नदी उत्खनन् बिबाद : वारी उत्खनन ,पारी डम्पिङ
१३ कार्तिक २०७८
•
४ मिनेट पाठ
नदी उत्खनन् बिबाद : वारी उत्खनन ,पारी डम्पिङ
तस्बिर : राजपुर गाउँपालिकामा थुपारिएको नदीजन्य पदार्थ ।
लमही नगरपालिका ८ स्थित राप्ती नदीको क्षेत्र धनपुरवादेखि पारी नदीजन्य पदार्थका दुईवटा ठूलै ‘पहाड’ छन्। एउटा बालुवाको चाङ छ भने अर्को गिट्टीको। नदी उत्खनन् गरेर लगाइएको त्यो पहाड उत्खनन्कर्ताले ओसारपसार गर्न खोज्छन्।




तर स्थानीय सरकार राजपुर गाउँपालिकाले औँला ठड्याई हाल्छ। उत्खननकर्ताको पटकपटक ओसार्ने प्रयास गाउँपालिकाले बिफल तुल्याईरहेकै छ।गाउँपालिकाको दाबी छ, त्यो बस्तु आफ्नो क्षेत्रमा उत्खनन गरिएको अवैध पदार्थ हो। उसको प्रश्न छ ‘हाम्रो क्षेत्रमा उत्खनन् गरिएको नदीजन्य पदार्थको पहाड कसरी लाग्यो?’ कागजी प्रकृया अनुसार उक्त बस्तु लमही नगरपालिकाको नदी क्षेत्र (वारी) उत्खनन भएको हो। तर उत्खननकर्ताले अर्को स्थानीय सरकार राजपुर गाउँपालिकामा लगेर थुपारे। राजपुर गाउँपालिकाको यसैमा थप दाबी छ ‘सहमती लमहीमा गरेर राजपुरमा आएर उत्खनन गरियो अनि यहिँ थुपारियो ।’  

लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवास्थित राप्ती नदीमा नगरपालिकाले एसकेवि सप्लायर्सलाई उत्खनन अमानत दियो। गत जेठ मसान्तसम्म उत्खनन अधिकार पाएको सप्लायर्सले यो अवधिमा लमही क्षेत्रकै नदीमा उत्खनन गर्यो। तर वारी उत्खनन् गरिएको नदीजन्य पदार्थको ‘पहाड’ राप्ती पारी राजपुर गाउँपालिकाको क्षेत्रमा लगायो।

आफ्नो क्षेत्रमा नदीजन्य पदार्थको पहाडै लागेपछि राजपुर गाउँपालिकाले उक्त नदीजन्य पदार्थबारे सोधी खोजी गर्यो। अँझ गाउँपालिकाले त लमही क्षेत्रको ठेक्का पाएर आफ्नै क्षेत्रमा अबैध उत्खनन् गरिएको दाबी नै गर्छ। ‘ठेक्का पारीको हो, तर हाम्रो क्षेत्रमा उत्खनन् भयो,’ गाउँपालिका अध्यक्ष लोकराज केसी भन्छन् ‘हाम्रो क्षेत्रमा अवैध उत्खनन् भएको बस्तु बिना राजश्व हामीले कसरी छुट दिने?’

आफ्नो क्षेत्रमा उत्खनन गरेर आफ्नै क्षेत्रमा डम्पिङ गरेर राखिएको उक्त नदीजन्य पदार्थ राजपुर गाउँपालिकाले बिक्रीका लागि रोकेको छ। त्यसो त, सप्लायर्सका प्रतिनिधिले पटक पटक उक्त नदीजन्य पदार्थ उठाउन खोजे पनि तर गाउँपालिकाले प्रहरीको सहयोगमा रोकिरहेकै छ। ‘छानविन गरौँ, नदीजन्य पदार्थ कसरी हाम्रो क्षेत्रमा डम्प भयो भनेर हामीहरुले भनिरहेका छौँ,’ गाउँपालिका अध्यक्ष केसीले भने,  ‘यो छानवीन नभएरै हामीहरुले छोड्ने कुरा हुँदैन नि।’ उक्त क्षेत्रमा बालुवा र गिट्टीका दुई ठूला पहाड लगाईएका छन्। गाउँपालिकाले यसलाई ‘अबैध’ भनेको छ।

उत्खननकर्ताले पटकपटक उक्त पदार्थ लैजान थालेपछि गाउँपालिकाले उक्त ठेक्का प्रकृयाका बारेमा सोधी खोजी गर्यो। लमही नगरपालिकासंसँग माग गरिएको ठेक्का प्रकृयाको बिबरण र ठेक्का पाएको सप्लायर्सको उदेश्यले भने झनै तालमेल खाएन।

लमही नगरपालिकासंग गरेको अमानत सर्तमा उक्त उत्खनन् गरिएको पदार्थ नगर र वडा स्तरिय आयोजनमा मात्रै प्रयोग गर्न पाईने उल्लेख छ। तर त्यहाँबाट उत्खनन भएको नदीजन्य पदार्थ नगर र वडास्तरिय आयोजनामा मात्रै प्रयोग हुने छाँट देखिन्न। सप्लायर्सका प्रमुख शरद बुढाथोकी भन्छन्,  ‘मैले बेच्न पनि पाउँछु।’

उनका अनुसार उक्त नदीजन्य पदार्थ गत जेठ अन्तिम मसान्त सम्म मात्रै गरिएको उत्खनन हो। त्यसबाहेक पछिको समयमा त्यहाँबाट आफूहरुले उत्खनन् बुढाथोकीले नगरिएको बताए। त्यो अवधिसम्म उत्खनन भएको नदी जन्य पदार्थ बिक्री भएन। अनि उनिहरुले राप्ती पारीको बगरमा थुपारेर राखे।

