‘एक तिहाइ महिला नचाहेरै गर्भवती हुन्छन्’
३१ भदौ २०७१
•
७ मिनेट पाठ
‘एक तिहाइ महिला नचाहेरै गर्भवती हुन्छन्’
काठमाडौं-सरकारले परिवार नियोजन कार्यक्रम सुरु गरेको ५५ वर्ष पूरा भए पनि नेपालमा अझै एक तिहाइ महिला नचाहेरै गर्भवती हुने गरेका छन्।स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) को पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक झन्डै २ लाख १५ हजार महिलाले नचाहेर गर्भधारण गर्छन्। गत वर्ष गर्भवती भएका ७ लाख २१ हजारमध्ये करिब ३० प्रतिशतले गर्भधारणको चाहना राखेका थिएनन्। 
परिवार नियोजनका साधनमा पहुँच नहुनु, पहुँच भएका ठाउँमा पनि उपयुक्त छनोट एवं प्रयोग गर्ने तरीकाबारे परामर्श नपाउनु र प्राकृतिक विधि (सुरक्षित समयमा यौनसम्पर्क गर्न र विर्य बाहिर झार्ने) अपनाउनुजस्ता कारणले अनिच्छित गर्भधारणा बढ्दै गएको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। नचाहेर गर्भवती भएका झन्डै २० प्रतिशतले गर्भलाई निरन्तरता दिए पनि आधाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएको तथ्यांक छ। 
हाल नेपालमा परिवार नियोजनका लागि स्थायी बन्ध्याकरण, पाखुरामा राख्ने इम्प्लान्ट, पाठेघरमा राख्ने आइयुसिडी, कन्डम, डिपो र पिल्स उपलब्ध छन्। पिल्स, कन्डम ग्रामीण तहसम्म पाइने भए पनि सबैका लागि उपलब्ध छैन। उपलब्ध सबै विकल्प जिल्ला तहसम्म मात्रै भएकाले पनि अनिच्छित गर्भधारण बढ्दै गएको विज्ञहरू बताउँछन्। परिवार स्वास्थ्य महाशाखाकै एक अध्ययनले १० प्रतिशत मात्रै स्वास्थ्य संस्थामा सबै साधन उपलब्ध भएको देखाएको छ। एनडिएचएस अनुसार सन् २००६ मा प्राकृतिक विधि अपनाउने ५ प्रतिशत रहेकोमा हाल ७ प्रतिशत पुगेका छन्।
प्रत्येक पाँच वर्षमा हुने देशव्यापी सर्वेक्षण स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण (एनडिएचएस) २०११ अनुसार २७ प्रतिशत मानिसले परिवार नियोजन साधन चाहेर पनि पाउँदैनन्। १० प्रतिशतले अस्थायी तथा १७ प्रतिशतले स्थायी रूपमा गर्भ रोकथाम गर्न चाहे पनि सेवा पाएका थिएनन्। 
पछिल्लो स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणअनुसार नेपालमा प्रजनन उमेर समूह (१९–४९ वर्ष) का ४३ दशमलव २ प्रतिशतले मात्रै परिवार नियोजनका साधन प्रयोग गर्छन्। दुर्गम जिल्ला र समुदायमा यो २५ प्रतिशत हाराहारी मात्रै छ। देशभरमा बच्चा जन्माउन नचाहने र साधान पनि प्रयोग गर्न नपाएका महिलाको संख्या (अनमेट निड) २७ प्रतिशत छ जुन सात वर्षअघि २४ प्रतिशत मात्रै थियो। 
सर्वेक्षणअनुसार विवाहितमध्ये १५ देखि १९ वर्षका ४ दशमलव १ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन्। सन् २००६ को तुलनामा यो एक प्रतिशत कम हो। सहस्राब्दी विकास लक्ष्यले सन् २०१५ सम्ममा कुल प्रजनन दरलाई २ दशमलव ५ र आधुनिक साधनको प्रयोग दर ६७ प्रतिशत पुर्याईउने लक्ष्य राखेको छ। विज्ञहरूले परिवार नियोजनतर्फको लक्ष्य पूरा नहुने करिब निश्चित भइसेको टिप्पणी गरेका छन्।
परिवार स्वास्थ्य महाशाखा परिवार नियोजन शाखा प्रमुख भोगेन्द्र डोटेलले सहरी र शिक्षित मानिसमा समेत प्रजननको व्यवस्थापन गर्न नसकिएको बताए। उनले अहिले पनि साधानबारे सही जानकारी नहुनु र सबैभन्दा अुरक्षित मानिने प्राकृतिक विधि प्रयोग हुनुले अनिच्छित गर्भधारणा बढ्दै गएको बताए। 
परिवार स्वास्थ्य महाशाखाका अनुसार नियोजनका साधन लिइरहेकामध्ये ५८ प्रतिशतले स्थायी र १८ प्रतिशतले तीनमहिने सुई, ८ प्रतिशतले पिल्स, ८ प्रतिशतले कन्डम, ८ प्रतिशतले आइयुसिडी (१२ वर्षका लागि पाठेघरमा राखिने), ८ प्रतिशतले इम्प्लान्ट (पाखुरा राखिने पाँच वर्षे) साधन प्रयोग गर्छन्। यस्तै, ७ प्रतिशतले प्राकृतिक विधि अपनाउँछन्। 
आइपास नेपालकी निर्देशक डा. इन्दिरा बस्नेतले सरकारले परिवार नियोजन सेवाको प्रवर्द्धन गरेर गर्भपतनलाई प्रतिस्थापन गर्न सकिने बताइन्। नियोजनका साधन फेल भएको अवस्था र करणी तथा विकलांग जन्म टार्नका लागि मात्रै गर्भपतनलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ। 
सरकारले ५५ वर्षअघि जनसंख्या नियन्त्रणका लागि भन्दै परिवार नियोजनको बृहत कार्यक्रम सुरु गरेका थियो। सरकारले परिवार नियोजनको नियमित कार्यक्रमका लागि वार्षिक झन्डै ३० देखि ३५ करोड खर्च गर्दै आएको छ। 
अध्ययनअनुसार तीन वर्षको अन्तरमा जन्माए बच्चाको मृत्युदर दुई वर्षभन्दा कम अवधिमा दोस्रो बच्चा जन्मिनेको भन्दा दुई गुणा कम हुन्छ। त्यसैगरी २० वर्षभन्दा कम उमेरमा गर्भ रहे मृत्युको सम्भावना दोब्बर हुन्छ। 
परिवार स्वास्थ्य महाशाखाका डोटेलले दम्पतीले इच्छाअनुसारको साधन प्रयोग गर्न पाउने र छान्न पाउने व्यवस्था बढाउँदै लैजाने बताए। उनले त्यसका लागि पाँचवर्षे कार्यक्रमको तयारी भएको जानकारी दिए। 
सरकारले परिवार नियोजन सेवाअन्तर्गतको नियमित कार्यक्रमबाहेक सीमान्तकृत र जोखिममा रहेका समुदायलाई लक्षित गरी सेवाको उपलब्धता र प्रयोगबारे जनचेतना जगाउने योजना अगाडि सारिएको डोटेलले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस