काठमाडौं— एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी हृदयघातका कारण अस्पताल भर्ना भएका छन्। गए राति ९ बजे हृदयघात भई शहीद गंगाला अस्पतालमा उपचार गराइरहेका उनको स्थिति गम्भीर छ। चिकित्सकहरुले 'ब्रेनह्याम्ब्रेज'को शंका गरेका छन्।
आफ्नै निवासमा ढलेपछि उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना पुर्याइएको थियो।
नेता बोगटीको राति नै मुटुको नसामा रहेको अवरोध खोल्ने काम (एन्जिओप्लाष्टिक) गरिएको छ। अहिले सीसीयुमा उपचाररत उनको अवस्था बारे अहिले नै केही भन्न नसकिने उपचारमा संलग्न बरिष्ठ कार्डिओलोजिष्ट डा. यादवदेब भट्टले नागरिकन्युजलाई बताए।
'अहिले ब्रेनह्याम्ब्रेज (स्टोक) पनि भएको हो भन्ने शंका छ', उनले भने, 'भोलि मात्रै उहाँको स्थिति बारे थप बताउन सकिन्छ।'