नगरस्तरिय र वडास्तरिय आयोजनाका लागि माग भए ति योजनामा प्रयोग गर्ने अन्यथा आँफुहरुले जहाँ पनि बिक्री गर्नै बुढाथोकीको दाबी छ।

तर नगरपालिकासंग भएको सम्झौताले भने नगर र वडास्तरिय आयोजना बाहेक अन्यत्र उक्त नदीजन्य पदार्थ प्रयोग गर्न नपाउने उल्लेख गरेको छ।  ‘नगर वा कुनै वडास्तरिय आयोजनबाट माग भएमा हामीहरुले त्यहाँ दिन्छौँ,तर मागै भएन भने हामीहरुले अन्त बेच्छौँ,’ बुढाथोकीले भने,  ‘राजश्व तिरिसकेपछि त हामीहरुले त्यो बस्तुलाई जे पनि गर्न पायौँ नि।’ गाउँपालिकाले भनेजस्तो राजपुर गाउँपालिकाको क्षेत्रमा आँफुहरुले उत्खनन् नगरेको दाबी बुढाथोकीको छ। त्यसो त, आफूहरुले हाल थुपारेर राखेको नदीजन्य पदार्थ रहेको स्थान पनि लमहीकै रहेको दाबी उनको छ। तर हालसम्म स्थानीय तहहरुले राप्ती नदीलाई आधार मानेर आआफ्नो क्षेत्र अलग अलग मान्दै आएका छन्।

राजपुरको क्षेत्रमा उत्खनन भएको हैन, ’उनले भने ‘उत्खनन् गरिएको बस्तु मात्रै राप्ती पारी राखिएको हो, तर त्यो क्षेत्र पनि लमहीकै हो।’  यता अमानत दिएको नगरपालिकाले आँफैले गरेको सहमतीलाई गलत साबित गरिदियो। उसले नगर तथा वडा स्तरिय आयोजनामा मात्र्रै उत्खनन् गरिएको बस्तु प्रयोग गर्ने उल्लेख गरेपनि अन्यत्र बिक्री गर्न पाउने बताउँछ।  ‘सुरुको ठेक्कामा त्यो सहमती भएको हो, तर ठेक्का नलागेपछि अहिलेको ठेक्का कम्पनिले अमानतमा लिएको हो,’ लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले भने, ‘अमानतको भएको हुनाले उनिहरुले अन्यत्र पनि बिक्री गर्न पाउँछन्।’

तर अमानत लिएकै एसकेवि सप्लायर्ससंगकै सम्झौतामा उत्खखनन् गरिएको वस्तु नगर तथा वडास्तरिय आयोजना मात्रै प्रयोग गर्ने उल्लेख गरिएको छ।
अर्को समाचार
व्यवसायमा जोडिएका महिला
११ पौष २०८०
•
१ मिनेट पाठ
व्यवसायमा जोडिएका महिला
कुनै समय चुलोचौकोमै सीमित महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन्। सहकारीबाट महिलाले तरकारी, पशुपालनलगायत अन्य पेसा पनि गर्ने गरेका छन्।




लमही नगरपालिका २ स्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिला आर्थिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि अग्रसर हुन थालेका छन्। उक्त सहकारीमा सात सय ३३ महिला आबद्ध छन्। ती महिलाले खाद्यान्न सङ्कलन, रासायनिक मल बिक्री, बिमा, बंगुरका पाठापाठी, खसीबोका, बेसार र मकैको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष अञ्जु चौधरीले बताए। ‘अब महिला चुलोचौकोमा मात्रै सीमित छैैनन्, आफैं पनि आत्मनिर्भर हुन्छन् भनेर देखाउन हामी सहकारीमा आबद्ध भएका हौँ’, उनले भने, ‘अहिले हामी घरखर्चका लागि अरूको हात थाप्नुपर्ने अबस्थामा छैनौँ।’

उक्त सहकारीको बचत तीन करोड ३० लाख ८३ हजार रुपैयाँ रहेको छ। सहकारीले कृषि, बाख्रापालन, व्यापार, शिक्षा, उपचार, पशुपालन, कुखुरापालनलगायत क्षेत्रमा कर्जा दिने गरेको गरेकाले सहकारीमा आबद्ध महिलालाई हरेक काम चलाउन सहज हुने गरेको सदस्य मधुलिका चौधरीले बताए। सहकारीले सामाजिक तथा सेवामूलक कार्य पनि गर्दै आएको छ।

समाजमा कृत्रिम गर्भाधान कार्यक्रम, थुनेलो रोग परामर्श, जुकाको औषधि सहयोग, पिपिआर खोप, घाँसको बीउ वितरण, पशु स्वास्थ्य शिविर, आकस्मिक ऋण सहयोगलगायत कार्य पनि गर्दै आएको छ। साथै आगामी दिनमा उत्पादित तरकारी संकलन तथा प्रशोधन केन्द्र निर्माण गर्ने योजना रहेको छ।

सहकारीलाई हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्रलगायतले सहयोग गर्ने गरेका छन्। विसं २०७१ फागुनमा २७ महिलाले उक्त सहकारी संस्थाको स्थापना गरेका थिए। तत्कालीन सोनपुर गाविस– २, ३, ७ र ९ लाई कार्य क्षेत्र बनाएर स्थापना गरिएको सहकारीले हाल लमही नगरपालिका ९ लाई कार्य क्षेत्र बनाएको छ, जसमा ३५ वटा समूह आबद्ध छन्। –रासस
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस