रोल्पा— चेकमा लेखिएको मितिभन्दा अगाडि नै ३ लाख भुक्तानी दिने बैंकका सहायक शाखा प्रबन्धक सहित अर्का एक कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। नेपाल बैंक लिमिटेड शाखा कार्यालय रोल्पाका सहायक शाखा प्रबन्धक मुकुन्द कुमार श्रेष्ठ र वरिष्ठ सहायक भेषविक्रम अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत रोल्पाको आदेशमा अभियुक्तहरुलाई पाँच दिनका लागि अनुसन्धानका गर्न प्रहरी हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक नविनराज राईले जानकारी दिए ।
प्रनाउ राईकाअनुसार बैंक कर्मचारीले बैशाख ३ गतेका लागि पाङ–७ रोल्पाका विनोद रोकाका नाममा काटिएको २ लाखको चेक बैशाख २ गते नै डेट भुक्तानी दिएका थिए। त्यस्तै जेठ २६ गतेका लागि काटिएको १ लाखको चेक पनि जेठ २३ गते नै भुक्तानी गरेका थिए। रोकाको नाममा दुवै चेक साटिएको थियो। सरस्वती माध्यमिक विद्यालय पाङ–५ दाङबाङको चल्ती खातामा रहेको रकम किर्ते सही मार्फत साटिएको हो।
पाङ–४ रोल्पाका देवबहादुर घर्तीमगरले नकली नाम, ठेगाना र सहीका आधारमा चेक साटेको प्रहरी अनुसन्धानबाट खुलेको हो। किर्ते नाम, ठेगाना र सही गरेर बैंकबाट पैसा झिक्ने देवबहादुर हाल फरार छन्। उनी सरस्वती माविकै प्राथमिक तहका शिक्षक हुन्। देवबहादुरले विगत छ वर्ष यता सरस्वती माविमा अध्यापन गर्दै आएका थिए। फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनायो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर पुनमगर र प्रधानाध्यापक खिम बहादुर केसीले भदौ २७ गते प्रहरीमा दिएको उजुरीका आधारमा बैंकका सहायक शाखा प्रबन्धक श्रेष्ठ र वरिष्ठ सहायक अधिकारीलाई जिप्रकाले नियन्त्रणमा लिएको हो।
विद्यालयकै शिक्षकले चेकबुक चोरी किर्ते सहीमार्फत रकम हिनामिना गरेको प्रहरीमा दायर निवेदनमा उल्लेख छ।
चेकमा मिति नै नहेरी रकम भुक्तानी दिने बैंकका कर्मचारीले प्रहरी समक्ष गल्ती स्वीकार गरेको प्रनाउ राईले जानकारी दिए। उनले भने 'व्याक डेटमा पनि के कारणले रकम भुक्तानी दिइयो ? बैंकको पनि केही इन्टेनशन हो कि भनेर शंका गर्न सकिने ठाउँ देखिन्छ। बैंकका कर्मचारीको मनसाय गलत होइन भने पनि लापरबाही त देखियो।'
प्रहरीद्धारा पक्राउ गरिएका सहायक शाखा प्रबन्धक श्रेष्ठले फरार अभियुक्तले किर्ते गरी झिकेको तीन लाख भदौ २० गते नै बैंकमा दाखिला भइ सकेको दावी गरे। किर्ते सही मार्फत झिकिएको रकम बैंक दाखिला भएको ९ दिनपछि प्रहरीले आफूहरुलाई पक्राउ गरेको श्रेष्ठले जनाए। सेवाग्राहीको बाक्लो भिडभाडमा गल्ती हुन गएको बैंकका कर्मचारीले स्वीकार गरेका छन ।
यता प्रनाउ राईले पनि बैंकमा पैसा दाखिला भएको आफूले पनि सुनेको बताए। बैंकबाट झिकिएकै रकम दाखिला नभएर जताबाट पनि रकम दाखिला हुन सक्ने राईले दावी गरे। प्रहरीमा दायर मुद्दा कानुन अनुसार अगाडि बढ्ने उनले जनाए। मुलुकी ऐन अनुसार अभियोग प्रमाणित भएमा पाँच वर्ष कैद, पाँच सय जरिवाना र बिगो भराउने प्रावधान रहेको छ।