चितवन— अस्पतालमा सुत्केरीको मृत्युको विषयलाई लिएर तनाव सिर्जना भएपछि भरतपुरको सरकारी अस्पताल हिजो बुधबारदेखि बन्द छ। चिकित्सकहरुले भोलि शुक्रबारबाट आकश्मिक बाहेक चितवनका सबै स्वास्थ्य निकाय बन्द गर्ने चेतावनीसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।सुत्केरीको निधनपछि मृतकका आफन्तसँग भरतपुर अस्पताल विकास समितिले गरेको सम्झौता शुक्रबारसम्म खारेज नभए आन्दोलनमा जाने चिकित्सक र स्वास्थ्यसँग सम्बन्धित संघ संगठनहरुको चेतावनी छ। सुत्केरी शारदा रावतको निधन भएपछि उनका आफन्तले अस्पतालका प्रशुति विभाग प्रमुख डा.सुनिलमणि पोखरेलमाथि अभद्र व्यवहार गरेको चिकित्सकहरुको आरोप छ ।
रावतका आफन्तसँग् भरतपुर असपताल विकास समितिले भदौ १७ गते गरेको सहमति नियमसंगत नभएको चिकित्सक संघ लगायतका संघ संस्थाहरुले ठहर गरेका छन्। मृतकको स्कृतिमा १० लाख रुपैयाँको कोष बनाउने, अस्पताल विकास समितिले दुई लाख, अस्पतालका चिकित्सक कर्मचारीले दुई लाख सो कोषमा राख्ने सहमति भएको थियो ।
त्यस्तै मृतक रावतका सन्तानको व्यवस्थापनको जिम्मा अस्पतालले लिने र घटनाको छानवीनका लागि नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा.कृष्ण पौडेलको संयोजकत्वमा समिति बनाउने सहमति पनि अस्पताल विकास समितिले गरेको छ। चिकित्सकहरु यो सहमति मान्य नहुने बताउँदै आन्दोलित भएका हुन् ।
'जुन सहमति भयो त्यो ऐन नियमको खिलाफमा भएको छ । यो खारेज हुनु पर्छ नभए हामी आन्दोलनमा जाने छौं', नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा.कृष्ण पौडेलले भने। ऐन नियममा भएको व्यवस्थाका बारेमा जानारी दिदै अध्यक्ष डा.पौडेलले भने 'चिकितसकले गरेको कामका बारेमा प्रशासनमा उजुरी दिनुपर्छ । प्रशासनले कानुनअनुसार समिति बनाउँछ। छानबिन गर्छ।'
घटनामा चिकित्सक दोषी हुन् वा होइन भन्ने पत्ता लाग्नुअघि कोष र सन्तानको भरण पोषणका विषयमा सहमति गर्नु ऐन नियमको बर्खिालाप हो भन्ने पौडेलले बताए। जिल्ला प्रशासनले तत्परता लिएकाले बिहीबार नै अस्पताल विकास समितिको बेठक बस्दै छ। सहमति खारेज गरेर कानुन अनुसार अगाडी बढ्न खोजे बन्द नहुने डा. पौडेलले बताए ।