मौज्दात हुँदाहुँदै क्रसर फुकुवा
२१ भदौ २०७१
•
९ मिनेट पाठ
मौज्दात हुँदाहुँदै क्रसर फुकुवा
काठमाडौं-नौ महिनालाई पुग्ने निर्माण सामग्री मौज्दात रहँदारहँदै सरकारले वैध र अवैध सबै क्रसर उद्योगलाई एकैपटक खोल्ने अनुमति दिएको छ।




क्रसर व्यवसायी वैशाख १६ गतेदेखि तीन सातासम्म हडतालमा उत्रिएपछि तत्कालीन उद्योग सचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा गठन भएको कार्यदलले क्रसर उद्योगमा कच्चा र तयारी गरेर ३४ लाख घनमिटर सामग्री मौज्दात रहेको प्रतिवेदन दिएको थियो। कार्यदलले स्थानीय तथा उद्योग मन्त्रालयलगायतका प्राविधिकसमेतको सहयोगमा उक्त प्रतिवेदन तयार गरेको थियो।

तर, तत्काललाई मौज्दात सामग्री प्रयोगमा ल्याउने विकल्प हुँदाहुँदै अर्थमन्त्री रामशरण महत संयोजक रहेको आर्थिक तथा पूर्वाधार समितिले सोमबार सबै क्रसर उद्योग पुसभित्र स्थानान्तरण हुनुपर्ने सर्तमा खुला गर्ने अनुमति दिएको छ। समितिले अवैध उद्योग नवीकरणका लागि समेत खुला गरेको छ।

'हामीले देशभरका जिल्ला विकास समितिबाट विवरण मगाएर प्राविधिक रिपोर्ट बनाएका थियौं,' प्राविधिक टोलीका एक सदस्यले नागरिकस"ग भने, 'मौज्दात सामग्रीले नौ महिना पुग्ने देखिन्छ। तर, सबै निर्माण कार्य ठप्प भयो भन्दै कुनै पनि विकल्प नहेरी क्रसर खोल्ने निर्णय भयो।'

उनका अनुसार उद्योग मन्त्रालयले सरकारी मापदण्डभित्र सञ्चालित ३२ उद्योगको नामावली पनि तयार गरेको थियो। तर, अर्थमन्त्री संयोजकत्वको समितिले एकैपटक ५ सय ८० उद्योगलाई पुस मसान्तसम्मका लागि खोल्ने अनुमति दिएको छ।

उनका अनुसार वर्षायाममा निर्माण सामग्रीको खपत अन्य महिनाको तुलनामा कम हुन्छ। तैपनि मौज्दात सामग्रीले नौ महिना पुग्ने अनुमान त्यतिबेला भएको थियो। कार्यदलले आफ्नो रायसहित प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाएको थियो।

'व्यवसायीले बजारमा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाउँदापाउँदै भएको मौज्दातमध्ये कच्चालाई मापदण्ड पुगेका उद्योगमा प्रशोधन गर्ने र तयारी सामग्री बजार आपूर्ति गर्ने कुनै व्यवस्था नगरी विकास निर्माण रोकिएको बहानामा हतारहतार यो निर्णय आएको हो,' अर्का एक अधिकारीले भने।

कार्यदलले जेठ तेस्रो सातासम्म नौ महिनालाई पुग्ने मौज्दात विवरण बुझाए पनि भदौमा २३ लाख घनमिटर मात्र रहेको विवरण व्यवस्थापिका संसदको समिति बैठकमा प्रस्तुत गरिएको थियो। 'यो तथ्यांकअनुसार पनि मौज्दातले छ महिना सहजै राष्ट्रिय माग धान्छ,' ती प्राविधिकले भने।

व्यवस्थापिका संसद वातावरण समितिका सभापति जनकराज चौधरीले भौतिक तथा पूर्वाधार समितिको निर्णयलाई 'सरकारको दोहोरो चरित्र र पानी मरुवा प्रवृत्ति' भनेर आलोचना गरेका छन्। 'आफंै नियम बनाउने र आफैं उल्लंघन गर्ने गरी भएको सरकारको यो निर्णय समितिलाई मान्य छैन,' उनले भने।

चौधरीले निर्णय गरिनुका कारण र आधार प्रस्तुत गर्न समितिलाई बोलाउने तयारी भइरहेको जानकारी दिए। 'पहिले हामी व्यवसायीस"ग छलफल गछर्ौं। त्यसपछि वन मन्त्रालयलगायत सरोकारवाला निकायलाई बोलाएर ठोस निर्णयमा पुग्छौं,' उनले भने।

