पोखरा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका नायव सुब्बा कृष्णप्रसाद पनेरुलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको छ। आफ्नो जग्गाको हालसाविकको नक्सा लिन गएका पोखरा–११ फुलबारीका मनोरथ बाँस्तोलासँग १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा बिहीबार २ बजे अख्तियारले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो।
नयाँ नापी भएअनुसार नयाँ नक्सा लिन जाँदा जग्गा बढेको भन्दै पनेरु लगायत कर्मचारीले बाँस्तोलासँग घुस मागेका थिए। पहिला ६ आना देखिएको बाँस्तोलाको जग्गा नयाँ नापीले ८ आना देखाएको थियो।
'२ आना बढ्यो त्यसैले बढेको जग्गाको पैसा दिनुपर्छ भनेर नक्सै दिन मानेन्', सेवाग्राही बाँस्तोलाले नागरिकन्युजसँग भने, '६ दिन अघिदेखि धाउँदा पनि नक्सा नपाएकाले अख्तियार गुहारेँ।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराकी प्रवक्ता सरिता ढकाल खतिवडाले १० हजार रुपैयाँ पक्राउ परेका मालपोत कर्मचारी पनेरुको घुसकान्डक बारे थप अनुसन्धाान गर्न अनुसन्धान अधिकृत तोकिने जानकारी दिइन्। 'थप कर्मचारीको मिलेमतो भए त्यो पनि अनुसन्धान गर्छौं', उनले भनिन्।