काठमाडौं-नेपाल राष्ट्र बैंकले अमेरिकास्थित एक बैंकको खातामा रहेको आफ्नो १० लाख अमेरिकी डलर बिनाजानकारी झिकिएको सम्बन्धी मुद्दा जितेको छ।अमेरिकाको न्युयोर्क डिस्ट्रिक्ट अदालतले मंगलबार राष्ट्र बैंकको पक्षमा फैसला गरेको हो। नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धमा चलिरहेको उक्त मुद्दामा न्युयोर्कस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नोे खाताबाट १० लाख डलर भुक्तानी गरिदिएको भन्दै राष्ट्र बैंकले मुद्दा हालेको थियो।
‘अमेरिकी अदालतले हाम्रै पक्षमा फैसला गरिदिएको छ,' राष्ट्र बैंकका सहायक निर्देशक हरि नेपालले बुधबार नागरिकसँग भने, ‘बिनाजानकारी हाम्रो खाताबाट भुक्तानी गरिएको १० लाख डलर पुनः हाम्रै खातामा आएको छ।'
उनका अनुसार करिब पाँच वर्षअघि पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक लि ऊले ललितपुर भैंसेपाटीस्थित एनबी बैंकको शाखामा खाता खोलेका थिए। त्यही खातामा अमेरिकाको चेज बैंकबाट उनको नाममा १० लाख डलर जम्मा भएको थियो।
‘त्यतिखेर एनबीको व्यवस्थापन राष्ट्र बैंकले हेरिरहेको थियो,' नेपालले भने, ‘नेपालमा कुनै पनि व्यवसाय नगरेका चिनियाँको नाममा ठूलो परिमाणको अमेरिकी डलर जम्मा भएपछि शंका उत्पन्न भयो। त्यसबेला प्रहरीको ‘सुडान घोटाला' को कमिसन भन्ने पनि हाम्रो शंका थियो।'
सम्बद्ध अर्का एक अधिकारीका अनुसार त्यसपछि राष्ट्र बैंकले चिनियाँ नागरिकको उक्त खाता रोक्का गरेको थियो। खाता रोक्का भएपछि नेपालका असिम क्षेत्रीलगायतले अमेरिकामा तरला इन्टरनेसनल नामको कम्पनी खडा गरेर राष्ट्र बैंकले बदमासी गरी आफूहरूको रकम रोक्का गरेको भन्दै अदालतमा मुद्दा हालेका थिए।
क्षेत्रीले त्यहाँको अदालतलाई ‘गुमराह' मा पारेर तरलाको पक्षमा फैसला गराउन सफल भएको ती अधिकारीले बताए। त्यसपछि अदालतले तरलालाई १० लाख डलर भुक्तानी गरिदिन सम्बद्ध पक्षलाई आदेश दिएको थियो। अदालतको आदेशपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकलाई कुनै पनि जानकारी नदिई उसको खाताबाट १० लाख डलर भुक्तानी दिएको थियो।
‘स्ट्यान्डर्ड चार्टर्डले भुक्तानी गरे पनि तरला इन्टरनेसनलले भने उक्त रकम पाउने प्रक्रियामै थियो,' ती अधिकारीले भने, ‘हामीले त्यस घटनाबारे जानकारी पाएपछि रकम फिर्ता लिने प्रक्रिया सुरु गर्यौंक। हामीले कुटनीतिक माध्यमबाट लबिङ जारी राख्यौं र यसमा अमेरिकी सरकारले पनि सहयोग गरेपछि अहिले हाम्रो पक्षमा फैसला भएको हो।'
सम्बद्ध स्रोतका अनुसार ‘माथिल्लो तह' बाट त्यसबेला चिनियाँ नागरिकको खातामा त्यसबेला आएको शंकास्पद रकम १० लाख डलर छाड्नू भन्ने ठूलो दबाब आएको थियो। ‘अमेरिकी अदालतमा मुद्दामामिला गर्नतिर पनि नजानू भन्ने दबाब पनि आएको थियो,' स्रोतले भन्यो, ‘तै पनि राष्ट्र बैंकले यसमा अडान लिएकोलियै गरेपछि ढिलै भए पनि सफलता प्राप्त भएको छ।'

नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जनाएका छन्।