दिनदहाडै चोरको बिगबिगी
२३ भदौ २०७१
•
५ मिनेट पाठ
दिनदहाडै चोरको बिगबिगी
पोखरा- नदीपुरकी सावित्री खड्काको घरमा १३ गते एकाबिहानै चोरी भयो। अघिल्लो दिन नदीपुरभन्दा केही माथि बगरमा दिउँसो २ बजे बस चढ्न लागेकी चन्द्रकला थापाको हातबाट ५ तोला सुनको बाला लुटियो। काशीकुमारी गुरुङ पनि रत्नचोकबाट बस चढेर गन्तव्यतिर लाग्दै थिइन्, साथको २८ हजार रुपैयाँ कसैले झिकिदियो।

पोखरामा पछिल्लो समय बढेको चोरी र लुटपाटका शृंखलाको सूची यत्तिमै टुंगिँदैन। चोरी र लुटपाटका यी …अँध्यारा धन्दा' उज्यालोमै हुने गरेका छन्। ‘काठमाडौंतिर दिउँसै चोरीका घटना धेरै हुन्थे,' कास्की प्रहरीप्रमुख एसपी वसन्त लामा भन्छन्, ‘त्यो रोग पोखरातिर पनि सल्किएको छ।' 
भदौको दोस्रो दिन दिउँसो भलामका नवीन बस्नेतको घरमा कोही थिएन। ढोका फोरेर पसेको चोरले ल्यापटप, सुनको सिक्री गरी २ लाख ६८ हजार रुपैयाँभन्दा बढीको धनमाल गुटमुट्यायो। भदौकै १० गते पृथ्वीचोककी भावना रानाभाटको पसलको ढोका फोरियो। ८० हजार रुपैयाँको मालसामान चोरी भयो। 
दिनदहाडै लुटपाट र चोरीका घटना असार महिनायता शृंखलाबद्ध रूपमै भइरहे। प्रहरीले यी कुनै घटनामा एउटै सुराक हात पार्न सकेको थिएन। भदौ दोस्रो साता भने एउटा फुच्चे पक्राउ पर्योे। पत्यारै नलाग्ने फुच्चे देखेर प्रहरी अधिकारी त्यति बेला विस्मित भए जब दिनदहाडै चोरीका घटनामा उसको संलग्नता देखियो। थुप्रै घर चोरेको आरोपमा प्रहरीले १७ वर्षे सुनील श्रेष्ठविरुद्ध मुद्दा चलाइसकेको छ। 
‘हेर्दा सानो मान्छे, कसैले शंका नगर्ने भएकाले खुसुक्क घरमा पसेर चोर्दो रहेछ,' एसपी लामाले भने। सहरका प्राय व्यक्ति कामकाजी हुनाले दिउँसो घर बन्द हुने मौकाको फाइदा चोरले उठाएको उनले बताए। ‘राति त प्रहरी सक्रियता पनि हुन्छ र घरघरै मान्छे हुन्छन्,' उनले भने, ‘दिउँसो कोही नहुने हुँदा चोरलाई सजिलो भएछ।' 
चोरीका सामानसहित श्रेष्ठसँगै उनका साथी सुनील परियार पनि पक्राउ परेका छन्। सुन लुटपाटका घटनामा लुटेरा मात्रै होइन, अरू पनि पक्राउ परेको जानकारी एसपी लामाले दिए। ‘जहिले लुटे पनि उही मान्छेलाई बेचिने गरेको रहेछ,' उनले भने, ‘लुटेको सुन किन्नेलाई पनि समातेका छौं।' उनका अनुसार चितवन घर भई पोखरा–२ बस्ने सुनील श्रेष्ठ र उनका साथी रोहन साई सुन चोरी र लुटपाटको आरोपमा समातिएका व्यक्ति हुन्। उनीहरूसँग सुन किन्ने र बिक्रीमा सघाउने अशोक सुनार, गीता साई, गणेश सुनार, सन्तोष तामाङलगायत पनि पक्राउ परेका छन्। यिनीहरूले पटकपटक चोरीको सुन खरिदबिक्री गरेको प्रहरीले जनाएको छ। 
कास्कीको घान्द्रुक गाउँमा भएको लुटपाटको तरिका सहरी क्षेत्रमा भएका घटनाभन्दा अलि भिन्न छ। तनहुँ, दुलेगौंडाकी २७ वर्षीया समिना खातुनले नसालु पदार्थ मिसाएको फ्रुटी खुवाएर मिमप्रसाद गुरुङको घरबाट साढे ५ लाखभन्दा बढीको सुनलगायत धनमाल लुटेको प्रहरीले जनाएको छ। त्यस्तै भदौ ९ गते कास्कीको लेखनाथ–१ स्थित लीलाभक्त भण्डारीको घरपछाडिबाट डिस्कभर मोटरसाइकल चोरिएको छ। उक्त घटनाका अभियुक्त अजय पुन र सन्दीप परियारलाई प्रहरीले समातेको छ। 
चाडबाड नजिकिँदै जाँदा चोरी अझै बढ्न सक्ने भन्दै सतर्क सहन प्रहरीले सर्वसाधारणलाई आह्वान गरेको छ। ‘घरबाट कतै टाढा जाँदा छिमेकीलाई हेरिदिन अनुरोध गरे चोर पस्न पाउँदैनथ्यो,' डिएसपी केदार रजौरेले भने। 

अपरेसनपछि सात दिन चिकित्सकको निगरानीमा राख्नुपर्ने सुत्केरीलाई अस्पतालले चार दिनमै बेड छाड्न बाध्य पारेपछि उनीहरू घाउ बल्झने त्रासमा अस्पतालको छिँडीमै सुत्ने गरेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस