काठमाडैं-पश्चिम अफ्रिकी चार राष्ट्रमा प्राणघातक इबोला भाइरसको महामारी बढेपछि संयुक्त राष्ट्रसंघले त्यहाँ खटिएका नेपालीलगायत अन्य देशका शान्ति सैनिकलाई कार्यकाल सकिए पनि तत्काल स्वदेश फर्कन नदिने भएको छ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमान सेवाले इबोला संक्रमित राष्ट्रमा उडान भर्न प्रतिबन्ध लगाएकाले कार्यकाल सकिएका शान्ति सैनिक केही साता त्यहीं रहने भएका हुन्। पश्चिम अफ्रिकाका लाइबेरिया, गिनी, सियरालियोन र नाइजेरियामा इबोला भाइरसले महामारीको रुप लिएको छ। यीमध्ये इबोलाको केन्द्रबिन्दु मानिएको लाइबेरियामा मात्र संयुक्त राष्ट्रसंघ (युएन) को शान्ति मिसनमा नेपाली सैनिक कार्यरत छन्। सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलका अनुसार लाइबेरियामा २० नेपाली शान्ति सैनिक छन्। २० मध्ये १५ सैनिकको कार्यकाल सकिसकेको छ। उनीहरु ६ महिनाका लागि त्यहाँ खटिएका थिए। लाइबेरियामा खटिएकामध्ये १५ सैनिकको कार्यकाल सकिएका कारण भदौ २५ गते स्वदेश फर्किने कार्यक्रम थियो तर उनीहरुलाई युएनले त्यहीं बस्न भनेको छ। कार्यकाल सकिएका सैनिकलाई लाइबेरियामै राख्नेबारे युएनले नेपाली सेनालाई जानकारी गराइसकेको छ।
'कार्यकाल सकिएका १५ जना शान्ति सैनिक लाइबेरियाबाट भदौ २५ नेपाल फर्किने रोटेसन थियो। तर, उनीहरुलाई केही समय उतै 'होल्ड' राख्छौं भनेर राष्ट्रसंघले जानकारी दिएको छ,' सैनिक प्रवक्ता पोखरेलले भने, 'उनीहरुलाई कहिले फर्काइन्छ भन्ने जानकारी भने दिइएको छैन।'
पश्चिम अफ्रिकामा इबोला भाइरसको गम्भीर खतरा बढेपछि संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सुरक्षा परिषदलाई लाइबेरियामा तैनाथ शान्ति सैनिकको संख्या विस्तारै घटाउँदै लैजाने आफ्नो योजनासमेत तत्काललाई स्थगित गरेको जानकारी गराएका छन्। स्वास्थ्यको दृष्टिले मात्र खतरा मानिएको इबोला भाइरस अहिले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षामा खतरा बनेको युएनले जनाएको छ। औषधि पत्ता नलागेको इबोला भाइरसको संक्रमण अत्यधिक बढेपछि फिलिपिन्सले युएनको शान्ति मिसनअन्तर्गत लाईबेरियामा तैनाथ आफ्ना १ सय १५ सैनिकलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
'फिलिपिन्स सबैभन्दा पहिला आफ्ना सेनाको सुरक्षा चाहन्छ,' फिलिपिन्स राष्ट्रिय सुरक्षा विभागका प्रवक्ता पिटर पौल गलभेजले एसोसिएटेड प्रेसलाई भनेका छन्। इबोलाको बढ्दो संक्रमणका कारण उनीहरुलाई जतिसक्दो छिटो फिर्ता ल्याउने उनले जनाएका छन्। फिलिपिन्सले शान्ति सैनिक फिर्ता बेलाएलगत्तै युएनले विज्ञप्ति जारी गरी 'डरले नभई वैज्ञानिक प्रमाणका आधारमा निर्णय लिन' सदस्य राष्ट्रलाई आग्रह गरेको छ।
अमेरिकी फरेन पोलिसी म्यागेजिनका अनुसार अफ्रिकाका विभिन्न मिसनमा खटिएका आफ्ना प्रहरी र सेनामा इबोला सर्ने खतराप्रति ती देशका सरकारले युएनसमक्ष चिन्ता व्यक्त गरेका छन्। सैनिक पठाउने अन्य राष्ट्रले समेत पश्चिम अफ्रिकी राष्ट्रमा रहेका आफ्ना शान्ति सैनिक फिर्ता बोलाउने सम्भावना रहेको जनाएको छ।
छिमेकी राष्ट्र र ठूला अन्तर्राष्ट्रिय जहाज कम्पनीले इबोला प्रभावित राष्ट्रमा आफ्ना उडानमा प्रतिबन्ध लगाएपछि युएन शान्ति मिसन प्रभावित हुने देखिएको छ। मिसनमा खटिएका शान्ति सैनिकलाई आवश्यक पर्ने इन्धन, उपकरण, मानवीय तथा मेडिकल सामग्री ओसारपसार गर्नेमात्र होइन, शान्ति सैनिक नै ओसार्ने विमान नहुँदा युएनमाथि थप समस्या आइपरेको म्यागेजिनले जनाएको छ। ब्रिटिस एयरवेज र एयर फ्रान्सले समेत इबोला प्रभावित राष्ट्रमा उडान भर्न प्रतिबन्ध लगाएपछि समस्या बढेको उल्लेख छ। युएनले अन्तर्राष्ट्रिय विमान सेवालाई क्षेत्रीय सेवा उपलब्ध गराउनसमेत आग्रह गरेको छ।
'इबोला प्रभावित राष्ट्रसँग उडान रद्ध गरेका क्षेत्रीय राष्ट्रले जहाज ल्यान्ड गर्न अनुमति दिएका छैनन्। इबोला भाइरसविरुद्ध उपचारका लागि यहाँ चिकित्सक अभाव छ। शान्ति सैनिक पठाउने राष्ट्र चिन्तित र सशंकित बनेका छन्,' युएनका वरिष्ठ कूटनीतिज्ञलाई उद्धृत गर्दै फरेन पोलिसीले लेखेको छ, 'शान्ति मिसनमा परेको प्रभावप्रति राष्ट्रसंघ गम्भीर छ।'