बुधबार समितिको बैठकले क्रसर खोल्न दिने निर्णयको आलोचना गरेको थियो। बैठकमा सहभागी अधिकांश सदस्यले निर्णय कार्यान्वयन गराउनुपर्ने सरकार आफैं उल्लंघनमा लागेको धारणा राखेका थिए। 'यो निर्णयमा सरकारको मनपरीतन्त्र झल्किन्छ,' समितिका सदस्य राजाराम स्याङ्तानले भने, 'सिंगो मुलुकका लागि यो गलत निर्णय हो।' उनले मापदण्ड पालना गरेका, कम विनास गरेका र अति विनास गरेका उद्योग पहिचान गरेर त्यहीअनुसार खोल्दै जानुपर्नेमा सबैलाई एउटै टोकरीमा राखेर निर्णय गरिएको आरोप लगाए।

स्याङ्तानले केही व्यवसायीको बद्मासीले पनि यो समस्या आएको बताए। 'जथाभावी र मनपरी तरिकाले उपकरण प्रयोग गरेर खोसि्रन थालिएपछि यो समस्या आएको हो,' उनले भने, 'सरकारी नियम र मापदण्डविपरीत काम नभइदिएको भए यो समस्या यतिसाह्रो हुने थिएन।'

क्रसर सञ्चालनसम्बन्धी सरकारी मापदण्ड पालना नगर्ने उद्योगलाई असारभित्र मापदण्डमा पर्ने गरी स्थानान्तरण गर्न सरकारले समय दिएको थियो। असार मसान्तसम्म पनि कसैले आफ्ना उद्योग स्थानान्तरण नगरेपछि साउन १ गतेदेखि सबै उद्योग बन्द गरिएको थियो।

मन्त्रिपरिषदको निर्णय र मापदण्डअनुसार चुरे क्षेत्रबाट १ किलोमिटरसम्म रोडा, ढुंगा, बालुवा उत्खनन गर्न पाइँदैन। खोलाकिनार तथा राजमार्ग र पक्की पुलबाट ५–५ सय, हाइटेन्सन लाइनबाट सय मिटर तथा अन्तर्राष्ट्रिय सिमानाबाट १ किलोमिटर टाढा मात्र उद्योग राख्न पाउने व्यवस्था नयाँ मापदण्डमा छ। यसैगरी शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुराताŒिवक महŒवका स्थान, सुरक्षा निकाय, राष्ट्रिय वन, घनाबस्तीबाट २ किलोमिटरभित्र उद्योग राख्न र तालतलैया, पोखरी र जलाशयको २ सय मिटरक्षेत्रमा उत्खनन प्रतिबन्ध लगाइएको छ।

मापदण्डभित्रका स्थानमा स्थानान्तरण गर्नुपर्ने वा सरकारले तोकेको खानी क्षेत्रमा जानुपर्ने निर्णय उक्त समितिको अघिल्लो बैठकले गरेको थियो। खानी क्षेत्र पहिचान र त्यहा पुग्ने बाटो तथा बिजुलीको व्यवस्था पुस मसान्तसम्म गरिसक्नुपर्ने निर्णय छ। यसका लागि सरकारले व्यवसायीलाई तीन वर्षको आयकर छुटलगायत बैंकिङ सुविधाको पनि व्यवस्था गरेको छ। तर पनि क्रसर व्यवसायी मापदण्ड पालनामा अटेर गरेर स्थानान्तरण हुन मानिरहेका छैनन्।

नागरिक दैनिकले तराईको सप्तरीदेखि कपिलवस्तुसम्म गरेको स्थलगत भ्रमणका क्रममा अधिकांश क्रसर उद्योग चुरे, चुरेफेद, मध्यवर्ती क्षेत्र, नदीखोला किनार तथा वनजंगलनजिकै सञ्चालन भइरहेको भेटिएका थिए। तिनले चुरेबाटै ढुंगागिट्टी ओसार्नुका साथै नदीखोलामै एक्स्काभेटर चलाइरहेका थिए।

२०७० भदौ १७ गते तत्कालीन मन्त्रिपरिषदले दर्जनभन्दा बढी नियमकानुन मिचेर ढुंगागिट्टी उत्खनन गर्न व्यवसायीलाई छुट दिने निर्णय गरेको थियो। कानुनबमोजिम दर्ता भएका, तर वातावरणीय अध्ययन गर्न बाँकी रहेका र मापदण्ड पालना नगरेका क्रसर उद्योग २०७० चैतभित्र बन्द गर्नुपर्ने नियम संशोधन गर्दै मन्त्रिपरिषदले २०७१ असार १७ सम्मको म्याद दिएको थियो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस