भक्तपुर-धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ।इन्द्रजात्राको अवसरमा आज भक्तपुरको टोल-टोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठड्याइयो। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्ति स्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ। यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ।

धार्मिक पूजाआजासहित आज भक्तपुरको तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, चोछें, भोलाछें, इताछेंलगायतका स्थानमा यम्वो द्यो ठड्याइएको छ।

इतिहास तथा संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गर्योल। त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राखेपछि जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच सङ्ग्राम भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती रहेको छ। भक्तपुरमा विभिन्न देवदेवताको पूजाआजा गरी इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ। रासस

तस्बिरहरु: विजय गजमेर