिक विखण्डनका मुद्दाको तथ्यांकले त्यस्तै देखाउँछ।
जिल्ला अदालतमा गत आर्थिक वर्षमा मात्रै पतिपत्नीको सम्बन्ध टुटाउन माग गर्दै ५ सय ४८ वटा मुद्दा परेका थिए। अघिल्लो वर्षको दाँजोमा यो बढेको स्रेस्तेदार दिनबन्धु बराल बताउँछन्। उनका अनुसार अघिल्लो वर्ष यही शीर्षकका मुद्दा ४ सय ७४ वटा थिए।

पारिवारिक विखण्डन देखाउने मुद्दा सम्बन्धविच्छेदमात्रै होइन। सम्बन्धमा शंका र समस्या पैदा भएपछि आवश्यक ठानिने नाताकायमले पनि पारिवारिक विग्रह बढाउँछ। बहुविवाह, अंश र मानाचामल तथा जारी मुद्दा पनि पारिवारिक विखण्डनकै थप तस्बिर हुन्। एउटै नतिजा ल्याउने अनेकखाले शीर्षकका यी मुद्दाको एकमुष्ठ संख्या कास्कीमा १२ सय हाराहारीमा परेको थियो। यस हिसाबले कास्कीमा दिनको झन्डै ४ परिवार टुक्रने गरेको देखिन्छ।

सानैमा बिहे गर्ने र केही वर्षपछि नै सम्बन्धविच्छेदमा गइहाल्ने प्रवृत्ति देखिएको स्रेस्तेदार बराल बताउँछन्। सम्बन्धविच्छेदका लागि परेका मुद्दाका थुप्रै दम्पतीको उमेर ३० भन्दा तलै देखिएको उनले जानकारी दिए। 'प्रेम विवाह, अन्तरजातीय विवाह त्यति टिटेका देखिन्नन्,' उनले भने। प्रेमविवाह गरेका दम्पतीले दुईचार वर्ष जेनतेन सँगै बिताए पनि छोराछोरी भएको केही वर्षपछि सम्बन्धविच्छेदको निष्कर्षमा पुग्ने गरेको उनी बताउँछन्। उनकै अनुभवमा यसमा सांस्कृतिक मतभिन्नतालगायत कारण देखिन्छ।

पारिवारिक विखण्डनको तस्बिर पतिपत्नीको सम्बन्धविच्छेदले मात्रै देखाउँदैन। सम्बन्ध सुमधुर हुन नसकेकैले पर्ने अर्काे मुद्दा अंशबण्डाको पनि हो। पतिपत्नी वा दाजुभाइ र बाबुछोरा जोसुकैबीच पर्ने भए पनि अंश मुद्दाले संयुक्त परिवारलाई परम्परागत गौरव ठान्ने समाजको बदलिँदो तस्बिर देखाउँछ। गत आर्थिक वर्ष कास्कीमा ३ सय ५६ वटा अंश मुद्दा र ६३ वटा मानाचामलसम्बन्धी मुद्दा परेका थिए।

सम्बन्धमा तलमाथि भए पनि मानाचामल लिएर बस्ने सबैभन्दा देखिन्छन्। कानुनी हिसाबले सम्बन्ध कायमै राखी अंश लिन चाहने त्योभन्दा धेरै नै बढी छन् भने सम्बन्धको कुनै नामोनिसान नराखी टुटाउन चाहने सबैभन्दा बढी देखिन्छ।

सम्बन्धविच्छेद बढ्नुको कारण वैदेशिक रोजगार भएको ठान्छन् अधिवक्ता सुरेन्द्र थापामगर। भन्छन्, 'सक्कली र नक्कली दुवैखाले सम्बन्धविच्छेदको एउटै कारण वैदेशिक रोजगारी हो।' उनका अनुसार विदेश जानका लागि कसैसँग नक्कली बिहे गर्नकै लागि नक्कली सम्बन्धविच्छेद गर्ने प्रवृत्ति पनि छ। 'अर्काेतिर पतिपत्नी विदेश र स्वदेशमा हुँदा सम्बन्ध सुमधुर बन्न नसक्नाले डिभोर्स भइरहेको छ,' थापाले भने।

सम्बन्धमा अविश्वास र समस्या भएपछि नाता कायमको मुद्दा पर्छ। कास्की अदालतमा गएको वर्ष २ सय २२ वटा मुद्दा नाता कायम गराउन माग दाबीसहित परेका थिए। पारिवारिक बिखण्डनको समस्या बहुविवाह पनि हो। कास्कीमा २७ वटा मुद्दा बहुविवाहबारेका थिए भने जारी मागदाबी गरिएका मुद्दाको संख्या ४ थियो।

कास्कीमा गत वर्ष २ हजार ६ सय ३२ मुद्दा परेका थिए। तिनको झन्डै आधा त पारिवारिक विखण्डनकै रहे। परेका मुद्दामध्ये १ हजार ५ सय ५८ वटा फर्छ्यौट भए। यो कुल मुद्दाको ५९ प्रतिशत हो। गत वर्ष संविधानसभाको चुनाव परेकाले न्यायाधीशहरु त्यता व्यस्त हुँदा धेरै मुद्दा फर्छ्याैट हुन नपाएको स्रेस्तेदार बरालले जानकारी दिए। चुनावमा न्यायाधीशहरु निर्वाचन क्षेत्र र जिल्लाकै प्रमुख थिए। उनीहरुकै मातहतमा खटिएका कर्मचारी र सुरक्षाकर्मीद्वारा चुनाव गराइएको थियो।



रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस